फाल्गुन २०, २०८२ बुधबार | २३:५१:२०
दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी

दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा

काठमाडौं । दक्षिण अफ्रिकामाथि ९ विकेटको सानदार जित हासिल गर्दै आइसिसी ट्वान्टी–२० विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।

बुधबार कोलकतास्थित इडन गार्डेनमा दक्षिण अफ्रिकाले दिएको १७० रनको प्रतिस्पर्धात्मक लक्ष्य न्युजिल्यान्डले १२.५ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो ।

न्युुजिल्यान्डको जितमा ओपनर फिन एलेनले ऐतिहासिक इनिङ्स खेले । फिनले विश्वकप इतिहासकै सबैभन्दा छिटो शतक बनाउने खेलाडीमा आफ्नो नाम लेखाए । ३३ बलमा उनले १० चौका र ८ छक्कासहित १०० रन बनाए । त्यस्तै अर्का ओपनर टिम सेइफेर्टले ५८ रनको पारी खेले । तेस्रो नम्बरमा आएका रचीन रवीन्द्रले १३ रनको योगदान गरे ।

दक्षिण अफ्रिकाका लागि एक मात्र विकेट कगिसो रबाडाले लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरको समाप्तिमा ८ विकेट गुमाउँदै १६९ रनको योगफल खडा गरेको थियो ।

दक्षिण अफ्रिकाका लागि मध्यक्रमका ब्याटर मार्को जेनसेनले अर्धशतकीय पारी खेले । उनी ३० बलमा दुई चौका र पाँच छक्कासहित ५५ रनमा अविजित रहे । त्यस्तै चौथो नम्बरका डिवाल्ड ब्रेभिसले ३४ र छैटौं नम्बरमा आएका ट्रिस्टन स्टब्सले २९ रनको योगदान गरे ।

यसबाहेक ओपनर तथा कप्तान ऐडेन मारक्रमले १८ र विकेटकिपर ब्याटर क्विन्टन डिककले १० रन बनाए ।

न्युजिल्यान्डका लागि म्याट ह्यारी, कोल म्याककोन्ची र रचिन रवीन्द्रले समान दुई विकेट लिए । एक विकेट लोकी फग्र्युसन र जिमी निसमको नाममा पनि रह्यो ।

विश्वकपले १०औं संस्करण पार गर्नै लाग्दा न्युजिल्यान्डले दोस्रो पटक फाइनल खेल्नेछ । यसअघि न्युजिल्यान्डले सन् २०२१ मा संयुक्त अरब इमिरेट्स (युएई)मा सम्पन्न सातौं संस्करणमा फाइनलमा स्थान बनाएको थियो । त्यतिबेला फाइनलमा न्युजिल्यान्डले अस्ट्रेलियासँग पराजय बेहोरेको थियो ।

अब न्युजिल्यान्डले आइतबार हुने फाइनलमा इङ्ल्यान्ड र भारतबीचको विजेतासँग खेल्नेछ ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||