चैत्र १८, २०८२ बुधबार | ०७:१३:१७
इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट

बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

काठमाडौं । दुई वर्षअघि साफ यु-२० च्याम्पियनपिमा भोगेको हार सम्झिँदा अझै उर्जन श्रेष्ठको मन बिज्छ । श्रेष्ठको मनमा आज सम्म पनि उपाधि चुम्ने अवसर गुमाएको पीडा छ । भन्छन्, ‘जुन टिमलाई हामीले समूह चरणमा हरायौं । त्यही टिमलाई हामीले उपाधि सुुम्पियौं ।’

दुई वर्षअघि नेपालले माथिल्लो उमेर समूहको साफ च्याम्पियनसिपमा चौथोपटक दक्षिण एसियाका राष्ट्रहरुको आतिथ्यता गरेको थियो । समीर तामाङ, निराजन धामी, कुशल देउवा, जियारथ सेख, राम थापालगायत खेलाडीसम्मिलित नेपाली टिम प्रतियोगिताकै बलियो टोलीमध्ये एक थियो । त्यसमाथि घरेलु समर्थकको साथले नेपाल उपाधिको प्रबल दाबेदार थियो । तर, फाइनलमा नेपाल बंगलादेशसँग ४–१ ले स्तब्ध बन्यो ।

त्यो जित बंगलादेशका लागि ऐतिहासिक रह्यो । किनभने माथिल्लो उमेर समूहमा बंगलादेश पहिलोपटक च्याम्पियन बन्यो । त्यस्तै नेपालविरुद्ध पनि टोलीको ‘पहिलो जित थियो त्यो । फुटबलभन्दा पर, जितले गहिलो राष्ट्रिय गर्व पनि बोकेको थियो । जतिबेला बंगलादेशका जनताले खुसी हुने बहाना पाएका थिए ।

देशको राजनीतिक तनावकै बीच टोली ललितपुर आएका थिए । राजनीतिक अस्थिरता र विद्यार्थी आन्दोलनबीच देशको दयनीय अवस्थाका बावजुद बंगलादेशले फाइनलको यात्रा तय गर्नु आफैँमा उदाहरण थियो । फाइनलपछि त बंगलादेशी टोलीले छुट्टै सम्मान कमायो ।

समूह चरणमा नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो । यो कुराले पनि नेपालको उपाधि अभियानमा बल दिएको थियो । तर, कथाले सोचेको जस्तो अन्त्य पाएन ।

‘फाइनल त पुर्याएकै हो नि । तर, उपाधि भने दिलाउन सकिँन । फाइनल हार्नुका विभिन्न कारणहरु थिए । मुख्यतः हामीले स–साना गल्तीहरु गर्यौं,’ श्रेष्ठ सुनाउँछन्, ‘फाइनलमा जुनियर खेलाडीहरुको एक्साइटमेन्ट धेरै हुने गर्छ । आफै गोल हान्छु भन्ने हुन्छ । जसले टिमवर्कमा असर गर्यो ।’

एक वर्षपछि अर्थात् गत संस्करण भारतमा भएको साफ यु-१९ च्याम्पियनसिपमा यी दुईबीचको भेट सेमिफाइनलमा भयो । जतिबेला नेपालको टचलाइन श्रेष्ठले नै सम्हालेका थिए । नेपाललाई बदलाको अवसर थियो । तर, यसपाली पनि नतिजा २–१ ले बंगलादेशको पक्षमा गयो ।

बुधबार श्रेष्ठलाई बदला लिने अर्को अवसर हुनेछ । माल्दिभ्समा जारी साफ यु-२० च्याम्पियनसिपमा आज नेपालले फाइनल प्रवेशका लागि बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो ४ः३० बजे हुनेछ ।

नेपालले समूह चरणमा शतप्रतिशत जित निकालेर सेमिफाइनलको यात्रा गरेको हो । जसले प्रशिक्षक श्रेष्ठलाई बंगलादेशविरुद्ध आफ्नो ‘रिडेम्पसन’का लागि थप प्रेरित गरेको हुनुपर्छ । उता समूह ‘बी’को उपविजेता बंगलादेशले भारतविरुद्ध १-१ को बराबरी खेलेको थियो । समूह उपविजेतको हैसियतले बंगलादेशले नेपाललाई प्रतिद्धन्द्धी पाएको हो ।

गत संस्करण भारतमा बंगलादेशका लागि रक्षक आशिकुर रहमान र मिडफिल्डर नजमुल हुदा फैजलले गोल गरेका थिए । नेपालका लागि सुजन डंगोलले सान्त्वना गोल फर्काएका थिए । यी खेलाडी यसपाली पनि आ-आफ्ना टोलीका प्रमुख खेलाडी हुन् ।

सुजनले यसपाली प्रतियोगिताकै पहिलो गोल गरेका थिए । जतिबेला नेपालले भुटानमाथि २-१ को संघर्षपूर्ण जित हासिल गरेको थियो । त्यसपछिका दुई खेलमा भने उनले स्कोरसीटमा आफ्नो नाम लेखाउन सकेका छैनन् ।

बंगलादेशका लागि स्ट्राइकर रोनान सुलिभान सेमिफाइनलका हेर्नलायक खेलाडी हुन् । उनले पाकिस्तानविरुद्धको पहिलो खेलमा सनसनीपूर्ण फ्रिकिकसँगै सुन्दर हेडर गोल गरेका थिए । अन्तर्रााष्ट्रिय अनुभव भएका नेपालका वाइड अट्याकिङ मिडफिल्डर/विंगर सुवास वम बंगलादेशका लागि ‘थ्रेट’ बन्न सक्छ । पहिलो दुई खेलमा ‘प्लेयर अफ दि म्याच’ जितेका सुवासले पनि दुई गोल गरिसकेका छन् ।

नेपाल र बंगलादेशको समग्रमा यो सातौं भेट हो । सन् २०२४ अघि यी दुई तीन पटक आमने–सामने भएका थिए । सन् २०१५ मा घरेलु भूमिमा भएको पहिलो संस्करणमा र २०१७ मा थिम्पुमा सम्पन्न दोस्रो संस्करणमा नेपाल समान २–१ गोल अन्तरले विजयी भएको थियो । त्यसपछि यी दुईको भेट २०२२ मा भुवनेश्वरमा भयो । जतिबेला नेपालले बंगलादेशलाई १-१ को नतिजामा रोकेको थियो ।

बुधबार कागजमा बलियो बंगलादेशसँग नेपालभन्दा बढी ‘मनोवैज्ञानिक लाभ’ हुनेछ । जुन नेपालका लागि ‘थ्रेट’ बन्न सक्छ । पछिल्ला दुई भेटमा भोगेका हारले नेपाली टिमलाई पक्कै सिकाएको छ । यिनै सिकेका कुरालाई मैदानमा प्रयोग गर्नेमा प्रशिक्षक विश्वस्त छन् ।

माल्दिभ्स प्रस्थान गर्नुअघि श्रेष्ठले भनेका थिए, ‘यसपाली हामीले खेल्ने सिस्टम पनि परिवर्तन गरेका छौं । टिम वर्कमा काम गरेका छौं । स–साना गल्तीहरु नदोहोर्याउन भनेर टिम बिल्डिङ र मोटिभेस्नल कक्षाहरु सञ्चालन गरेका छौं । यसपाली चुक्नेछैनौ.।’
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो