चैत्र १०, २०८२ मंगलबार | १८:१३:१४
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को विवादास्पद ‘अर्ली इलेक्सन’ को विषयमा राष्ट्रिय खेलकुद परिषद (राखेप)ले काटेको २४ घण्टे स्पष्टीकरण अलपत्र परेको छ ।

नेपाली खेलकुदका दुई प्रभावशाली निकायबीच पछिल्लो केही दिनयता चल्दै आएको पत्रको चुहारीबीच पछिल्लो पटक राखेपले मंगलबार बिहान एन्फालाई एउटा स्पष्टीकरण पत्र काटेको थियो ।

तर राखेपबाट स्पष्टीकरण आउने विषयमा पहिल्यै सुइको पाइसकेको एन्फाले आजै बिहान सूचना जारी गरि चैत १३ गते शुक्रबारका लागि झापामा गर्ने भनिएको ‘चुनावको तयारीका लागि भन्दै’ सचिवालय बन्द गरिसकेको थियो ।

निर्वाचन स्थगित गर्न नसकिने भन्दै एन्फाले आइतबार राखेपलाई  पत्राचार गरेपछि राखेपले मंगलबार २४ घण्टे स्पष्टीकरण काटेको थियो ।

राखेपले यसअघि चैत ५ गते बिहीबार चैत १३ लाई तय गरिएको चुनाव स्थगित गरि लिखित जानकारी गराउन काटेको पत्रको जवाफस्वरुप एन्फाले आइतबार फिफा र एएफसीको निर्देशन, एन्फाको विधान तथा पाटन उच्च अदालतको आदेशलगायतका कारण चुनाव रोक्नु नपर्ने भन्दै चुनावमा सहयोग गर्ने आह्वानसहित राखेपमा पत्राचार गरेको थियो ।

एन्फाको पत्र पछि राखेपले सोमबार नेपाली फुटबल प्रशासनका विज्ञहरु तथा एन्फाका पदाधिकारीसँग फरक समयमा छलफल गरेको थियो । सोमबारका शृंखलाबद्ध छलफलपछि राखेपले मंगलबार बिहान यस्तो स्पष्टीकरण पत्र काटेको थियो ।

तर राखेपको पत्र लिएर सातदोबाटो पुगेका कर्मचारी कान्छा पौडेलसँग पत्र बुझ्न एन्फामा कोही पनि आधिकारिक व्यक्ति उपलब्ध भएनन् ।

एन्फाका सबैजसो पदाधिकारी तथा जिम्मेवार कर्मचारी चुनावका लागि झापा गइसकेको भन्दै मुख्यालयमा उपस्थित सुरक्षा लगायतका अन्य कर्मचारीले राखेपको स्पष्टीकरण पत्र बुझ्न अस्विकार गरेका थिए ।

मुख्य पदाधिकारी र धेरै कर्मचारीहरु झापातिर लागे पनि मंगलबार दिउसो अबेरसम्म एन्फाको आर्थिक र स्टोरलगायतका शाखामा निक्कै सक्रियताका साथ काम भइरहेको एक कर्मचारीले बताए । उनले भने, ‘राखेपबाट एकजना पत्र लिएर आउनुभएको थियो । हामीले लिनै नमिल्ने त होइन । तर दर्ता गर्ने लगायतका प्रक्रियाका लागि हामी आधिकारिक मानिस होइन । त्यही भएर पत्र लिएनौंं ।’

राखेपको पत्र लिन अस्विकार गरेपछि एन्फामा बाँकी रहेका कर्मचारीहरु पनि पछाडिको बाटो गरेर त्यहाँबाट बाहिरिएको बताइएको छ ।

एन्फाको मुख्य द्धारमा सहिद स्मारक लिगसम्बन्धि विवादलाई लिएर क्लबका पदाधिकारीहरु पछिल्लो ९ दिनदेखि धर्नामा छन् ।

एन्फाले औपचारिक रुपमा पत्र नबुझेपछि राखेपले त्यसलाई टाँस गराउने प्रक्रियामाथि विचार गरिरहेको बताइएको छ ।

आगामी असार ५ गतेसम्म कार्यकाल रहे पनि एन्फा नेतृत्वले पाँच महिना अगाडि नै माघ २८ मा ‘अर्ली इलेक्सन’ गर्ने तयारी गरेको थियो । एन्फा नेतृत्वले जिल्ला फुटबल संघमा नयाँ चुनाव नगरि चार वर्षअघिकै जिल्ला प्रतिनिधिलाई मताधिकार दिएर थप चार वर्षका लागि केन्द्रमा अनुमोदित हुने रणनीति लिएको थियो ।

त्यसको विरोधमा सरोकारवालाहरुले पहिला जिल्लाको चुनाव गरेर प्रतिनिधि छान्नुपर्ने, त्यसपछि मात्र केन्द्रको चुनाव हुनुपर्ने भन्दै राखेप, युवा तथा खेलकुद मन्त्रालय, फिफा र एएफसी तथा अदालतमा मुद्धा दायर गरेका थिए ।

सरोकारवालाको मुद्धामा पाटन उच्च अदालतले पुष २८ गते स्टे अर्डर जारी गरेर चुनावी प्रक्रिया तत्काल रोक्न आदेश दिएको थियो । तर एन्फाले माघ ३ को समयसिमामा उम्मेदवारी दर्तासम्मको सबै प्रक्रिया सकेर माघ ६ गते निर्वाचनका सबै प्रक्रिया स्थगित गरेको सूचना जारी गरेको थियो ।

अदालतले माघ २७ गते चुनाव स्थगनका लागि जारी गरेको स्टे अर्डर खारेज गरेपछि एन्फाले चुनावको परिमार्जित कार्यतालिका बनाएर फागुन १ बाट प्रक्रिया पुन सुरु गरेको थियो । नयाँ कार्यतालिकाअनुसार माघ २७ को लागि नयाँ मिति तय गरेको थियो ।

फागुन २१ गते आम निर्वाचनको तयारीमा रहेको निर्वाचन आयोगले एन्फालाई तत्काल चुनाव नगर्न निर्देशन दियो । जसले फेरि एन्फाको चुनाव स्थगित भयो ।

आम चुनाव सकिएर नतिजा आइनपुग्दै एन्फाले फेरि त्यसलाई नयाँ मिति तय गर्दै चैत १३ गतेलाई चुनाव राख्यो । त्यसको विरुद्ध पनि अदालतमा थप नयाँ मुद्धा परेका छन् । उपाध्यक्ष विराटजंग शाहीलगायतले अदालतको आदेशका कारण आफ्नो उम्मेदवारी दिने अधिकार हनन भएको भन्दै त्यही अदालतमा मुद्धा दायर गरेका छन् ।

राखेप भने सुरुदेखि नै ‘अर्ली इलेक्सन’को प्रक्रियासँग सहमत थिएन । राखेपले सुरुमै एन्फालाई जिल्लादेखि तहगत निर्वाचन गरेर मात्र केन्द्रको चुनाव गर्न निर्देशन दिएको थियो ।

तर एन्फाले त्यसको अटेर गर्ने क्रममा पटकपटकका पत्रलाई समेत बेवास्था गर्दै चैत १३ मा चुनाव गर्न खोजेपछि राखेपले बिहीबार एन्फालाई चुनाव स्थगित गरेर जानकारी गराउन तीन दिने अल्टिमेटम दिएको थियो । त्यो पनि नमानेपछि काटिएको स्पष्टीकरण पत्र समेत नबुझेर एन्फाले राखेपको पत्रलाई अलपत्र पारिदिएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो