नेपालले आफ्नो समूहमा तुर्किमिनिस्तान र थाइल्यान्डलाई हराए अर्को वर्ष चीनमा हुने एसियन कपमा स्थान बनाउने छ । छनोटको औपचारिकता यही हो । तर, नेपाली फुटबलको चाहना भनेको यी किशोरीहरुलाई भोलि गएर एउटा परिपक्व खेलाडी बनाउने हो । भोलि यिनै कलिला नानीहरुले राष्ट्रिय टोली सम्हाल्नुपर्छ । यो प्रतियोगिता त्यही यात्राको एउटा पढाव हो ।
१६ वर्ष लामो अन्तर्राष्ट्रिय करियरमा अथक मेहनतका साथ एउटा स्वर्णीम इतिहास लेखिरहँदा रोहितले घरेलु समर्थक र घरेलु समर्थकले रोहितलाई मिस गर्ने परिस्थिती बन्यो । प्रतिभा, क्षमता, मेहनत, प्रतिबद्धता र लगाबले यहाँसम्म आइपुगेको सुनौलो करियरमा घरेलु समर्थकसँग यो खुसी साट्ने भाग्य रोहितको भागमा परेन ।
भियतनाम भ्रमणका लागि नेपाली टोलीले दुई साता बन्द प्रशिक्षणमा रहेर तयारी गर्यो । मुख्य प्रशिक्षक रसले गत सेप्टेम्बर २३ मा ३३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । १२ दिनको प्रारम्भिक छनोटपछि १० खेलाडीलाई बाहिर राख्दै रसले शनिबार अन्तिम टोली घोषणा गरेका थिए ।
नेपालीहरू सम्पूर्ण कार्यहरूलाई ‘ब्रेक’ लगाउँदै दशैं मनाउन आ-आफ्नो घर फर्कने चलन छ । फूलपाती मुखैमा आइपुग्दा उपत्यकामा मानिसको लर्को स्वाट्तै घटेको छ । नेपालीहरू अब ५ दिनसम्म सरकारले दशैंका लागि भनेर छुट्याएको बिदामा रमाउँदै छन् ।
आन्दोलनले देशका विभिन्न क्षेत्रमा असर पुर्याएको छ । नेपाली खेलकुद क्षेत्र पनि यसबाट अछुतो रहन सकेन । आन्दोलन चर्किंदै गर्दा देशमा भलिबल र फुटबलका गतिविधिहरूलाई असर परेको थियो ।
जिल्ला, प्रदेश हुँदै केन्द्रीय छनोटबाट सिंहको प्रशिक्षण टोलीले साफ च्याम्पियनसिपका लागि अन्तिम २३ सदस्यीय टोली तयार पारेको थियो ।
प्रतियोगिताको पूर्वसन्ध्यामा मुख्य प्रशिक्षक नवीन न्यौपानेले सिनियर टोलीसँग मैत्रीपूर्ण खेलले खेलाडीको कमीकमजोरी औंल्याउन सहज भएको प्रतिक्रिया दिएका थिए ।
कमजोर मानसिकता र गोल खाएपछि मनोबल घटाउने नेपाली टोलीको पुरानो बानी भन्ने गरिन्छ । मुख्य प्रशिक्षक श्रेष्ठका अनुसार हारको अर्को आधार यो पनि थियो ।
आइतबार सहभागी चार टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्दा भारत स्पष्ट ९ अंकका साथ शीर्ष स्थानमा छ । लगातार दोस्रो संस्करण च्याम्पियन बन्ने लक्ष्यका साथ थिम्पु आएको बंगलादेश भारतलाई पछ्याइरहेको छ । नेपाल तेस्रो स्थानमा छ ।
खेलाडीलाई फेसबुकका ‘कमेन्ट’ नपढ्न सुझाव दिइरहेका श्रेष्ठ आफू भने नेपाली समर्थकको आक्रोशबाट टाढा रहन सकेनन् । खेलाडीको भन्दा उनको मन धेरै रोएको थियो । तर, उनी खेलाडीका अभिभावक थिए, हुन् । अभिभावकत्व बिर्सेनन् ।
