माघ १८, २०८२ आइतबार | २१:२३:१०
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत
फुटबल
काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा माघ १८, २०८२ | खेलाडी

आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा प्लानिङलाई जित दिलाउन बवीन बोहरा, रोमन भुजेल र हेमन लिम्बूले गोल गरे ।

साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा माघ १८, २०८२ | खेलाडी

आइतबार अखिल नेपाल फुटबल संघ(एन्फा)ले पहिलो चरणको छनोटका लागि ८० खेलाडी बोलाएको हो । छानिएका खेलाडी फेब्रुअरी ८ (माघ २५ गते) सातदोबाटोस्थित एन्फा मुख्यालयमा उपस्थित हुनुपर्नेछ ।

फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम माघ १८, २०८२ | खेलाडी

पौडेलका अनुसार पोखरा रंगशालामा आयोजना हुने प्रतियोगितामा आयोजकको एक टिमसहित सहिद स्मारक ‘ए’ डिभिजन लिगका ७ सहभागी हुनेछन् । यस्तै, चार टिम विदेशी छन् ।

आर्सनलको सहज जित माघ १७, २०८२ | खेलाडी

जितपछि आर्सनलले २४ खेलबाट ५३ अंकसहित शीर्ष स्थान कब्जा गरेको छ ।

मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित माघ १७, २०८२ | खेलाडी

नेपालको जितमा सुक्रिया मिया, कप्तान विर्सना चौधरी र सजिना स्याङताङले गोल गरे । यसअघि सी सियाउटिङले ४१औं मिनेटमा युनानलाई अग्रता दिलाएकी थिइन् । ८४औं मिनेटमा सुक्रियाले बराबरी गोल फर्काएपछि खेलको रुप बदलिएको थियो ।

साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत माघ १७, २०८२ | खेलाडी

चार टोलीको सहभागिता रहेको प्रतियोगिता सिंगल राउन्ड रोविन लिगमा भइरहेको छ । यस्तोमा नेपालले बाँकीका दुई खेल जित्नैपर्ने हुन्छ ।

नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित माघ १७, २०८२ | खेलाडी

शनिबार पोखरा रंगशालामा जारी दिनको दोस्रो खेलमा दुबै टोलीले पाएका अवसरलाई सदुपयोग गर्न सकेका छैनन् ।

पट्यारलाग्दो प्रिमियर लिग माघ १७, २०८२ | खेलाडी

तर फुटबल खेलको कोणबाट चाहिँ, विशेषगरि यो सिजन भइरहेका प्रदर्शनका आधारमा भन्दा, प्रिमियर लिगले भिरेको सर्वश्रेष्ठ लिगको पगरीमाथि प्रश्न उठाउन पाइन्छ ।

पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? माघ १७, २०८२ | अनुप महर्जन

घरेलु फुटबलका सफल प्रशिक्षक सुमन श्रेष्ठको नियुक्ति सरोकारवालाबीच आश्चर्यलाग्दो विषय थियो । उनी पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै छन् । छोटो समयका बावजुद सर्वोच्च निकाय एन्फाबाट सकारात्मक कुरा आएपछि जिम्मेवारीका लागि नाइँ भन्न नसकेको श्रेष्ठले खेलाडी छनोटका क्रममा खेलाडी डटकमसँग भनेका थिए । खेलाडी फिट रहेकाले समस्या नहुने उनको तर्क थियो ।

किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? माघ १७, २०८२ | सरगत

त्यसैले विम्बका रूपमा सेरेनाको हल्ला चलेको हुनुपर्छ । अहिलेका लागि महिला विश्व टेनिसकी सबैभन्दा ठूला स्टार हुन्, आर्यना सबालेन्का ।

राष्ट्रिय लिगका चर्चित अनुहार माघ १७, २०८२ | अञ्जन खड्का

राष्ट्रिय टिमकै गोलकिपर दीप कार्की र रोहन कार्की पनि चर्च ब्वाइजबाट खेलिरहेका छन् । एरिक विष्ट पनि त्यही टोलीमा छन् । दीपले भने एक खेलबाहेक खेलेका छैनन् ।

हुँदै छन् इङ्लिस टिमहरू बलिया माघ १७, २०८२ | सरगत

न्युकासलसामु पनि अन्तिम १६ मा प्रवेशको सम्भावना कायम छ प्लेअफको माध्यमबाट । युरोपा लिगसमेत गरेर इङ्ल्यान्डका ९ टिमले युरोपमा अझै खेल्नेछन् ।

साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई माघ १६, २०८२ | खेलाडी

ढाकामा यु-१५ च्याम्पियनसिप डबल राउन्ड रोविन लिग पद्धत्ति अनुसार खेलाइएको थियो । जतिबेला नेपालले आफ्नो अन्तिम तथा निर्णायक खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गरेको थियो । नेपाललाई जितका लागि एक अंक आवश्यक थियो । त्यतिबेला पनि सुशीलाले नेपाललाई अग्रता दिलाएकी थिइन् । बंगलादेशलाई १-१ को बराबरीमा रोक्दै नेपाल च्याम्पियन बनेको थियो ।

यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम माघ १६, २०८२ | खेलाडी

अब, नयाँ नियमअनुसार नवौंदेखि २४औं स्थानसम्म रहने टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित माघ १५, २०८२ | खेलाडी

जितसँगै चर्च ब्वाइज पाँच खेलमा १० अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा उक्लियो । नव जनजागृतिको यो लगातार पाँचौं हार हो ।

साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० माघ १५, २०८२ | खेलाडी

चार टोलीको सहभागिता रहने प्रतियोगिताको अनुमानित बजेट २ करोड ४५ लाख १५ हजार २९० रुपैयाँ छ । सहभागी टोली आजै पोखरा आइपुग्ने तालिका छ ।

एनआरटीको चौथो जित, संकटालाई हरायो माघ १५, २०८२ | खेलाडी

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा एनआरटीलाई जित दिलाउन कृतिशरत्न छुन्जु र टिमोथी ओकेरेकेले गोल गरे । एक गोल एनआरटीले आत्मघाती उपहारका रुपमा प्राप्त गर्यो । एक गोलले पछाडि परेको अवस्थामा कृष्ण बहादुर आलेले संकटालाई खेलमा फर्काएका थिए ।

यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम माघ १५, २०८२ | खेलाडी

अब, ९ देखि २४ सम्म टिमले प्लेअफ खेल्नेछन् । अब, १६ टिमबाट प्लेअफ खेल्दै आठ टिम अन्तिम १६ मा प्रवेश गर्नेछन् ।

सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश माघ १५, २०८२ | खेलाडी

भ्रमणकारी टोली कोपेन्हागेनका १७ वर्षीय खेलाडी भिक्टर दादासनले चौथो मिनेटमै गोल गर्दा पहिलो हाफमा बार्सिलोना १–० ले पछि परेको थियो ।

गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो माघ १५, २०८२ | खेलाडी

पोर्चुगिज टोलीको जितमा गोलकिपर एनाटोलीसँगै एन्ड्रियास स्जेल्डरपले दुई गोल गरे ।

एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित माघ १४, २०८२ | खेलाडी

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा मच्छिन्द्रले चित्लाङ एफसीमाथि ३–१ को जित निकाल्दा एपिएफले जावलाखेल युथलाई २–१ ले हरायो । यससँगै लगातार चौथो खेलसम्म एपिएफ र मच्छिन्द्रले विजयीयात्रा कायम राख्यो ।

१५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि माघ १३, २०८२ | खेलाडी

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शेर्पाले प्रतियोगितासम्बन्धी जानकारी दिएका हुन्। उनका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य शेर्पा युवाहरूमा खेलकुदप्रतिको रुचि बढाउनु, उनीहरूको प्रतिभा उजागर गर्नु र समुदायबीच एकता मजबुत बनाउनु हो।

अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित माघ १३, २०८२ | खेलाडी

उनीहरुका अनुसार माघ २८ गतेका लागि प्रस्तावित अर्ली इलेक्सन एन्फाको सर्वोच्च निकाय– साधारणसभाले यसअघि पारित गरेको निर्णयविपरीत छ । साधारणसभाले सदस्य संस्थाहरुको निर्वाचन प्रक्रिया पूरा गरेर मात्र आगामी कार्यकालको निर्वाचन गर्न स्पष्ट म्यान्डेट दिएको उनीहरुले दाबी गरेका छन् ।

‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित माघ १३, २०८२ | खेलाडी

दोस्रो हाफमा रोमन भुजेलको दर्शनीय गोलमा प्लानिङले अग्रता लिएको थियो । ‘प्लेयर अफ दि म्याच’ उनले ६३औं मिनेटमा गोल गरेका थिए । तर, त्यो अग्रता धेरै बेर टिकेन । फोडे फोफानाले बराबरी गोल गरे ।

मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा माघ १३, २०८२ | खेलाडी

आइतबार मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले गत वर्षको अगस्टमा सम्पन्न एएफसी यु–२० एसियन कप छनोट खेलेका १९ खेलाडीलाई समेट्दै ३० सदस्यीय प्रारम्भिक टोली तयार पारेका थिए । दुई दिनपछि सात खेलाडी बाहिरिएका हुन् ।

लालिगुराँस र आर्मीले खेले बराबरी माघ १३, २०८२ | खेलाडी

दिनको दोस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेडले सातदोबाटो युवा क्लबसँग प्रतिस्पर्धा गर्दैछ । सातदोबाटोमै हुने प्रतियोगिता दिउँसो ३ बजे हुनेछ ।

ब्राजिलले भन्यो, ‘आगामी फिफा क्लब विश्वकप आयोजना गर्छाै’ माघ १३, २०८२ | खेलाडी

फिफा अध्यक्ष जियानी इन्फाटिनो ब्राजिलको रिओ डि जेनेरिओ भ्रमणमा रहँदा ब्राजिलले आफूलाई क्लब विश्वकप आयोजना गर्न दिनुपर्ने माग गरेको छन् ।

गोल भिन्नतामा चुक्दा नेपालले तेस्रो स्थानमा चित्त बुझायो माघ १२, २०८२ | खेलाडी

सोमबार प्रतियोगिताको अन्तिम दिन भुटानमाथि ४–१ को सानदार जित हासिल गरेसँगै नेपालले दोस्रो स्थानमा आफ्नो दाबेदारी प्रस्तुत गरेको थियो । तर, सिंगल राउन्ड रोविन लिग पद्धत्तिमा भएको प्रतियोगिताको अन्तिम खेलमा भारतले पाकिस्तानलाई ४–१ कै नतिजामा हराएपछि नेपालले रजत पदक गुमायो ।

पुलिसको पहिलो जित, भगवतीको दोस्रो हार माघ १२, २०८२ | खेलाडी

दिनको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले काँक्रे बिहार क्लबमाथि ५–१ को सानदार जित हासिल गर्यो । मनाङले पनि चौथो खेलमा आएर जितको खाता खोल्यो । काँक्रे बिहार भने अंकविहीन छ ।

मनाङको पहिलो जित, काँक्रे बिहारको लगातार चौथो हार माघ १२, २०८२ | खेलाडी

मनाङले चौथो खेलमा आएर अन्ततः तीन अंक हासिल गरेको हो । यसअघिका सबै खेलमा मनाङले विपक्षीलाई नतिजा सुम्पिएको थियो । अंकतालिकाको पुछारमा रहेको काँक्रे बिहारको यो लगातार चौथो हार हो ।

साफ फुटसल च्याम्पियनसिपः नेपाललाई कम्तिमा पनि तेस्रो स्थान, अन्तिम खेलमा भुटानलाई हरायो माघ १२, २०८२ | खेलाडी

