मंसिर ५, २०८२ शुक्रबार | ०२:३९:२३
‘सी’ डिभिजन छनोटः नेपालगन्ज ११ र भक्तपुरको विजयी सुरुआत, दाजुभाई र लिखु भुजेको बराबरी चितवनविरुद्ध लुम्बिनीको प्रभावशाली जित घरमै बसेर एनपिएलका खेलहरु कसरी हेर्ने ? पावरप्लेमा लुम्बिनीले जोड्यो ५१ रन, रिजनले दुई खेलाडीलाई पवेलियन फर्काए भोपाराको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४२ रनको लक्ष्य भोपाराको लगातार दोस्रो खेलमा अर्धशतक चितवनका दुबै ओपनर पवेलियन फर्किए, पावरप्लेमा जोड्यो ३२ रन चितवनविरुद्ध फिल्डिङ गर्दै लुम्बिनी एनआइटिएफका पूर्व अध्यक्ष धमला सम्मानित धर्ना कार्यक्रमको निश्कर्षः ७ गते एन्फा, क्लब र खेलाडीको संयुक्त बैठक हुने ‘सी’ डिभिजन छनोटः नेपालगन्ज ११ र भक्तपुरको विजयी सुरुआत, दाजुभाई र लिखु भुजेको बराबरी चितवनविरुद्ध लुम्बिनीको प्रभावशाली जित घरमै बसेर एनपिएलका खेलहरु कसरी हेर्ने ? पावरप्लेमा लुम्बिनीले जोड्यो ५१ रन, रिजनले दुई खेलाडीलाई पवेलियन फर्काए भोपाराको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४२ रनको लक्ष्य भोपाराको लगातार दोस्रो खेलमा अर्धशतक चितवनका दुबै ओपनर पवेलियन फर्किए, पावरप्लेमा जोड्यो ३२ रन चितवनविरुद्ध फिल्डिङ गर्दै लुम्बिनी एनआइटिएफका पूर्व अध्यक्ष धमला सम्मानित धर्ना कार्यक्रमको निश्कर्षः ७ गते एन्फा, क्लब र खेलाडीको संयुक्त बैठक हुने
शनिबारको दिन

प्रशिक्षक तामाङले कायम राख्न नसकेको वचन

काठमाडौं । एन्फा महिला राष्ट्रिय लिग २०८१ भर्खरै सकियो, अब सबैको ध्यान नेपाली महिला राष्ट्रिय टिमको तयारीमै हुनेछ । नेपालले अब फोर नेसन्स कप खेल्दैछ । त्यसमा सहभागी हुने अन्य टिम म्यानमार, लेबनान र किर्गिस्तानले यसअघि नै तयारी सुरु गरिसकेका छन् ।

नेपाली फुटबलले मन बुझाउने के भने लिग पनि त्यही तयारीकै अर्को एउटा रूप न हो । अनि नेपाली टिमका प्रशिक्षक हुनेछन्, फेरि पनि राजेन्द्र तामाङ । जति बेला उनको नाम प्रशिक्षकमा घोषणा भयो, धेरैको प्रश्न थियो, फेरि उनी नै ?

तामाङले आफ्नो वचन राखेको भए, यति बेला उनी नेपाली राष्ट्रिय महिला टिमको प्रशिक्षक हुने थिएनन् । तर उनी आफ्नो बचनमा टिकेनन्, फेरि आफै भए । समस्या उनको चयनमा होइन्, समस्या बोलीमा हो । आफ्नै वचनमा कायम रहन नसक्नुमा हो ।

ठ्याक्कै यही परिस्थितिमा यसअघि अन्य २ प्रशिक्षकले पनि छाडिसकेको उदाहरण छँदै थियो । ती थिए, हरि खड्का र कुमार थापा । उनीहरूले पनि नैतिकताकै आधारमा प्रशिक्षक पद छाडेका थिए ।

कसैले केही बोल्छ र त्यसको उल्टो गर्छ भने प्रश्न त हुन्छ नै । कुरा यसरी सुरु हुन्छ । साफ वुमेन्स च्याम्पियनसिप २०२४ को फाइनलमा बंगलादेशसँग पराजित भएपछि मिडियासामु प्रस्तुत हुँदा प्रशिक्षक तामाङले भनेका थिए, ‘अब म प्रशिक्षक पद छाड्दै छु ।’

दोस्रो पटक नियुक्ति लिँदै राजेन्द्र तामाङ (बायाँ), तस्विरः एन्फा । 

ठ्याक्कै यही परिस्थितिमा यसअघि अन्य २ प्रशिक्षकले पनि छाडिसकेको उदाहरण छँदै थियो । ती थिए, हरि खड्का र कुमार थापा । उनीहरूले पनि नैतिकताकै आधारमा प्रशिक्षक पद छाडेका थिए । ‘साफ च्याम्पियनसिप जित्नु एक मात्रै उद्देश्य थियो, त्यो नै पूरा नभएपछि किन त्यही पदमा बसिरहने त ?’ उनीहरूको तर्क थियो । तामाङले छाड्दा भने यो भन्दा बढी तर्क थियो । उनकै शब्दमा महिला टिम सम्हाल्नु नै गाह्रो हुने गर्छ, आफूले सोचे जस्तो गर्न सकिन्न ।  

त्यसमाथि पारिश्रमिक पनि त पाएको स्थिति थिएन् । अझ त्यति मात्र कहाँ हो र, उनले हाकाहाकी भनेका थिए, ‘राष्ट्रिय टिमका एक पुस्ताका खेलाडीलाई नहटाए हुन्न ।’ महिला राष्ट्रिय टिमका के कस्तो नराम्रो चलिरहेको छ, त्यो पनि उनले उल्लेख गरेका थिए । फाइनलकै राति सबै मिडियामा समाचार आइसकेको थियो, ‘प्रशिक्षक तामाङले आफ्नो पदबाट दिए राजीनामा’ । एक प्रकारले त्यो ‘हट केक’ समाचार भएको थियो । नेपाली फुटबलप्रेमीमाझ प्रशिक्षक तामाङले छोडेको विषय भाइरल नै बनेको थियो ।

प्रशिक्षक तामाङको नेतृत्वमा नेपाली टिमले उपाधि जित्यो भने त्यो ऐतिहासिक हुनेछ । उनी आफै ठूलै नायक हुनेछन् ।

त्यसको केही महिनापछि त्यही मिडिया समाचार खेल्न बाध्य भयो, ‘नेपाली टिमको प्रशिक्षकमा फेरि तामाङ’ । त्यो त आफैले लेखेको समााचारलाई आफैले काट्नु जस्तै थियो । नेपाली मिडियाले एउटा पाठ के सिक्यो भने नेपाली फुटबलमा सबैको वचन पक्का हुन्न । त्यसैले कसैले केही बोल्यो भन्दैमा समाचार लेखिनहाल्नु । लेखिहाले पछुताउनु पर्ने हुन्छ । पूरा घटनाक्रमलाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिएको प्रतिक्रिया पनि आफैमा गज्जब छ ।

साफ महिला च्याम्पियनसिपका दौरान राजेन्द्र तामाङ, तस्विरः एन्फा । 

प्रवक्ता सुरेश साहको भनाइ थियो, ‘प्रशिक्षक तामाङले राजीनामा त मिडियामा पो दिएका थिए, औपचारिक रूपमा एन्फालाई त दिएकै थिएनन् ।’ पूरा घटनाक्रमले एउटा तथ्य भने निश्चित गर्छ, प्रशिक्षक तामाङ अझै कच्चा छन् । मिडियासामु कसरी प्रस्तुत हुनु पर्छ, त्यसबारे उनले धेरै सिक्नु पर्ने हुन्छ । सम्भवतः आफूले पद छाडेको घोषणा गर्दा उनी केही बहकिएका थिए, भावनामा बगेका थिए । ‘अब के गर्नु हुन्छ ?’ भन्ने प्रश्नमा आफूलाई सम्हाल्नै सकेनन् ।

फुटबल पत्रकारिताको एउटा धर्म के मानिन्छ भने राष्ट्रिय टिमको तयारी चलिरहेको बेला धेरै आलोचना पनि गर्नु हुन्न । जे जति लेख्ने र बोल्ने हो, त्यो त्यही प्रतियोगितापछि हो । यति छुट तामाङलाई पनि अहिले दिनु पर्छ । उनीसामु फेरि एउटा मौका आएको छ, नेपाली महिला फुटबलका लागि पहिलो पटक उपाधि जित्ने । यो फोर नेसन्स कप जित्न नेपाल सक्षम पनि छ । यत्तिको विश्वास राख्नै पर्छ ।

प्रशिक्षक तामाङको नेतृत्वमा नेपाली टिमले उपाधि जित्यो भने त्यो ऐतिहासिक हुनेछ । उनी आफै ठूलै नायक हुनेछन् । यति भन्दा भन्दै यो पनि भन्नै पर्छ, ‘पूरा घटनाक्रमबाट तामाङले शिक्षा पनि लिनु पर्छ । उनी मात्र के र, यो त नेपालका अन्य फुटबल प्रशिक्षकका लागि पनि पाठ हो । प्रशिक्षकको एउटा ठूलै जिम्मेवारी हो, कुशलतापूर्वक मिडिया सम्हाल्ने । अब पक्कै पनि ती दिन गए, जति बेला हारको विश्लेषण गर्दै प्रशिक्षकले भन्ने गर्थे,

‘पाएको मौकालाई सदुपयोग गर्न सकेनौं ।’

‘हाम्रो रणनीति अस्ति जस्तै खेल्ने हो ।’

‘हामीले राम्रो खेल्यौं, तर पनि हार्यौं ।’

‘हाम्रा खेलाडी चल्नै सकेनन् ।’

र, यस्तै यस्तै !

बन्द प्रशिक्षणका दौरान राजेन्द्र तामाङ, तस्विरः एन्फा ।