व्यवहारिक कुरालाई बिर्सने हो भने पनि भुटान नेपालभन्दा कमजोर टोली भने पक्कै होइन । यी दुई आठ महिनापछि फेरि एकपटक आमने–सामने हुँदैछन् । पछिल्लो भेटमा नेपालले भुटानविरुद्ध लज्जास्पद हार बेहोरेको थियो । नेपालले दशरथ रंगशालामा भुटानको यु-१६ टोलीलाई आतिथ्य गरेको थियो । जतिबेला नेपालको पोस्टमा भुटानले पाँच गोल गर्यो । जवाफमा नेपालले एक गोल मात्र फर्काउन सकेको थियो ।
सबै विधाका महत्व छुट्टै छ । सबै विजेताले गरेका मिहिनेतको कदरमा समानता छ । तर, युवा वर्ष खेलाडी केही खास पक्कै छ ।
सन्तोष लिगको डेब्यू खेलमै गोल गर्ने भाग्यमानी खेलाडीमा पर्छन् । थ्री स्टारबाट २०६० सालमा साहुखलले संकटाविरुद्ध सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो खेलमा गोल गरेका थिए ।
थिम्पुमा नेपालले भुटान र साउदी अरेवियालाई हराउँदै उत्तर कोरियासँग बराबरी खेल्ने लक्ष्य राखेको छ ।
सन् २०२७ अथवा २०३१ सम्म फिफा विश्वकप खेल्ने सपना बोकेको नेपाललाई उज्वेकिस्तानको त्यो नमिठो हारले ठूलो धक्का पुगिसक्यो । नेपालको २०२७ मा ब्राजिलमा हुने विश्वकपमा स्थान बनाउने अवसर समाप्त भइसकेको छ । अब पालो मिसन २०३१ मा द्रुत गतिमा अगाडि बढ्ने । यो मिसनमा चाँडै यी कलिला किशोरीहरु जोडिनेछन् ।
दुई वर्षअघि ढाकामै भएको साफ यु-२० च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग फाइनलमा ३-० ले पराजित भएको थियो ।
एसियाडमा कमजोर इतिहासबीच यसपालि नेपालले नागोयामा कम्तीमा दुई स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य बोकेको छ ।
अन्जिला हिम्मतवाली चेली हुन् । धैर्यसँग मित्रता गाँसेकी चेली हुन् । कहालीलाग्दो जीवन र कठिनाईलाई चिर्दै आफूलाई बलियो रुपमा उभ्याएकी ‘अन्जिला’ हुन् उनी । अतः यो समयमा कसरी आफूलाई सम्हाल्ने भन्ने उनलाई राम्ररी थाहा छ ।
शनिबार छनोट प्रतियोगिताको निर्णायक खेलमा घरेलु टोली उज्वेकिस्तानसँग पराजय बेहोरेसँगै चालिस वर्षदेखिको नेपाली महिला फुटबलको यात्रा एउटा सुनौलो गन्तव्यबाट विमुख भयो । ग्लोबल स्टेजमा आफ्नो कला प्रस्तुत गर्न अब नेपाली चेलीले थप चार वर्ष कुर्नुपर्ने भयो ।
सन् १९९९ मा नेपालले उज्वेकिस्तानसँग ६-१ को हार बेहोर्दा पेमा डोल्मा लामाले देशका लागि ऐतिहासिक पहिलो गोल गरेकी थिइन् । शनिबार अर्को ऐतिहासिक उपलब्धि हासिल गर्ने दिन हो । जहाँ नेपाली समर्थकलाई यसपालि हार स्वीकार्य हुने छैन ।
तुलनात्मक रूपमा बलियो उज्वेकिस्तानलाई बराबरीमा रोक्न रक्षापंक्तिको भूमिका सबैभन्दा बढी हुनेछ । अनि त्यो ‘डिफेन्सिभ वाल’को बलियो आधार हुन्, गीता राना ।