फाल्गुन २०, २०८२ बुधबार | २३:३८:५९
दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी

१००औं खेलको कोसेढुंगा छुँदै रोहित, नेपाली समर्थकसामू खुसी साट्न पाउने छैनन्

फाइल तस्बिर ।

काठमाडौं । नेपालले मंगलबार एएफसी एसियन कप छनोटमा भियतनामसँग खेलिरहँदा नेपाली समर्थकलाई खुबै ‘मिस’ गर्नेछ । विशेषगरी टिमका सिनियर खेलाडी रोहित चन्दले ।

रोहितका लागि आज विशेष दिन हो । नेपाली टोलीका सबैभन्दा अनुभवी मध्येका एक रोहितले भियतनामविरुद्धको खेलबाट १००औं अन्तर्राष्ट्रिय खेलको कोसेढुंगा छुँदैछन् । कप्तान किरणकुमार लिम्बुपछि यो उपलब्धि हासिल गर्ने रोहित दोस्रो नेपाली खेलाडी बन्दैछन् ।

रोहित नेपाली फुटबलले पाएको सबैभन्दा प्रतिभावान र सफल खेलाडीमध्ये एक हुन् । राष्ट्रिय टोलीको जर्सी लगाउन थालेको डेढ दशकभन्दा बढी भइसक्यो । नेपाली फुटबलकै सफल खेलाडीको शतकीय खेल नियमअनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनुपर्थ्यो । यो नेपालको घरेलु खेल थियो ।

तर दूर्भाग्य, अखिल नेपाल फुटबल संघको फोहोरी राजनीति हावी हुँदा लामो समयदेखि घरेलु खेल पनि अवे मैदानमा खेल्ने नियती यो खेलमा पनि लागु भयो । १६ वर्ष लामो अन्तर्राष्ट्रिय करियरमा अथक मेहनतका साथ एउटा स्वर्णीम इतिहास लेखिरहँदा रोहितले घरेलु समर्थक र घरेलु समर्थकले रोहितलाई मिस गर्ने परिस्थिती बन्यो । प्रतिभा, क्षमता, मेहनत, प्रतिबद्धता र लगाबले यहाँसम्म आइपुगेको सुनौलो करियरमा घरेलु समर्थकसँग यो खुसी साट्ने भाग्य रोहितको भागमा परेन ।

फाइल तस्बिर

भौतिक पूर्वाधारमा देखिएका सामान्य कमजोरी सुधार्न एन्फा नेतृत्व उदासिन भएपछि दशरथ रंगशाला एएफसीबाट अयोग्य ठहर भयो । फलस्वरुप आफ्नो हक लाग्ने खेल विपक्षीको मैदानमा खेल्नुपर्ने दूर्भाग्यपूर्ण नतिजाको शृंखलाले निरन्तरता पाइरहँदा नेपालले तेस्रो चरण अन्तर्गत भियतनामविरुद्धको दोस्रो लेग विपक्षीको भूमिमा खेल्न बाध्य हुनुपर्यो । र, यो यथार्थ स्वीकार्दै रोहित हो चि मिन्ह सहरस्थित थोङ निह्याट रंगशालाबाट नेपाली फुटबललाई सयौं खेलको कोसेढुंगाको उपहार दिन मैदान उत्रिँदैछन् ।

यो कुराले पक्कै पनि रोहितको मन दुख्दो हो । उनले काठमाडौं छोड्नुअघि उनले सुनाएको घरमा खेल्न नपाउँदाको पीडाबाट त्यो सहजै बुझ्न सकिन्छ । ‘घरेलु खेल आफ्नै समर्थकको बीचमा खेल्न पाउनुपर्थ्यो । तर हामी अवे मैदानमा गएर खेल्दैछौं । घरमै टेलिभिजनमा हेरेर भए पनि हामीलाई समर्थन गर्नुहोला,’ रोहितले समर्थकसँग अनुनय गरेका थिए ।

गत सेप्टेम्बरको पहिलो साता नेपाल र बंगलादेशबीच दुई अन्तर्राष्ट्रिय खेल हुने तय थियो । पहिलो खेल गोलरहित बराबरीमा टुंगिएको थियो । दुई दिनको आरामपछि दोस्रो खेल हुने तालिका थियो । तर, जेनजी आन्दोलनका कारण खेल स्थगित भयो । त्यो खेल भएको भए रोहितले पाँच दिनअघि नै राष्ट्रिय जर्सीमा सय खेलको कोसेढुंगा छोइसक्थे ।

पाँच दिनअघि सम्पन्न भियतनामसँगको पहिलो लेगमा नेपालले ३–१ को पराजय बेहोरेको थियो । उक्त हारसँगै नेपालको अर्को वर्ष साउदी अरेबियामा हुने एसियन कपमा पुग्ने चुनौती लगभग समाप्त भइसकेको छ । तर, झिनो गणीतिय सम्भावना भने अझै बाँकी छ । यस्तोमा नेपालको अवस्था भनेको, दिनु न लिनु हो । मुख्य प्रशिक्षक म्याट रस यस्तै तर्क गर्छन् ।

फाइल तस्बिर

‘हामीले दोस्रो लेगका लागि आवश्यक तयारी गरेका छौं । म विश्वस्त छु कि हामी भियतनामका लागि खतरा बन्न सक्छौं,’ रसले खेलको पूर्वसन्ध्यामा भने, ‘अंकतालिकाको शीर्ष स्थानमा रहने हो भने भियतनामलाई बढीभन्दा बढी गोल चाहिन्छ । त्यसैले उनीहरु प्रेसरमा हुनेछन् । यो कुराको हामी फाइदा लिने कोशिस गर्नेछौं । हामी यो खेलका लागि सकारात्मक छौं ।’

१–० ले पछाडि परेको स्थितिमा राइटब्याक सनिस श्रेष्ठको पहिलो अन्तर्राष्ट्रिय गोलमा नेपाल खेलमा फर्किएको थियो । पहिलो हाफ १–१ को बराबरीमा टुंगियो । तर, इन्जुरी समयमा लाकेन लिम्बूले रातो कार्ड सामना गरेपछि नेपालले दोस्रो हाफ १० खेलाडीमा खेल्नुपर्ने बाध्यात्मक स्थिति सिर्जना भयो ।

नेपालले पहिलो गोल रक्षापङ्क्तिको तालमेल नमिल्दा खाएको थियो । दोस्रो हाफमा ‘वान म्यान एड्भान्टेज’मा रहेको भियतनामले नेपालको त्यही कमजोरीमा थप दुई गोल गर्यो ।

कप्तान किरण यसैलाई खेलको टर्निङ पोइन्ट मान्छन् ।

फाइल तस्बिर

‘लाकेनको रातो कार्डले खेलको रुप नै बदलियो । एक खेलाडी कम हुँदा हामीलाई दबाब भयो । तर, यो सबै इतिहास भइसक्यो । केटाहरु दोस्रो खेलका लागि तयार छन्,’ किरणले भने, ‘भोलि दुवै टोलीमा एघार जना खेलाडी हुनेछन् ।’

अर्को सुनौलो इतिहासको पखाईमा अञ्जन

लाकेनको अनुपस्थितिसँगै मंगलबार फरवार्ड अञ्जन विष्टले पुनरागमन जनाउने अनुमान गरिएको छ । पछिल्लो खेलमा रसले प्लेइङ मिनेट्स दिन कञ्जुस्याईं गर्दा अञ्जनले बेन्चबाटै साथीहरुको संघर्ष हेरेका थिए । अञ्जन पनि एउटा कीर्तिमान पछ्याइरहेका छन् । कीर्तिमान हो, अन्तर्राष्ट्रिय फुटबलमा नेपालकै सर्वाधिक गोलकर्ताको दौडमा पहिलो हुने । भोलि उनीबाट गोल आउने हो भने उनले पनि रोहितले जस्तै नेपाली समर्थकलाई ‘मिस’ गर्नेछन् । अनि समर्थकले पनि उनलाई । 

फाइल तस्बिर

भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||