मंसिर २१, २०८१ शुक्रबार | १३:०१:२६
चितवनविरुद्ध कर्णालीको रोमाञ्चक जित चितवनविरुद्ध पावरप्लेमा कर्णालीले बनायो ३२ रन बोपाराको अर्धशतकमा चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य बोपाराको लगातार दोस्रो खेलमा अर्धशतक कर्णालीविरुद्ध पावरप्लेमा चितवनले बनायो २८ रन चितवनविरुद्ध फिल्डिङ गर्दै कर्णाली एनपिएलः पहिलो जितको लक्ष्यमा लुम्बिनी र पोखरा एनपिएलः शिखर धवनविरुद्ध सोहेल तन्वीर हिमरश्मी, एन्जल्स हार्ट, जीवन ज्योति र श्रृजना ज्ञान सागर क्वार्टरफाइनलमा हिजो राति नै ‘प्लेयर अफ दी म्याच' लिन्छु भनेर योजना बनाइसकेको थिएँः नरेन साउद चितवनविरुद्ध कर्णालीको रोमाञ्चक जित चितवनविरुद्ध पावरप्लेमा कर्णालीले बनायो ३२ रन बोपाराको अर्धशतकमा चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य बोपाराको लगातार दोस्रो खेलमा अर्धशतक कर्णालीविरुद्ध पावरप्लेमा चितवनले बनायो २८ रन चितवनविरुद्ध फिल्डिङ गर्दै कर्णाली एनपिएलः पहिलो जितको लक्ष्यमा लुम्बिनी र पोखरा एनपिएलः शिखर धवनविरुद्ध सोहेल तन्वीर हिमरश्मी, एन्जल्स हार्ट, जीवन ज्योति र श्रृजना ज्ञान सागर क्वार्टरफाइनलमा हिजो राति नै ‘प्लेयर अफ दी म्याच' लिन्छु भनेर योजना बनाइसकेको थिएँः नरेन साउद
विचार
भिजन-२०३० मा प्रतिबद्द साउदी कार्तिक १७, २०८१

पछिल्लो समय साउदी अरेबिया आफूलाई विश्व खेलकुदको ‘हब’ बनाउने अभियानमा छ ।

शुभकामना ! यसपालि उपाधि घरमै राख्नुपर्छ कार्तिक १, २०८१

डेढ दशकमा देश बदलिएको छ । परिवेश बदलिएको छ । नेपाली महिला फुटबलको ‘फेस’ बदलिएको छ । अब बदल्नुपर्छ नेपाली महिला फुटबल टोलीको परिचय । बदल्नुपर्छ दक्षिण एसियाली महिला फुटबलको परिभाषा, अनि नेपालको आफ्नै इतिहास ।

‘गोरू नाङ्गै हिड्दा मलाई के को लाज ?’ भाद्र २५, २०८१

नेपाली खेलकुदमा ‘सकिन्छ’ भन्ने विश्वास पैदा गराएकोमा संगीनाप्रति कृतज्ञ हुनेछ । दक्षिण एसिया र एसियाली स्तरमा स्वर्ण पदक जितेर तथा ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडीका रुपमा इतिहास बनाएर अनि लाखौं नयाँ पिँढीलाई खेलकुदमा प्रेरित गरेर लगाएको गुनप्रति नतमस्तक हुँदै श्रद्धाले शीर झुकाउनेछ ।

अवसानको बाटोमा नेपाली फुटबल भाद्र २४, २०८१

एन्फाका लागि व्यवस्थापन शब्द आफू अनुकूलका मान्छेलाई अवसर दिनु, खुसी पार्नु मात्र हो । उमेर समूहदेखि राष्ट्रिय टिमसम्म र अन्य फरक ठाउँमा आफू अनुकूलका मान्छेलाई नियुक्ति एन्फाले जानेको व्यवस्थापन हो । महासचिवको पछिल्लो तलब वृद्धि यही व्यवस्थापनको सिद्धान्त अन्तगर्तको कदम हो ।

सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा भाद्र २२, २०८१

नेपाली खेलकुदलाई गर्व गर्ने ऐतिहासिक अवसर दिएकामा पलेशालाई धेरै धेरै धन्यवाद ! पलेशाको परिवार र प्रशिक्षक लामालाई सलाम ! तेक्वान्दो संघप्रति आभार ! अनि, सरकारलाई पलेशाको सफलताबाट प्राप्त सन्देश कार्यान्वयन गर्दै नेपाली खेलकुदलाई राष्ट्रिय गौरव स्थापनाको मार्गमा डोर्याउने प्रेरणा मिलोस ! शुभकामना !

एन्फामा बेथितिको चाङ, नेतृत्वको रजगज भाद्र २०, २०८१

एन्फा र फुटबललाई भजाएर यसका नाममा फिफा र एएफसीबाट आउने डलरमा मोज गर्ने लाइसेन्स पाएका सीमित बेइमानहरूका लागि स्वर्ग भए पनि समग्रमा नेपाली फुटबलको सर्वोच्च निकाय समस्या नै समस्यामा छ । बेथिति र विसंगतिका विषय चर्चामात्र गर्न पनि लामै समय लाग्छ । हजारौं शब्द खर्चिनुपर्छ । आस जगाउने केही देखिन्न । जताततै अँध्यारो र निराशामात्र व्याप्त छ ।

खेलाडीको पाइला चौथो वर्षमा भाद्र ८, २०८१

खेलाडी डटकम आजबाट चौथो वर्षमा टेकेको छ । पछिल्ला तीन वर्ष हामीले प्रिय पाठकहरूबाट असिम स्नेह, आलोचना र सुझाव पाएका छौं । जसलाई हामीले सँगालेका छौं । सञ्चित गरेका छौं । यो सञ्चितिले हामीलाई सधैं प्रेरित गरिरहने छ ।

भारतमाथिको जितले के सन्देश दिन्छ ? श्रावण २६, २०८१

खेलकुदमा सधैं सबै कुरा नतिजाले मात्र पनि बोल्दैन । कहिलेकाहीँ नतिजाको बोलीमा धेरै अर्थ मिसिएको हुन्छ । त्यस्तो बेला स्तर मापनका लागि प्रदर्शन, प्रयास, विगतसँगको तुलना र भावनामा प्रवेश गर्नुपर्छ ।

