माघ १९, २०८१ शनिबार | ०४:४६:५१
प्रशिक्षक तामाङले कायम राख्न नसकेको वचन 'घाँस काट्ने दाउरा बोक्ने जस्ता काम गरेर हामी यहाँसम्म आइपुगेका हौं' हार्न नजानेको एपिएफ खेलाडी डटकमः हप्ताका ७ फोटो ओपन च्यालेन्ज फिल्म कप अर्को साता काठमाडौंलाई हराउँदै जनकपुर नेपाल कबड्डी लिगको च्याम्पियन एनओसीमा पुलिस, साग तयारीको बैठक प्रभावित क्रिकेट एक्सिलेन्स र न्यु भिजनको जित भारतीय टोलीविरुद्ध पुनरागमन जित निकाल्दै गण्डकी दोस्रो क्वालिफायरमा थाइल्यान्डको विजयी सुरुआत प्रशिक्षक तामाङले कायम राख्न नसकेको वचन 'घाँस काट्ने दाउरा बोक्ने जस्ता काम गरेर हामी यहाँसम्म आइपुगेका हौं' हार्न नजानेको एपिएफ खेलाडी डटकमः हप्ताका ७ फोटो ओपन च्यालेन्ज फिल्म कप अर्को साता काठमाडौंलाई हराउँदै जनकपुर नेपाल कबड्डी लिगको च्याम्पियन एनओसीमा पुलिस, साग तयारीको बैठक प्रभावित क्रिकेट एक्सिलेन्स र न्यु भिजनको जित भारतीय टोलीविरुद्ध पुनरागमन जित निकाल्दै गण्डकी दोस्रो क्वालिफायरमा थाइल्यान्डको विजयी सुरुआत
शनिबारको दिन

'घाँस काट्ने दाउरा बोक्ने जस्ता काम गरेर हामी यहाँसम्म आइपुगेका हौं'

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबलकी पूर्व कप्तान अनु लामालाई अब खेल मैदानमा देख्न नपाइने भएको छ । विभागीय टोली एपिएफ क्लबलाई लगातार चौथो पटक राष्ट्रिय महिला लिगको उपाधि जिताएसँगै अनुले आफ्नो फुटबल बुटलाई सँधैका लागि थन्क्याएकी छिन् । नेपाली राष्ट्रिय फुटबल टोलीका लागि अन्तर्राष्ट्रिय फुटबलमा ३५ गोल गरेकी अनु साफ च्याम्पियनसिपमा नेपालका लागि सबभन्दा धेरै गोल गर्ने खेलाडी हुन् ।

अनुको करियरमा अन्तिम बनेको विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिसविरुद्धको खेलको अन्तिम टचमा गोल गर्दै उनले मैदानबाट स्वर्णीम बिदाई लिएकी थिइन । नेपाली महिला फुटबलकी ‘ट्रयू लेजेन्ड’ अनुले खेलाडी डटकमसँग खेलाडी टक्समा आफ्नो करिअरका उतावचढाव, प्राप्त सफलता, उनका अनुभव र नेपाली महिला फुटबलबारे आफ्ना भावना साटेकी थिइन । त्यही कुराकानीको सम्पादित अंशः

तपाईंलाई एपिएफले लिग जितेकोमा बधाई दिउँ कि संन्यास लिएकोमा दुःख व्यक्त गरौं ?

मेरो लागि दुवै कुरा लागु हुन्छ । एकहिसाबले उपाधि जितेकोमा खुसी पनि छु, मैदानबाट टाढिनु पर्दा दुःख पनि लागिरहेको छ । जीवनमा सुख र दुःख दुवै आत्मसात गर्नुपर्छ । एक न एकदिन फुटबलबाट संन्यास लिनै पर्ने हुन्छ । मैले यो कठिन मोडलाई स्विकार गर्नुपर्छ ।

तपाईंको अबको योजना के हो ?

एपिएफ क्लबमा प्रशिक्षकका रुपमा काम गर्ने योजना बनाएको छु । एपिएफसँगै राष्ट्रिय टोलीमा पनि कुनै दिन प्रशिक्षक भएर आउन मन छ ।

फुटबल प्रशासनमा आउन मन छैन ?

मैले पहिल्यै देखि खेल्नेमै ध्यान केन्द्रित गरेँ । अहिले फुटबल खेल्न थालेको २१ वर्ष भइसक्यो । एन्फा प्रशासनमा जान पर्याप्त ज्ञान आवश्यक छ । त्यही भएर यसमा ध्यान नै गएन । मैले आफ्नो करिअरमा जति सिकेँ, त्यो भावी पुश्तामा बाँड्न चाहन्छु । त्यसैले एन्फा प्रशासनभन्दा प्रशिक्षण करिअरतिर ध्यान दिइरहेको छु ।

राष्ट्रिय महिला लिगमा पुलिसविरुद्ध प्रतिस्पर्धा गर्दै अनु लामा (१० नम्बर जर्सी), तस्विर सरोज सापकोटा/खेलाडी ।

नेपाली फुटबलमा तपाईंकी उत्तराधिकारीकी रुपमा स्थापित गोल मेसिन सावित्रा भण्डारी र अन्जिला तुम्बाप्पो सुब्बा यसपाली लिगमा हुनुभएन । उहाँहरूलाई कति मिस गर्नुभयो ?

सावित्रालाई त सँधै मिस गरिरहेको हुन्छु । सावित्रासँग ४ वर्ष मैले राष्ट्रिय टोलीमा बिताएँ । एपिएफमा पनि सँगै स्ट्राइकिङ पार्टनर भएर खेलेँ । दबाबकाबीच पनि टोलीका लागि जहिल्यै गोलहरू गरिरहेको हुन्छिन् । तर, यसापलि उनको ठाउँमा खेलेकी रश्मीकुमारी घिसिंङले उत्कृष्ट प्रदर्शन गरिन् । रश्मीले सावित्राको कमी महसुस हुन दिइनन् । अन्जिलाले सधै पहिलो रोजाईमा रहेर हाम्रो पोस्ट सम्हालिरहेकी थिइन् । अन्जिला नहुँदा हामीलाई डर लागेको थियो । तर, जुनियर बहिनी सावित्री किसनले आफ्नो जिम्मेवारी राम्ररी निर्वाह गरिन् ।

पूराना दिन सम्झौं न, कसरी सुरु गर्नुभयो फुटबल ?

म मकवानपुरमा जन्मेको हुँ । दुई वर्षको हुँदा म सिन्धुली मामाघर गएँ । सिन्धुलीमा ५-६ वर्ष बिताएँ । त्यसपछि हामी परिवारसहित मकवानपुरबाट रौतहट बसाई सर्यौँ । सुरुमा केटाहरुसँग फुटबल खेल्न थालेँ । खाली खुट्टा नै खेल्थेँ । सात कक्षा पुग्दा स्वर्गीय शेरबाहादुर दर्लामी गुरुबाट फुटबल प्रशिक्षण लिन सुरु गरेँ । दुई वर्ष प्रशिक्षण लिए । यसबीच मैले दुई पटक विद्यालय स्तरीय खेल खेलेँ । जिल्लास्तरीय खेल पनि खेलेँ । २०६२/६३ मा एपिएफमा आबद्ध भएँ । त्यतिबेला मसँगै ८-९ जना खेलाडी एपिएफमा आबद्ध भएका थिए ।

केटाहरूसँग फुटबल खेल्दा घरमा गाली खानुभएन ?

गाली त खाइयो नि । आफ्नो परिवारले भन्दा छरछिमेकी इष्टमित्रबाट धेरै अपहेलना झेलेँ । बुवाले सुरुआती वर्षहरुमा नखेल नै भन्नु हुन्थ्यो । पछि काठमाडौंमा खेल्न आएपछि उहाँले मेरो नाम पत्रिकामा पाउनुभएछ । त्यसपछि अरुले जेसुकै भनोस् तँ खेल छोरी भनेर भन्नुभयो । आमाले भने पहिले देखि साथ दिनुहुन्थ्यो ।

सुरुआती दिनमा तपाईंको कुरा काट्ने छिमेकीले पछि अनु लामा नेपाली फुटबलकै स्टार भइरहँदा गर्ने व्यवहार कस्तो हुन्थ्यो ?

राष्ट्रिय टोलीमा खेल्न थालेपछि सबैबाट माया पाएँ । तिमीले हाम्रो नाम राख्यौ भनेर स्याबासी दिन थाले ।

अहिलेका खेलाडी र तपाईंको पुश्ताले गरेका संघर्षमा के कस्ता फरक पाउनुभएको छ ?

अहिले बहिनीहरुलाई सजिलो छ । पहिले छोरी मान्छेलाई एकदमै गाह्रो हुन्थ्यो । घाँस काट्ने दाउरा बोक्ने जस्ता काम गरेर हामी यहाँसम्म आइपुगेका हौं । समाजबाट अपहेलना सहनुपथ्र्यो । अहिले त्यो अवस्था छैन । अभिभावकले आफैं छोरीहरूलाई फुटबल प्रशिक्षणमा लानु हुन्छ ।

एन्फाले २०२७ र २०३१ को फिफा महिला विश्वकपमा छनोट हुने योजना बनाएको छ । के लाग्छ, सम्भव छ यो कुरा ?

असम्भव भन्ने कुरा केही छैन । एन्फाले ठूलो सपना देखेको छ । सपना देख्नु राम्रो हो । तर ठूलो सपना देखेपछि तयारी पनि ठूलै हुनुपर्छ । अब २०२७ का लागि २ वर्षमात्र बाँकी छ । २०३१ का लागि पनि ७ वर्षमात्र बाँकी छ । यो समय भनेको निक्कै कम हो । त्यसैले एन्फाले तत्कालै उपयुक्त योजना बनाएर आवश्यक तयारी थाल्नुपर्छ । खेलाडी उत्पादनका लागि एकेडेमी, विभिन्न उमेर समूहमा लिग र नकआउट प्रतियोगिता गर्नुपर्छ । महिला खेलाडीलाई पनि खेलेर बाच्न सकिने वातावरण बनाउनुपर्छ । पर्याप्त मात्रामा अन्तर्राष्ट्रिय म्याच एक्सपोजरका लागि लगानी गर्नुपर्छ । लगानी अनुसारकै प्रतिफल आउने हो । अहिलेकै पाराले चाँही सम्भव छैन ।