नेपालका लागि पेम्बा डोर्जे लामाले दुई गोल गरे । त्यस्तै कप्तान विजयी श्रेष्ठ र उनका फिक्सो सहकर्मी सरोज तामाङले पनि स्कोरसीटमा आफ्नो नाम लेखाए ।

बार्सिलोनाले फेरी रियाललाई पार्‍याे पछि माघ १२, २०८२ | खेलाडी

यसअघि रियाल मड्रिडले भिल्लारियललाई हराउँदै शीर्ष स्थानमा उक्लिएको थियो ।

युनाइटेडसँग आर्सनल स्तब्ध माघ १२, २०८२ | खेलाडी

दोस्रो स्थानमा रहेको सिटीको ४६ अंक हुँदा आर्सनलले ५० अंक छ । एष्टन भिल्लाको पनि ४६ अंक नै छ ।

चर्च ब्वाइजले जावलाखेललाई हरायो माघ ११, २०८२ | खेलाडी

दिनको पहिलो खेलमा न्युरोड टिम (एनआरटी)ले फ्रेन्ड्स क्लबमाथि १–० को संघर्षपूर्ण जित हासिल गर्यो । दोस्रो खेलमा नेपाल एपिएफ क्लबले संकटा क्लबलाई २–१ ले हरायो ।

नेपाललाई चौथो स्थान, दोस्रो हुनबाट चुक्यो भुटान माघ ११, २०८२ | खेलाडी

यो नतिजासँगै भारत उपविजेता बन्यो । भुटानलाई एक अंकले पछाडि पारेको भारतले कूल १२ अंक जोड्यो । तीन जित, एक बराबरी र दुई हारसहित नेपालले १० अंक जोड्यो । पाँच जित र एक बराबरीका साथ १६ अंक जोड्दै बंगलादेश च्याम्पियन बन्यो ।

एपिएफको अपराजित यात्रा कायमै, एनआरटीको लगातार जित माघ ११, २०८२ | खेलाडी

एपिएफले आइतबार संकटा क्लबसँग २-१ को विजयी हासिल गरेसँगै आफ्नो अपराजित यात्रालाई कायमै राख्यो । त्रिपुरेशवरस्थित दशरथ रंगशालामा एपिएफका लागि प्रदीप लामा र युवराज खत्रीले ‘स्कोरसीट’मा आफ्नो नाम लेखाए । निर्धारित समय सकिन ९ मिनेट बाँकी छँदा गणेश हमालले संकटाका लागि गोल फर्काएका थिए । तर, उक्त गोल सान्त्वना मात्र बन्न पुग्यो ।

मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको प्रारम्भिक टोली घोषणा माघ ११, २०८२ | खेलाडी

मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले गत वर्षको अगस्टमा सम्पन्न एएफसी यु-२० एसियन कप छनोट खेलेका १९ खेलाडीलाई समेट्दै ३० सदस्यीय प्रारम्भिक टोली तयार पारेका हुन् ।

गुरुङलाई राष्ट्रिय यु–२० महिला टोलीको जिम्मेवारी माघ ११, २०८२ | खेलाडी

त्यस्तै एन्फाले सहायक प्रशिक्षकमा सन्देश कुमार श्रेष्ठ, गोलकिपर प्रशिक्षकमा सञ्जीव जोशी र टिम व्यवस्थापकमा दीपा क्षेत्रीलाई नियुक्त गरेको छ ।

बंगलादेशलाई साफ महिला फुटसल च्याम्पियनसिपको उपाधि माघ ११, २०८२ | खेलाडी

बंगलादेश च्याम्पियन बनेसँगै भुटान र भारतले अब दोस्रो स्थानका लागि दाबेदारी प्रस्तुत गर्नेछन् । अन्तिम खेलमा भारतलाई श्रीलंकाविरुद्ध जितबाहेक विकल्प छैन । नेपालसँग एक अंक मात्र बटुल्न सके भुटान उपविजेता बन्नेछ ।

रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित माघ ११, २०८२ | खेलाडी

सिटी दुई खेलपछि लयमा फर्किएको छ । पछिल्लो खेलमा युनाइटेडसँग २–० ले पराजित भएको सिटी त्यसअघि च्याम्पियन्स लिगमा पनि पराजित भएको थियो ।

बुन्डेसलिगामा बायर्नको पहिलो हार माघ ११, २०८२ | खेलाडी

बाँकी समय ह्यारी केन, लुइस डिआज लगायतका खेलाडी गोल गर्न नसक्दा बायर्न पहिलो हारको सिकार बनेको थियो ।

एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी माघ १०, २०८२ | खेलाडी

दिनको दोस्रो खेलमा विभागीय टोली आर्मीले चित्लाङ एफसीमाथि ५–१ को पुनरागमन जित हसिल गर्यो । यो खेल पनि दशरथ रंगशालामै भएको थियो ।

माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि माघ १०, २०८२ | खेलाडी

शनिबार बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा भुटानमाथि ३–१ को विजयी हासिल गरेसँगै माल्दिभ्सले एक खेलअगावै उपाधि जितेको हो ।

विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो माघ १०, २०८२ | खेलाडी

खेलको सुरुआती समयदेखि विक्रान्त केन्द्रविन्दुमा रहे । पहिलो गोल लाक्पाले गरेका थिए । विक्रान्तको पासमा लाक्पाको लेफ्ट फुटेड प्रहारले दोस्रो बारको टप कर्नर जाली चुमेको थियो । लाक्पाले काजी इब्राहिम अहमदसँग बल खोसेपछि ‘कम्बिनेसन प्ले’ सम्भव भएको थियो ।

निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? माघ १०, २०८२ | खेलाडी

यही माघ ४ गतेबाट निर्वाचन आचार संहिता लागु भइसकेका कारण प्रतिनिधिसभाको निर्वाचनमा अशर पर्ने भएकाले कुनै पनि संघसंस्थाले भेला तथा साधारणसभाका कार्यक्रम गर्न पाउँदैनन् ।

रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्नन् ? माघ १०, २०८२ | खेलाडी

जर्मनीका ५८ वर्षीय प्रशिक्षकले सन् २०२४ मा लिभरपुल छोड्दा व्यवस्थापनको अत्यधिक दबाबपूर्ण भूमिकाका लागि ऊर्जा र भोक गुमाएको बताएका थिए । उनले बारम्बार क्लब प्रशिक्षणमा फर्कने सम्भावना अस्वीकार गरिरहेका छन् ।

फुटबलै नरहे के को एन्फा ? माघ १०, २०८२ | अजय फुयाल

नेपाली फुटबल अहिले निकै जटिल मोडमा छ । फुटबललाई सुधार्ने समर्थकको प्रयास एकातिर निरन्तर रहँदा प्रशासनको रबैया पनि निरन्तर छ । कुलतहरूबाट मुक्त हुने कुनै संकेत छैन ।

युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व माघ १०, २०८२ | सरगत

फुटबलप्रेमीको नजरले हेर्ने हो भने खुबै रोमाञ्चक रात रहनेछ । यसले तीन प्रश्नको उत्तर दिनेछ । पहिलो प्रश्न हो, शीर्ष आठमा रहने टिम कुन–कुन हुनेछ ?

लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार माघ ९, २०८२ | खेलाडी

वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका जीवन गुरुङले आफ्नो नाममा ‘असिस्ट’ लेखाए । उनको लोफ्टेड पासलाई आशिषले सदुपयोग गरे । दुई विपक्षी रक्षकको बीचबाट बल लगे । अनि लेफ्ट फुटबाट बललाई पहिलो बारको जाली चुमाए ।

भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी माघ ९, २०८२ | खेलाडी

हाल भुटान ११ अंकका साथ दोस्रो स्थानमा छ । बंगलादेशले १३ अंक जोडेको छ । सात टोलीको सहभागिता रहेको प्रतियोगितामा दुबैले एक खेल खेल्न बाँकी छ । प्रतियोगिता सिंगल राउन्ड रोविन लिग पद्धत्तिमा भइरहेको छ । शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्ने सेट-अप छ ।