‘खेलकुदका शासकहरू ! तिमीहरूलाई लाज लाग्दैन ?’ श्रावण १२, २०८१

नेपालको सहभागिता उपलब्धिका लागि भएकै होइन । यो त फगत मित्रता, अनुभव बटुल्ने, खेलभावना प्रवद्र्धन गर्ने र ओलम्पिक अभियानको पात्र बन्नेमै सीमित बनाइएको छ ।

एन्फा कार्यसमितिको दुई वर्षः विवाददेखि विवादसम्मको यात्रा असार ६, २०८१

नेम्वाङले अध्यक्षका रुपमा दुई वर्ष एन्फामा रजाईं गरिसक्दा पनि मैदानमा भने दुई पटक भइसक्नुपर्ने ‘बी’ डिभिजन लिग एक पटक समेत भएको छैन । ‘ए’ र ‘सी’ डिभिजनका लिग पनि एक पटकमात्र हुन सकेका छन् । अघिल्लो वर्ष भएको शीर्ष डिभिजनको लिग यसपाली हुने छाँट छैन ।

खेलकुदमा यत्ति गर्न सके वर्ष २०८१ सार्थक वैशाख १, २०८१

आजदेखि सुरु भएको नयाँ वर्ष २०८१ लाई बितेको वर्षको तुलनामा सुखद बनाउनुपर्छ । बढी सफल बनाउनुपर्छ । निराशा, असफलता र विवादका चाङ यतै बिसाएर नेपाली खेलकुद अघि बढ्नुपर्छ ।

आन्तरिक द्वन्द्वमै रुमल्लिएको फुटबल वैशाख १, २०८१

नेपालको फुटबललाई केन्द्रमा राखेर स्मरण गर्ने हो भो समग्रमा यो वर्ष बिर्सनलायक रह्यो । मैदानभित्र र प्रशासनमा पनि आशाको सञ्चार गराउँदै क्रिकेटले सर्वत्र चर्चा कमाइराख्दा फुटबलको दैनिकी द्वन्द्वमात्रै रह्यो ।

पहिल्यै एन्फाले ‘हराइसकेको खेल’ चैत्र १०, २०८०

हारेको नेपाली फुटबल टिमले होइन, खेलाडीहरूले होइनन् । यहाँ साँचो अर्थमा हारेको त फुटबल प्रशासनले हो । एन्फाका पदाधिकारीले हो । समग्रमा नेपाली खेल प्रशासनले हो ।

यताको सही चाल, उताको बेहाल चैत्र ३, २०८०

एन्फालाई भएका रंगशाला ‘मेन्टेन’ गर्नेमा कुनै ध्यान छैन । तिनको भरपूर उपयोग गर्ने खालको कुनै योजना छैन । अनि एन्फा अध्यक्षले राज्यको थप अर्बौ लगानीमा अर्को ठूलो रंगशाला चाहियो भन्दा फुटबलप्रेमीमाझ आलोचित हुनु स्वाभाविक थियो ।

नेपाली फुटबलमा हराएको ‘राइभ्लरी’ चैत्र ३, २०८०

हरि खड्का भनेपछि पुलिस, वसन्त थापा भनेपछि मनाङ वा प्रदीप महर्जन भनेपछि थ्री स्टारलाई सम्झिने दिन पनि थिए । तर, अब ती केही रहेनन् । त्यसैले त नेपाली फुटबल बिरामी छ । यस्ता प्रतिद्वन्द्विता, समर्पणभावलाई नेपाली फुटबलमा ब्युँझाइनुपर्छ ।

आलोचित एन्फालाई एउटा अवसर फाल्गुन १९, २०८०

एन्फा नेतृत्वलाई महिला फुटबलले सधैंझै फेरि एउटा अवसर दिएको छ । सर्वत्र आलोचित अवस्थाबाट प्रशंसा पाउने ठाउँमा पुग्नका लागि महिला फुटबल प्रस्थानबिन्दु बन्न सक्छ ।

नेपाली फुटबलको ‘प्लट’ बदल्ने प्रदर्शन फाल्गुन १९, २०८०

फाइनल जितेको भए ३८ वर्षको अन्तर्राष्ट्रिय प्रतियोगिता यात्रामा नेपाली महिला फुटबलको पहिलो उपाधि हुन सक्थ्यो । तर, नेपाल ११ पटक फाइनल पुगेर उपाधि जित्ने सौभाग्य प्राप्त गर्न सकेन । यद्यपि पहिलोपल्ट नेपाली महिला फुटबलले स्वदेश–विदेश सबैतिरको ध्यान तानेको छ ।

क्रिकेटको सफलताबाट फुटबलले सिकौं फाल्गुन १५, २०८०

क्रिकेट संघले केही महिना अघिमात्र नयाँ नेतृत्व पाएको थियो । लामो समय राष्ट्रिय टोलीको नेतृत्व गर्नुभएका खेलाडीसहित अधिकांश पुरानै पदाधिकारी एकजुट भएर लाग्दा नै यो अवस्था आइपुगेको मेरो अनुमान छ ।

एन्फा नेतृत्व मुठभेड रोज्ने कि गन्तव्यमा फर्कने ? फाल्गुन १२, २०८०

एन्फा नेतृत्वलाई यी विषयमा सोच्ने फुर्सत कहाँ छ र ? कार्यसमितिमा बहुमत कसरी पुर्याउने, साधारणसभामा देशभरबाट आएका प्रतिनिधिको आँखामा कसरी छारो हाल्ने, फुटबलकै नाम लिएर यही खेलको दोहन कसरी गर्ने ? जस्ता रणनीति बनाउन छाडेर फुटबलका कुरा सोच्न फुर्सत पनि चाहियो नि ।

स्पेसलको हक तिनै तस्बिरसँग छ, जसले मेरो परिचय बनायो फाल्गुन ५, २०८०

विभिन्न भूमिकामा काम गरे पनि मलाई बढी चिनाएको र यो स्पेसल अवार्डको हकदार बनाउनुमा बढी भूमिका क्यामेराकै छ जस्तो लाग्छ । मैले खिचेका फोटोहरू नै सबैभन्दा धेरै निर्णायक भए जस्तो लाग्छ ।

मौन छ एन्फा, सरिता परियार को हुन ? एन्फा उपाध्यक्ष लामाको विवाद के हो ? माघ १७, २०८०

जीवनका मुल्य मान्यताहरु स्थापित गर्नुपर्ने फुटबलजस्तो खेलको सर्वोच्च निकायका उपाध्यक्ष लागु औषध सेवन र कारोवारमा अदालतबाट दोषी ठहर भएको विषय इमेलमा छ । यस्तो गम्भीर विषयमा लामा निर्दोष छन् भने स्वयम उनी र नेतृत्वले सरिता परियारविरुद्ध कानुनी उपचार खोज्नुपर्ने होइन ? ‘त्यो नामको कोही मानिस नै छैन, विरोधीले गरेको षडयन्त्र हो’ भनेको भरमा एन्फा पन्छिन मिल्छ ?

एनएसएलको दर्शक उत्साहले एन्फा जाग्ला ? पुस २१, २०८०

एनएसएलले बनाइदिएको माहोलमा भटाभट प्रतियोगिता गरे चरम आर्थिक संकटको दुरुह अवस्था पुगेको एन्फा नेतृत्वको व्यक्तिगत स्वार्थ पनि फुटबलले नै पूरा गर्न सक्छ । तर, त्यसका लागि अब पनि लाजसमेत लजाउने खालका हर्कतमै रमाउने छुट एन्फा नेतृत्वसँग हुने छैन ।

खोजिरहेछौं एन्फाभित्र जवाफदेहिता पुस २१, २०८०

प्रश्नहरू हजारौं छन् । नेपाली फुटबलको पक्षमा एन्फाभित्रै बसेर यी सब प्रश्नको उत्तर खोज्नु छ । नेपाली फुटबलमा विधिको शासन पुनःस्थापित गर्नु छ । पारदर्शिताको मापदण्ड सिर्जना गर्नु छ । फुटबललाई देशभित्र एउटा उद्योगको रूपमा स्थापित गर्नु छ ।

निर्णय चित्त नबुझेको कि रेफ्रीको भूमिका कमजोर ? मंसिर २३, २०८०

नेपाली फुटबलमा समस्या रेफ्रीको नभई क्लब, खेलाडी, प्रशिक्षक र तिनका अधिकारीमा रहेको बुझाइ नै हो । ‘नाच्न नजान्ने आँगन टेढो भनेजस्तो यहाँको अवस्था छ ।

एनएसएलबाट सकारात्मक उर्जा खोज्दै नेपाली फुटबल मंसिर ८, २०८०

नेपाली फुटबलले निरन्तर ओराली यात्रामा पाइला बढाइरहेका बेला कम्तिमा त्यसलाई रोक्ने र दर्शकलाई रंगशाला फर्काउने अभियानका साथ नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण आजबाट सुरु हुँदैछ ।

नेम्वाङलाई सर्वशक्तिमानको दम्भ नपलाओस् मंसिर २, २०८०

निर्वाचित भएपछिको पहिलो बैठकबाट सुरु भएको फुट र गुटबन्दीले कहिल्यै विश्राम लिएन । अन्ततः निर्वाचित अध्यक्षले नेपाली फुटबल इतिहासमै पहिलो पटक बर्खास्तगी प्रस्तावको सामना गर्नुपर्ने स्थिति सिर्जना भयो ।

विश्वकप छनोटः सक्षम छ टिम नेपाल, शुभकामना ! कार्तिक १३, २०८०

नेपालसामू २०१४ पछि फेरि एकपटक ट्वान्टी २० विश्वकपमा उपस्थिती पक्का गर्ने राम्रो व्यवहारिक सम्भावना छ । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टोलीले गरेको प्रदर्शनले त्यही भन्छ ।

पारसहरूको आगमनले सुध्रिएला क्यान ? आश्विन १३, २०८०

अब अवस्था फेरिएको छ । पारससहित केही नयाँ युवा र दिवाकर घले जस्ता पाका क्रिकेटकर्मीको उपस्थितिले नेपाली क्रिकेट प्रशासनको अँध्यारोमा चाँदीको घेरा देखाएको छ । क्यानले सरकारी अनुदानमा बर्सेनि गर्दै आएको प्रधानमन्त्री कप थप व्यवस्थित गर्दै बहुदिवसीय ढाँचामा लाने निर्णय गरेको छ ।

खेल संघ निर्वाचनः लोकतन्त्रको नाममा चरम अलोकतान्त्रिक अभियान आश्विन ८, २०८०

खासगरी खेल संघहरुको नेतृत्वमा फेरि पनि पदाधिकारीहरु दोस्रो, तेस्रो, चौथो वा त्योभन्दा बढि पटक निरन्तर रहिरहनका लागि तानाबुना बुन्न व्यस्त छन् । एसियाली खेलकुदको नाममा २९ खेल चीनमा छ । तर कुनै पनि खेलका पदाधिकारीको ध्यान त्यतातिर छैन । आफू कसरी दोहोरिने, तेस्रो, चौथो वा त्योभन्दा बढिऔं पटक नेतृत्वमा टिक्ने भन्ने कसरतमा छन् ।

क्यानमा पारस आगमनको खुसी पानीको फोका नबनोस् आश्विन ७, २०८०

मैदानभित्र नेपाली क्रिकेटका सबैखाले उतारचढावमा सबल र परिपक्व नेतृत्व गरेका पूर्व कप्तान पारस खड्का क्यानको सचिवमा निर्वाचित भएका छन् । पारससँगै केही नामलाई छोड्ने हो भने १७ सदस्यीय कार्यसमितिको मुहार पुरानै छ । प्रवृत्ति पनि पुरानै ।

प्रदर्शन गर्न नसके खेलाडी बाहिरिनुपर्ने, पदाधिकारी चाँही दशकौंसम्म माखो नमारी पदमा बस्न पाउने ? भाद्र ३१, २०८०

फोहोरी र घटिया राजनीतिक अभ्यास भइरहेको देशमा खेल संघका नेतृत्वमा अक्षम व्यक्तिहरू टिकिरहेका छन् । तर, यसको चर्काे मुल्य खेलाडीहरुले चुकाउँदै आइरहेका छन् । भविष्यमा पनि चुकाउने छन् ।

हामी आजदेखि तेस्रो वर्षमा भाद्र ८, २०८०

हाम्रो काम मूल्यांकन गरेर कुनै न कुनै रूपमा सहयोग गर्ने हातहरू दिल खोलेर अगाडि आउने पूरापूर विश्वास छँदै छ । दोस्रो वार्षिकोत्सवका उपलक्ष्यमा हामी आम पाठक, खेलकुदकर्मी, शुभेच्छुक, विज्ञापनदाता, पत्रकारसँगै नेपाली खेलकुदसँग नै खुसीको क्षण साट्न चाहन्छौं ।

संकटग्रस्त फुटबलमा एपिएफको ‘पत्र’ असार २, २०८०

एपिएफले आफूलाई अन्याय भएको ठानेर फुटबलबाट मात्र हात झिके पनि अवस्था अकल्पनीय हुनेछ । कम्तीमा चार वर्षपछि हुने विश्वकपका नाममा एन्फाले घोषणा गरेको 'मिसन महिला विश्वकप २०२७' लक्ष्य अलपत्र पर्नेछ । साँचो यही हो । आजको मितिमा एपिएफले खेलाडी नदिए महिला फुटबलमा दक्षिण एसियाली फुटबलकै लागि पनि प्रतिस्पर्धात्मक राष्ट्रिय टोली कल्पना बाहिरको विषय हो ।

अकबरी क्रिकेटमा पित्तले प्रशासन वैशाख ३०, २०८०

फलामलाई चाहेको आकार दिन तातेको बेला हथौडा प्रहार गर्नुपर्छ । नेपाली क्रिकेट अहिले मज्जासँग तातेको छ । रातै भएको छ । अत्यन्तै सुन्दर बन्न सक्ने सम्भावना भए पनि प्रशासनले विद्रुप बनाएको क्रिकेटको मुहार सही ढाँचामा ल्याउन हथौडा हान्ने समय यही हो । तातेको फलाम सेलाउन बेर लाग्दैन । वर्षातमा भेल छोप्न पाउने जति समय पनि नमिल्न सक्छ । त्यसैले क्रिकेटमा बनेको माहोलको भेल छोप्न ढिलो गरियो भने खेलाडीले मैदानमा गरेको मिहिनेत यसपाली पनि फुस्सा हुन सक्छ ।

एन्जिलाको आँसुको अर्थ वैशाख ९, २०८०

एन्जिला हारेकी होइनन् । नतिजा नेपालको पक्षमा नआए पनि महिला टिम पराजित भएको होइन । हारेको त नेपाली फुटबल प्रशासन हो । जो महिला फुटबललाई आफ्नो जिम्मेवारी ठान्दैन । भइरहेको लिग बीचमै रोकिदिन्छ । अनि आफ्ना क्रियाकलापमार्फत उद्घोष गर्छ, महिलाले धेरै खेल्न आवश्यक छैन ।

‘स्वार्थको चौराहामा अलपत्र खेलकुदले सही मार्ग समातोस्’ शुभकामना ! वैशाख १, २०८०

एकातिर अनुकूल बन्दै गएको समयले दिएको अपार सम्भावना छ भने अर्कोतिर आर्थिक रूपमा भ्रष्ट, नैतिक रूपमा पतित, क्षमताका हिसावमा कुनै भिजन र योजना नरहेको अनि व्यावहारिक रूपमा रामभरोसे स्वभावका स्वार्थी प्रशासकहरूका कारण चुनौतीको अजङगको पहाड देखिन्छ ।

किन प्रश्नबाट भागिरहेछ नेपाली फुटबल ? वैशाख १, २०८०

एकपछि अर्को प्रश्न आइरहे । नेपाली फुटबल, यसलाई सञ्चालन गर्ने सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा), यसका पदाधिकारी अनि तिनै प्रशिक्षक अल्बर्टोलाई प्रश्न तेर्सिइरहे । त्यसबाट सबै भागिरहे । प्रश्नबाट भाग्नु भनेको जिम्मेवारीबाट भाग्नुको सबैभन्दा उत्तम उपाय हो । नेपाली फुटबलमा साँच्चै यस्तै भइरहेको छ ।

एन्फाको चेत खुलोस् चैत्र २५, २०७९

महिला फुटबलका लागि ढंगको लिग कल्पना बाहिरको विषय भयो, नियमित एउटा प्रतियोगितासमेत छैन । जुन देशमा फुटबल विकासका ठूल्ठुला नारा घन्काउने ठेकेदारहरु नै फिफाको बजेटमा बन्न लागेको महिला एकेडेमीको निर्माण रोक्न अदालतमा मुद्धा हाल्छन् । जुन देशको फुटबल संघले महिला फुटबलमा आधा भएको लिगलाई बीचमै रोकेर विजेता घोषणा गर्छ । नेपाल पुलिस, नेपाली सेना र सशस्त्र प्रहरी बललाई छोड्ने हो भने एउटै स्थायी महिला टिमसमेत छैन ।

थ्री नेसन्स कपः खुसी हुन नसक्ने बहाना चैत्र ४, २०७९

प्रतियोगितामा सहभागी हुने तीन टिममध्ये पहिलो त नेपाल भइहाल्यो । बाँकी दुई टिम छन् भुटान र लाओस । यी दुई प्रतिद्वन्द्वीको नाम सुन्ने बित्तिकै हामी मनमनै भन्न सक्छौं, उपाधि जित्ने नेपालले नै हो । यसमा मज्जा के रह्यो र ? धेरै अर्थमा भुटान र लाओसको फुटबल नेपालको तुलनामा पछाडि नै छ ।

एन्फामा सुशासनको आठ महिनाः पछिल्लो सिकार उपाध्यक्ष नै फाल्गुन ३०, २०७९

रुवान्डा जानका लागि परिवारसँग बिदा भएर टीकाटालो गरी सोमबार फिफाले पठाएको निमन्त्रणा र हवाई टिकट साथमै लिएर त्रिभुवन विमानस्थल पुगेका एन्फा उपाध्यक्ष विराटजंग शाही आफ्नै नेतृत्वका बदनियतका कारण विमानस्थलबाटै फर्कनुपर्यो । किन ?

आशालाग्दो ऐन, तर प्रष्टता आवश्यक फाल्गुन २७, २०७९

हालको ऐन अनुसार यस कार्यकारी समितिले सामुहिक रुपमा अधिकारको प्रयोग गरी काम कारवाही गर्ने देखिन्छ । सामुहिक नेतृत्वको अवधारणा अन्तर्गत यस व्यवस्था भएको देखिन्छ । यस व्यवस्थाबाट व्यवहारिक रुपमा राष्ट्रिय खेलकुद परिषद् केही हदसम्म आलंकारिक रुपमा रहन जाने देखिन्छ भने कार्यकारी समिति चुस्त एवं प्रभावकारी हुन सक्ने देखिन्छ ।

नेपाली खेलकुदले बनाउनुपर्ने प्राथमिकता फाल्गुन २७, २०७९

नीति निर्माणको तहमा रहेका व्यक्तिहरुको सोचाइमा ‘खेलको विकासको लागि, अन्तराष्ट्रिय स्तरको रंगशाला र बहुउदेस्सीय कभर्डहल निर्माण गर्न पर्छ’ भन्ने पाइन्छ । तर यो सम्भव छैन । र, आवश्यक पनि होइन ।

स्पोर्ट्स अवार्ड के हो ? फाल्गुन २०, २०७९

मञ्चले सुरु गरेको एउटा प्रयोग आज नेपाली खेलकुदको सर्वमान्य प्रमाण बनेको छ । नेपाली खेलकुदको मूल्यांकन र उपलब्धिहरूको कदरको शृंखला १९औं संस्करणसम्म आइपुग्दा फगत एउटा समारोहमा मात्रै सीमित भएको छैन, समग्र खेलजगतले वर्षभर व्यग्रका साथ प्रतीक्षा गरिरहने आशा र भरोसा बनेको छ । अलिक आलंकारिक भाषामा भन्दा समग्र खेलकुद एउटा शरीर हो भने पल्सर स्पोर्ट्स अवार्डलाई यसको रक्तसंचार प्रणाली मान्न सकिन्छ, जसले नेपाली खेलकुदमा जीवन भरिरहेको छ ।

खेलकुदको बलियो खम्बा ‘पल्सर स्पोर्ट्स अवार्ड’ फाल्गुन २०, २०७९

यो अवार्ड प्राप्त गर्ने खेलाडीलाई समाजे सेलिब्रेटीको रूपमा हेर्ने र चिन्ने काम भइरहेको छ । खेलजीवनमा प्रवेश गरेर आफूलाई समाजमा चिनाउन सक्ने आधार खेलाडी र खेलकर्मीले यो अवार्डमार्फत प्राप्त गरेका छन् । समग्रमा यो नेपाली खेलकुदको एउटा प्रेरणा स्रोत बनेको छ ।

सन्दीप प्रकरणमा नाङ्गिएको क्रिकेट नेतृत्व र संवेदनहिन समाज माघ २, २०७९

सन्दीपमाथि अत्यन्तै जघन्य आरोप लागेको चाँही साँचो हो । एउटा सभ्य समाज यति गम्भीर प्रकृतिको आरोपमा आरोपितभन्दा पीडितको पक्षमा उभिन्छ । तर शुक्रबार सुन्धारामा उपस्थित भिड र सामाजिक सञ्जालमा देखिएका कतिपय गैह्रजिम्मेवार प्रतिक्रियाहरुले नेपाली समाजमा ‘छोरी सुरक्षित छैनन’ भन्ने भाष्यलाई जबरजस्ती स्थापित गरेको छ ।

सिक्नका लागि विश्वकप एउटा विशेष कक्षा हो कार्तिक २६, २०७९

समग्रमा जर्मनीले १९ पटक विश्वकपमा सहभागिता जनाउँदा आठ पटक फाइनल खेलेको छ भने १३ पटक सेमिफाइनलसम्मको यात्रा गरेको छ ।

कर्णालीले सच्याउला नवौंका कमजोरी ? कार्तिक १२, २०७९

खेल नेतृत्वले वृहत राष्ट्रिय खेलकुद महोत्सवलाई कुनै एउटा प्राइभेट लिमिटेडको गोप्य प्रोजेक्टका रुपमा सञ्चालन गर्ने चाहना राख्यो ।

राष्ट्रिय खेलकुदको परिमार्जन खोज्नुपर्छ आश्विन २८, २०७९

यो अवस्था चार दशकअघिको नेपालको हो । त्यसैले राष्ट्रिय खेलकुद परिषद (राखेप)को तत्कालिन नेतृत्वले एउटा दूरदर्शी योजना अघि सार्यो, बृहत राष्ट्रिय खेलकुदको नाममा । दक्षिण एसियाली खेलकुदका समेत परिकल्पनाकार राखेपका तत्कालीन सदस्यसचिव शरदचन्द्र शाहले २०३८ सालमा राष्ट्रिय खेलकुद सुरु गर्दा केही खास उद्देश्य राखेका थिए । जसले दीर्घकालसम्म नेपाली खेलकुदलाई सबै पक्षबाट बलियो बनाउँदै अघि बढाउने उनको विश्वास थियो ।

सन्दीप प्रकरणमा क्यानले जिम्मेवारी लिनु पर्दैन ? आश्विन २२, २०७९

आफ्ना खेलाडीलाई आवश्यक शिक्षा दिन नसक्ने, खेलाडीको समग्र व्यक्तित्व विकासको काममा माखो समेत नमार्ने, अनि बन्द प्रशिक्षणमा रहँदा पनि असनको साँडे झै खुल्ला छोड्ने टिम म्यानेजर र क्यानको नेतृत्वलाई पनि कार्वाहीको दायरामा ल्याइनुपर्छ ।

एन्फाको सय दिन: हात्ती आयो, हात्ती आयो, फुस्सा आश्विन ११, २०७९

दर्शकले कुटाई खानुपर्ने अवस्था सिर्जना भयो । धेरै भन्दा धेरै पास बाढ्दा टिकट काटेका दर्शकले कुटाई खानुपर्यो । टिकट काटेका सयौं दर्शक रंगशाला छिर्न पाएनन् । हजारौंले टिकट काट्ने मौका नै पाएनन् ।

अब महिला फुटबलको लापरबाही क्षम्य हुन सक्दैन आश्विन ८, २०७९

अघिल्लो शुक्रबार नेपाली महिला टोलीले एउटा त्यस्तै स्मरणीय उपलब्धिको उपहार दिएको थियो । सात हजारभन्दा बढी दर्शकको उपस्थितिमा नेपाली महिला टोलीले इतिहासमै दोस्रो तथा साफ च्याम्पियनसिप इतिहासमा पहिलो पटक भारतलाई पराजित गरेको थियो ।

अहिलेको बंगलादेश र पहिलाको बंगलादेशमा धेरै फरक छ आश्विन ३, २०७९

यही प्रतियोगितामा पनि बंगलादेशले जुन किसिमको प्रदर्शन गरेको छ । त्यसले गर्दा हामीले कमजोर लिनु हुँदैन । बंगलादेशले भारतलाई तीन गोल गरेको छ । हामीले एक गोल मात्र गरेर फाइनल पुगेका हौं ।

संघारमा नवौं राष्ट्रिय खेलकुद, किन मौन छ गण्डकी ? आश्विन १, २०७९

आलोचनात्मक हुनुपर्छ । नेतृत्वलाई प्रश्न गरिरहनुपर्छ । त्यसो गर्न सकिएन भने खेल निरन्तर नभए पनि राज्यको ढुकुटीबाट खर्चिएको रकममा सीमित ‘जंगबहादुर’हरूको दोहनले निरन्तरता पाउनेछ ।

‘भारतलाई जित्न सक्छौं, तर धेरै मेहेनत चाहिन्छ’ भाद्र ३१, २०७९

नेपालको ‘ब्युटिफुल’ खेल खेल्न सकेको भए गोलहरु स्वतः निस्किहाल्थ्यो । पहिलो हाफमा नेपालले क्रसिङ र कर्नर किकबाट निकालेको तीन गोलहरु निकालेको थियो ।

खेलाडीको भोगाइमा श्याम थापा: कुशल रणनीतिकार र सर्वोत्कृष्ट मोटिभेटर श्रावण १४, २०७९

एउटा खेलाडी लेजेन्ड बन्नका लागि राम्रो खेलेर मात्र पुग्दैन । स्टारडम जति बढि हुन्छ, त्यति नै व्यक्तिगत रूपमा उसले गर्ने व्यवहार सरल र सहज हुनुपर्छ । श्याम सर वास्तवमै लेजेन्ड हुनुहुन्थ्यो ।

खेलाडीको स्वभाव चिन्ने र देशप्रति प्रतिवद्ध पार्ने प्रशिक्षक थापा श्रावण १४, २०७९

ढल्कँदो उमेरमा पनि उहाँ पूरा नेपाली फुटबल हल्लाउन सक्षम हुनुहुन्थ्यो । यसबाट पनि ‘श्याम थापा नेपाली मूलको फुटबलले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो नाम हो’ भन्न सकिन्छ ।

‘कहाँ सकिन्छ र श्याम थापा बन्न त !’ श्रावण १३, २०७९

विश्व फुटबलको राजा हुन पेले भन्ने जसरी उनको बयान हुन्थ्यो । पेलेपछि सुनेको दोस्रो सुपरस्टार नाम भनेको श्याम थापाको हो ।

काउन्टर अट्याक: एन्फा षड्यन्त्रहरू उत्पादन गर्ने कारखाना नबनोस् श्रावण ७, २०७९

सबै काम गर्नुपर्ने भनेको हाल उपलब्ध १९ जनाको कार्यसमितिले हो । तर, त्यो कार्यसमिति ‘थापाले दिएनन, पाँडेले रिमोट चलाए’ जस्ता हचुवा कुरा गरेर पानीमाथि ओभानो बन्न खोजिरहेको छ । वास्तविक मुद्दाबाट नेपाली फुटबलको बहसलाई विषयान्तर गर्ने प्रयास गरिरहेको छ ।

एनआरटीको विदेश भ्रमण: नेपाली फुटबलले सिक्न सक्छ यसरी श्रावण ७, २०७९

व्यावसायिक फुटबल सिको गर्नेले थाइल्यान्डलाई पछ्याउँदा पनि फरक पर्दैन । जहाँ शारीरिक खेल खेल्नुभन्दा पनि मानसिक खेल खेल्न प्रोत्साहन गरिन्छ । तेस्रो श्रेणीका क्लबहरू समेत एएफसीको मापदण्डमा बाधिँदै क्लब सञ्चालन गर्छन् । हरेकको आ-आफ्नै घरेलु मैदान छन् ।

नेपाली फुटबल सधैं ‘जर्जर’ ? श्रावण २, २०७९

भर्खरै सम्पन्न एन्फाको अर्को साधारणसभाले ‘हिलोमा जग’ हाल्दै गरेका शेर्पालाई विस्थापित गर्दै उनैका पुराना सहयात्री पंकजविक्रम नेम्वाङलाई नेतृत्व सुम्पेको छ । नेम्वाङ चुनावी प्रतिस्पर्धामा उत्रिँदाको आफ्नो प्यानलको बहुमतसहित एन्फा नेतृत्वमा पुगेका छन् । भलै उनको प्यानल विभिन्न गुटको एउटा मोर्चाको रुपमा किन नहोस् ।

काउन्टर अट्याक: अबको मूल एजेन्डा एसियन कप खेल्ने हुनुपर्छ असार ११, २०७९

भर्खरै निवर्तमान भएको अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्वले पनि यस्तै आरोप झेलेको थियो । यस्तै आरोपहरूको बलमा कर्माछिरिङ शेर्पा नेतृत्वको कार्यसमितिलाई विस्थापित गर्दै पंकजविक्रम नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । एन्फाले आगामी चार वर्ष नेपाली फुटबलको मोटर चलाउन नयाँ चालक पाएको छ ।

काउन्टर अट्याक: के होला अल्मुताइरीको भविष्य ? असार ४, २०७९

एएफसीको व्यावसायिक प्रशिक्षक लाइसेन्सप्राप्त अल्मुताइरी नेपाल आएको १५ महिना पुग्दै छ । उनले औपचारिक रूपमा टिम सम्हालेको त भर्खर १४ महिना भयो । नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकका रूपमा उनको पहिलो खेल गत वर्ष बैशाख १२ गते कतारविरुद्ध थियो । माल्दिभ्सको मालेमा गत कात्तिकमा सम्पन्न १३औं साफ च्याम्पियनसिप फुटबलको फाइनल पुग्नु अल्मुताइरीको करियरको उत्कर्ष थियो ।

सात वर्षमा मैले सबैभन्दा बढी कल्पेको मानिस हो ललित जेष्ठ २९, २०७९

खेलाडीका रूपमा पनि मेरो अन्त्य राम्रो भएन । पदाधिकारीका रूपमा पनि मैले सही तरिकाले फुटबलबाट बिदा लिन पाइनँ । यो मेरो भाग्यको कुरा हो । मैले यो भूमिका उल्लेख गर्न खोज्नुको कारण छ । कारण के भने दुवै भूमिकामा मलाई साँच्चैको ढाडस दिने व्यक्ति थियो, ललित भाइ (ललितकृष्ण श्रेष्ठ) । ललितसँगको मेरो सम्बन्ध दाजुभाइभन्दा बढी थियो । ऊ मेरो भाइ अनि म उसको अभिभावक दाजु ।

ललित दाइ, ढल्केको पोस्ट र सागरको गोल जेष्ठ २९, २०७९

त्यो खेलको भोलिपल्ट बिहानै ललितकृष्ण फेरि मैदान भने पुगे । उनमा कौतूहल थियो, पोस्ट के अझै त्यही स्थितिमा छ त ? थिएन । पोस्टलाई मिलाइसकेको थियो । अब त्यो दुरुस्त स्थितिमा थियो ।

ललितजीको अभाव सधैं खट्किरहेछ जेष्ठ २९, २०७९

के ललितजी भएको भए म आज एन्फा अध्यक्षका रूपमा नेपाली फुटबलको नेतृत्व गरिरहेको हुन्थें त ? मैले आफैंलाई प्रश्न गरें । एक सेकेन्डमै मेरो मनले उत्तर दियो, ‘पक्कै पनि हुन्नथें । उहाँजस्तो मान्छे भएपछि मेरो आवश्यकता पर्ने थिएन । त्यो दुर्घटनाले ललितजीलाई हामीबाट खोसेर लगेपछि मात्र मैले नेतृत्वमा आउनुपरेको हो ।’

फुटबलले असल अभिभावक गुमाएको यो ७ वर्ष जेष्ठ २९, २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)को सातदोबाटोस्थित मुख्यालय पुग्दा सधैं एउटा हँसिलो अनुहार स्वागतका लागि तम्तयार हुन्थ्यो । तर ७ वर्ष भइसक्यो त्यो अत्यन्तै उर्जाशील अनुहार निर्जिव सालिकमा परिणत भएको । एन्फामा हुने सबैखाले पत्रकार सम्मेलन तथा कार्यक्रमअघि निरन्तर ललित दाइको ९८५१०७७७५८ नम्बरबाट फोन आउने क्रम बन्द भयो ।

फुटबलले सधैं खोजिरहने छ ‘ललित दाइ’ जेष्ठ २९, २०७९

फुटबलका असल व्यक्तित्व ललितकृष्ण श्रेष्ठको सातौं पुण्यस्मृतिमा उहाँप्रति समर्पित खेलाडी डटकमको विशेषांक

हुनुहुन्थ्यो त फुटबलको ‘सर्वमान्य नेता’ बन्नुहुन्थ्यो जेष्ठ २९, २०७९

ललित दाइको नयाँ घर बन्दै थियो । तयारचाहिँ भइसकेको थिएन । तर, उहाँ सर्ने तरखरमा हुनुहुन्थ्यो । सर्नुअघि घर पूजा गर्ने कुरा थियो । त्यही भएर उहाँ पण्डितकहाँ जानुभएको थियो । बाटोमा हामी गफ गर्दै गइयो । त्यसबेला उहाँले मसँग गम्भीर कुरा गर्नुभएको थियो ।

अभिभावकभन्दा बढी प्रिय ‘ललित दाइ’ जेष्ठ २९, २०७९

जसका कारण मेरो फुटबलप्रतिको लगाव बढ्यो । आज उन ललित दाइको श्रद्धाञ्जलीमा यी शब्दहरू लेख्दै गर्दा मेरो हात कामिरहेको छ । हार्दिक श्रद्धाञ्जली ललित दाइ । हामी सधैं सम्झिइरहने छौं ।

एन्फा चुनावमा छैन फुटबलका मुद्दा जेष्ठ २१, २०७९

हो, पक्कै पनि फुटबलका प्राविधिकलाई चुनावसँग चासो हुनुहुन्न । खेलाडीको काम खेल्ने, प्रशिक्षकको काम खेल्नका लागि आफ्ना खेलाडीलाई तयार गर्ने हो । तर, अहिले एक पूर्वखेलाडी र प्रशिक्षक भएर पनि हामी जस्तोका लागि एन्फाको निर्वाचन चासोको विषय बनेको छ । कारण सत्तामा पुग्नका लागि होइन । अथवा कुनै अमूक पात्रलाई सत्तामा पुर्याउनका लागि पनि होइन ।

काउन्टर अट्याक: खेलाडी-प्रशिक्षक काण्डले फुटबलको ‘चीरहरण’ नहोस् वैशाख १७, २०७९

समर्थकको त्यही अन्धो मायाबाट पुल्पुलिएका कारण होला, अल्मुताइरी शृंखलाबद्ध रूपमा विवादको केन्द्रमा रहिरहे । वरिष्ठ उपाध्यक्षविरुद्ध अभिव्यक्ति दिएर होस् वा पत्रकारसँगको व्यवहारले अल्मुताइरीलाई विवाद र आलोचनाको घेराभित्र राखिरह्यो । विदेशमा गएर नेपाली मिडियालाई गाली गर्दै कहिल्यै नेपाल नफर्कने कसम खाएर पनि अल्मुताइरीले विवादको शृंखला अघि बढाइरहे ।

काउन्टर अट्याक: ‘ज्युँदोको मलामी’ पथमा हो फुटबल ? चैत्र १९, २०७८

मैदानबाहिरको फुटबल झन चर्को छ । सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) चुनावको मुखमा छ । चार वर्षअघिको चुनाव सकिएलगत्तै नयाँ चुनाव लागिसकेको एन्फा अहिले आन्तरिक शक्ति संघर्षको चरमोत्कर्षमा छ । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) विवादमा स्वयं एन्फा, आयोजक र शीर्ष डिभिजनको लिगका क्लबहरू मुछिएका छन् । एनएसएल तत्काललाई नहुने निर्णय भइसकेको छ ।

रंगशाला काण्ड सम्झिँदा अझै आँसु आउँछ फाल्गुन २९, २०७८

मौसम सफा नै थियो, खेलका लागि वार्मअप गरेपछि हामी ड्रेसिङ रूममा छिर्यौं । १९ मिनेट जतिको खेल भएको थियो । उनीहरू (बंगलादेशको मुक्तिजोद्धा क्लब) ले १७–१८ मिनेट जतिमा गोल हानेको थियो । हामी सबै टोलीलाई जित्दै फाइनलमा पुगेको भएर त्यो गोलको दबाब लिएका थिएनौं । जित्छौं भन्नेमा विश्वस्त थियौं । सेमिफाइनलमा नेपालकै आरएनएसीलाई हराएकाले पनि हाम्रो मनोबल उच्च थियो ।

अहिले पनि रंगशाला पुग्दा मन खल्लो हुन्छ फाल्गुन २९, २०७८

जनकपुर चुरोट कारखना, रोयल नेपाल एयरलाइन्स (आरएनएसी) जस्ता संस्थामा प्राय: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीको बाहुल्य रहन्थ्यो । यहाँ आबद्ध भएपछि खेल्नुका साथै आकर्षक रोजगारीको पनि अवसर मिल्थ्यो । घर धान्ने सहज माध्यम थियो फुटबल ।

के भन्छन् प्रत्यक्ष रंगशाला घटना देख्नेहरू ? फाल्गुन २९, २०७८

नेपाली फुटबलका सबैजसो स्टार खेलाडीको साथ रहेको जनकपुर उपाधिको बलियो दाबेदार थियो । त्यसमाथि दशरथ रंगशालाको घरेलु मैदानमा दसौं हजार घरेलु समर्थकको साथले जनकपुरको उत्साह अझै थपिएको थियो ।

काउन्टर अट्याक: सुन्दर खेलको छवि धमिल्याउने प्रयास माघ ११, २०७८

कोभिड १९ महामारीले नेपालमा विकराल रूप लिइरहेको समय भएकाले एन्फाले कुल क्षमताको एक तिहाइमात्र टिकट बेच्ने बताएको छ । सरकारी मापदण्ड पनि त्यस्तै छ । सरकारले जारी गरेको पछिल्लो मापदण्डअनुसार रंगशाला निम्त्याइएका एक तिहाई दर्शकमध्येबाट एक तिहाईको आयोजकलेआफ्नै खर्चमा आरडिटी परीक्षण गराउनुपर्छ । तर, एन्फाको जानकारी यस विषयमा भने मौन छ ।

अनुशासनको खडेरीमा खेलक्षेत्र पुस ५, २०७८

एथलेटिक्सका खेलाडीले टोकियोमा सहभागी हुन नपाएको विषय र एकजना प्रशिक्षकको सट्टामा अर्का प्रशिक्षक पठाएको र नक्कली पिसिआर रिपोर्टजस्ता विषय पनि अनुसन्धानको दायरामा आउनुपर्ने देखिन्छ ।

उर्जावान यात्राका सय दिन मंसिर १५, २०७८

खेलकुदलाई उत्पादनमूलक क्षेत्रको रूपमा सुपरिचित गराउँदै यसलाई एउटा समृद्ध उद्योगको रूप दिने अभियानमा एउटा जिम्मेवार सञ्चारमाध्यमका लागि हामीले आफ्नो भूमिका राम्ररी बुझेका छौं ।

लिगलाई एउटै चेनमा ल्याउन ‘यसो गरे कसो होला ?’ मंसिर ४, २०७८

हामीले एउटै चेनमा फुटबल खेल्न सकिरहेका छैनौं । जिल्लाले आफ्नो हिसाबमा लिग गरिरहेको छ । जिल्ला लिग समापनपछि त्यहाँका टिमले कहाँ गएर खेल्ने भन्ने नै टुंगो छैन । यता केन्द्रमा पहिले देखि रहँदै आएको सहिद स्मारक ‘ए’ डिभिजन, ‘बी’ डिभिजन र ‘सी’ डिभिजन र ‘सी’ डिभिजन छनोटको आफ्नै संरचना छ ।

बहुरूपी लिग : प्रयोग नै प्रयोग कार्तिक २७, २०७८

प्रश्न त अझै धेरै छन् । मूल प्रश्न भने यही हो । के यी सबै प्रश्नको उत्तर दिन एन्फा तयार र जिम्मेवार छ ?