चैत्र १८, २०८२ बुधबार | ०९:००:३६
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

जापानले इङ्ल्यान्डलाई हरायो

काठमाडौं । फिफा विश्वकप २०२६ अघि खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली महारथी जापानले युरोपेली महारथी इङ्ल्यान्डलाई हराएको छ ।

मंगलबार राति लन्डनस्थित वेम्बली रंगशालामा जापान १–० ले विजयी भएको हो । जापानको जितमा काओरु मिटोमाले गरेको गोल नै निर्णायक बन्यो ।  ब्राइटनबाट खेलिरहेका उनले खेलको २३औं मिनेटमा काइटो नाकामुराको पास सदुपयोग गरेका थिए ।

यो गोलपछि इङ्ल्यान्डका गोलकिपर जार्डन पिकफोर्डले सन् २०२४ देखि जारी राखेको ‘क्लिन सिट’ तोडिएको छ ।

बाँकी समय दुबै टोलीले गोलको अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । यो खेलमा घाइते भएका कप्तान ह्यारी केन भने उपलब्ध भएका थिएनन् ।

यही खेलपछि प्रशिक्षक थोमस टुचेलले इङ्ल्यान्डको विश्वकप टिम नाम पक्का गर्नेछन् । उनले मेमा विश्वकपको लागि अन्तिम नाम सार्वजनिक गर्नेछन् ।

यता, जापानले अघिल्लो साता मात्रै स्कटल्यान्डलाई हराएको थियो । समूह एफमा रहेको जापानले विश्वकपमा नेदरल्यान्ड्स, स्विडेन र टुनिसियासँग प्रतिस्पर्धा गर्नेछ ।

इङ्ल्यान्ड रहेको समूह एलमा  क्रोएसिया, घाना र पानामा रहेका छन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो