लगातार दोस्रो जित हात पार्ने क्रममा कराँचीले डिफेन्डिङ च्याम्पियन लाहोर कलन्दर्सलाई ४ विकेटले पराजित गर्यो ।
मुम्बईले सन् २०१२ पछि सिजनको पहिलो खेलमा जित जित्नेक्रममा कोलकातालाई ६ विकेटले पराजित गरेको हो । मुम्बईको घरेलु मैदानमा भएको खेलमा कोलकाताले दिएको २२१ रनको लक्ष्य मुम्बईले १९ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
इण्डियन प्रिमियर लिग(आइपिएल) को खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई २२१ रनको लक्ष्य दिएको छ । मुम्बईको घरेलु मैदानमा भइरहेको खेलमा पहिले ब्याटिङको निम्ता पाएको पाहुना टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२० रनको योगफल तयार गरेको हो ।
चेन्नई सुपर किंग्सलाई इण्डियन प्रिमियर लिग(आइपिएल) सुरु गर्नु अघि अर्को झट्का लागेको छ । आइपिएलको सर्वाधिक सफल मध्येको एक टोली चेन्नईका स्टार ब्याटर डेवाल्ड ब्रेभिसले टोलीको यस सिजनको पहिलो खेल गुमाउने भएका छन् ।
लाहोरमा बेलुका ७ः४५ मा हुने लिगको छैठौं खेलमा लाहोर र कराँची भिड्दै छन् । कराँची र लाहोरको यो दोस्रो खेल हो । पहिलो खेलमा दुवै टोली विजयी भएका थिए । लाहोरले पहिलो खेलमा नवप्रवेशी हैदराबाद किंग्सम्यानलाई पराजित गरेको थियो ।
बागमतीलाई हराएको आर्मीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राखेको हो । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले बागमतीलाई ३ विकेटले पराजित गरेको हो । वर्षा कारण खेल २८ ओभरमा छोट्याइएको थियो ।
तल्लो मुलपानी मैदानमा भएको खेलमा गण्डकीले एपिएफलाई ४३ रनले पराजित गरेको हो । वर्षाका कारण ढिला सुरु भएको खेलमा प्रत्येक टोलीले समान २१ ओभर पाएका थिए ।
लामो समयको हारको शृङ्खला तोड्न मुम्बईले कोलकाता नाइट राइटर्सलाई प्रतिद्वन्दीका रुपमा पाएको छ । मुम्बईको वानखडेमा हुने खेलमा घरेलु टोली र कोलकाता बेलुका ७ः४५ मा आमनेसामने हुदैछन् । यसपटकको आइपिएल अक्सनमा सर्वाधिक रकम खर्चिएको कोलकाताले राम्रा मानिएका तिव्र गतिका बलरहरु टिममा भित्राएको थियो । तर ती मध्येका धेरैले चोटका कारण सिजन
काठमाडौंमा हुन् यस संस्करणको पिएम कपको अन्तिम २ खेल हुदैछ । प्रतियोगिताको अबको सबै खेल मधेश प्रदेशमा रहेको जनकपुर र विरगञ्जमा हुनेछन् । काठमाडौंमा हुने अन्तिम २ खेलमा नेपाल एपिएफले गण्डकी प्रदेशसँग खेल्दा आर्मी भेट बागमतीसँग हुदैछ ।
लाहोरमा शनिबार भएको खेलमा मुल्तान सुल्तानसँग इस्लामाबाद ५ विकेटले पराजित भएको हो । पहिले ब्याटिङ गरेको इस्लामाबादले २० ओभरमा ८ विकेट गुमाएर १७१ रनको योगफल तयार गरेको थियो ।
बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट रंगशालामा भएको सिजनको पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । हैदराबादले दिएको २०२ रनको लक्ष्य बेंगलुरुले १५ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले अविजित रहँदै सर्वाधिक ६९ रनको अर्धशतकीय इनिङ खेले । उनले ३८ बलको सामना गरेर ५ चौका र ५ छक्का प्रहार गरे ।
बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट रंगशालामा टस जितेर घरेलु टोलीले बलिङ रोजेपछि ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०१ रनको योगफल तयार गर्यो ।
नेपालका स्टार क्रिकेटर दीपेन्द्र सिंह ऐरीको पाकिस्तान सुपर लिग(पिएसएल) मा टोलीको पहिलो खेलमा बेन्चमा रहेका छन् । दीपेन्द्रले मुल्तान सुल्तानविरुद्धको खेलमा टिमका लागि प्लेइङ-११ मा नअटाएका हुन् । दीपेन्द्र यस संस्करणको पिएसएलमा इस्लामाबाद युनाइटेडमा करिब ३१ लाख नगदमा अनुबन्ध भएका हुन् ।
इस्लामाबादले यस सिजनको पहिलो खेलमा पुर्व च्याम्पियन मुल्तान सुल्तानको सामना गर्दैछ । इस्लामाबाद र मुल्तानबीचको खेल शनिबार बेलुका ७ः४५ मा लाहोरमा सुरु हुदैछ । पिएसएलको गत सिजनमा तेस्रो भएको इस्लामाबाद पहिलो खेलमा मुल्तानलाई हराउँदै सुखद सुरुवातको लक्ष्यमा छ । मुल्तान गत सिजन लिगको अन्तिम स्थानमा रहेको थियो ।
पाँच पटकको च्याम्पियन चेन्नई पूर्व भारतीय कप्तान महेन्द्रसिंह धोनीले चोटका कारण आइपिएल २०२६ को पहिलो दुई हप्ता गुमाउने निश्चित भएको छ । उनले सुरुवाती केही खेलहरु गुमाउने टिम व्यवस्थापनले शनिबार जानकारी गराएको हो । चेन्नईले सोमबार गुवाहाटीमा राजस्थान रोयल्स विरुद्धको खेलबाट आफ्नो पहिलो खेल खेल्दैछ ।
शुक्रबार भएको लिगमा आफ्नो पहिलो खेल खेलेको कराँचीले क्वेटा ग्लाडियटर्सलाई १४ रनले पराजित गरेको हो । लाहोरमा सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको कराँचीले २० ओभरमा ७ विकेट गुमाएर १८१ रनको योगफल तयार गरेको थियो ।
नाममा जस्तै धेरै इण्डियालाई बोक्ने यो टिमले विगत लामो समय देखि इण्डियन खेलाडीमाथि प्रमुख रुपमा भरोसा जनाउदै आएको छ ।
त्यस्तै ‘म्याच डे’का दौरान फिटनेस ड्रिल र परीक्षणहरू पनि पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ ।
इम्प्याक्ट प्लेयरका रूपमा आउने खेलाडीले ब्याटिङ गर्ने हो भने पूरा इनिङ्स नै गर्न सक्छ । होइन, बलिङ हो भने आफ्नो कोटाको ४ ओभर गर्न सक्छ । यस्तोमा यो नियमले पूरा खेलमै फरक प्रभाव पार्ने निश्चित छ नै ।
दोस्रो क्वालिफायरको विजेताले फाइनलमा स्थान बनाउदा पराजित हुने टोली भने तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिनेछ ।
पहिलो पटक आइपिएलको इतिहासमा सबै कप्तान भारतीय भएका छन् ।
जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा मधेशले लुम्बिनीलाई २५ रनले पराजित गर्यो । मधेशले दिएको १२५ रनको सामान्य लक्ष्य पछ्याएको मधेश २६ ओभरमा ९९ रनमा अलआउट भयो ।
धानमन्त्री पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो हार बेहोर्ने क्रममा कोशी सुदूरपश्चिमसँग ७ विकेटले पराजित भएको हो । १३१ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १९ दशमलब ५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
शुक्रबारको खेलमा कराँची किंग्स तथा क्वेटा ग्लाडियटर्सबीच नेपाली समय अनुसार शुक्रबार बेलुका ७ः४५ बाट सुरु हुनेछ । गत संस्करणको फाइनलमा लाहोर कलन्दर्ससँग अन्तिम बलमा पराजित हुदै उपविजेतामा सिमित क्वेटा जितका साथ यस सिजनको सुरुवात गर्न चाहन्छ । पुर्व च्याम्पियन कराँची पनि जितका साथ लिगको सुरुवात गर्ने लक्ष्यमा छ ।
विरगञ्जको टिबी साह क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको कोशीले ४३ दशमलब ४ ओभरमा १३० मा अलआउट भयो ।
टस जितेर पहिले ब्याटिङ गरेको मधेश ३८ दशमलब १ ओभरमा १२४ रनमा अल आउट भएको हो ।
बोर्ड अफ क्रिकेट काउन्सिल इन इण्डिया(बिसिसिआई) ले बिहीबार आइपिएलको दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको हो ।
शुक्रबार लुम्बिनी र मधेश प्रदेशबीचको खेल जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा हुदैछ । दुवै टोलीको यो तेस्रो खेल हो । दुवै टोली समान ३ अंकमा रहेका छन् । पहिलो खेलमा अंक बाडेका दुवै टोलीले दोस्रो खेलमा भने जित हात पारेका थिए ।
लाहोरले बिहिबार भएको लिगको उद्घाटन खेलमा नवप्रवेशी टोली हैदराबाद किंग्सम्यानलाई ६९ रनको फराकिलो अन्तरले हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको लाहोरले २० ओभरमा ६ विकेट गुमाएर १९९ रनको योगफल तयार गरेको थियो ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा बिहिबार भएको खेलमा पुलिसले बागमतीमाथि ७ विकेटको जित हात पारेको हो । २६६ रनको लक्ष्य पुलिसले ४४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । पुलिसको जितमा ओपनर शंकरले ११६ रनको शतकीय इनिङ खेले । दिनेशले बलिङमा महत्वपुर्ण ३ तथा ब्याटिङमा ७० रनको अर्धशतकीय इनिङ खेले ।
बिहिबार सम्पन्न आफ्नो दोस्रो खेलमा जित हासिल गर्ने क्रममा गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै आर्मी शीर्ष स्थानमा उक्लिएको हो । २१० रनको लक्ष्य आर्मीले ३४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा पुलिसले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको बागमती ४९ दशमलब २ ओभरमा २६५ रनमा अल आउट भयो ।
अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य
गण्डकी प्रदेशका ओपनर अर्जुन कुमालको लगातार पाँचौ एकदिवसीय खेलमा ५० भन्दा माथिको रन प्रहार गरेका छन् । उनले प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता र यसका लागि भएको प्रदेश छनोटमा यो सफलता हात पारेका हुन् ।
यस संस्करणको पहिलो खेलमा लिगको डिफेन्डिङ च्याम्पियन लाहोर कलन्दर्स र नवप्रवेशी टोली हैदराबाद किंग्सम्यानबीच खेल हुदैछ । लिगको उद्घाटन खेल नेपाली समय अनुसार बिहीबार बेलुका ७ः४५ बाट सुरु हुनेछ ।
बिहीबारका खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशको तथा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशसँग खेल्दैछन् । बिहीबारका दुवै खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
१८८ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले २० ओभरमा १५४ रन मात्र बनाएपछि पाहुना टोलीले खेल ३३ रनले जितेको हो । पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनाएको थियो ।
पहिलो जित हात पार्ने क्रममा कर्णालीले बुधबार सम्पन्न खेलमा कोशी प्रदेशमाथि १६ रनको जित हात पारेको हो । १५२ रनको लक्ष्य पछ्याएको कोशी ४४ दशमलब ४ ओभरमा १३५ रनमा अल आउट भयो ।
धबार जनकपुरमा सम्पन्न खेलमा मधेशले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गरेको हो । मधेशको जितमा अरनिकोले बलिङमा ३ महत्वपुर्ण विकेट लिए भने ब्याटिङ तर्फ अविजित रहँदै सर्वाधिक ४६ रन बनाए । सुदूरपश्चिमले दिएको १६१ रनको लक्ष्य मधेशले ३३ दशमलब ४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । मधेशका लागि अरनिकोले अविजित रहँदै सर्वाधिक ४६ रन बनाए । उनले ७८ बलको सामना गदै ९ चौका प्रहार गरे । मोहममद आदिल आलम ३४, पवन सरार्फ २१ तथा कप्तान अनिल साह तथा मयन यादव समान १३ रनमा आउट भए ।
मंगलबार भएको ड्राफ्टमा करणलाई कन्साइ चार्जरले आफ्नो टोलीमा अनुबन्ध गराएको हो । करण जेपिएलमा सहभागी रहने भन्ने जानकारी केही साता अघि जानकारी गराइए पनि उनी सहभागी रहने टिमको बारेमा भने ड्राफ्ट पछि मात्र थाहा भएको हो ।
लिगमा सन्दीपलाई लिज रेड लायन्स, कप्तान रोहित घेन्ट ग्ल्याडीयटर्समा अनुबन्ध हुँदा आसिफ एन्टवर्प एन्कर्समा आबद्ध भएका छन् । रोहित र आसिफलाई मंगलबार सम्पन्न ड्राफ्टमार्फत टोलीमा समावेश भएका हुन् । सन्दीप भने ड्राफ्ट अघि नै टोलीमा अनुबन्ध भइसकेका थिए ।
नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्स र ब्रुजेज एकै स्वामित्वमा रहेको छ । पहिलो पटक कुनै पनि विदेशी लिगको एकै टोलीमा यो नै सर्वाधिक उपस्थिती हो । यसअघि सन् २०२४ को ग्लोबल ट्वान्टी २० लिगमा नेपालका दुई खेलाडी एकै टोलीमा रहेका थिए । सो लिगमा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी एकै टोलीमा रहेका थिए ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बन्द प्रशिक्षण प्रशिक्षणका लागि २९ सदस्यीय टोली छनोट गरिएको जानकारी दिएको हो । प्रवक्ता छुम्बी लामाका अनुसार यस प्रारम्भिक टोलीमा अनुभवी र युवा खेलाडीहरूको मिश्रणबाट तयार पारिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बन्द प्रशिक्षण प्रशिक्षणका लागि २९ सदस्यीय टोली छनोट गरिएको जानकारी दिएको हो । प्रवक्ता छुम्बी लामाका अनुसार यस प्रारम्भिक टोलीमा अनुभवी र युवा खेलाडीहरूको मिश्रणबाट तयार पारिएको छ ।
मंगलबार सम्पन्न बेल्जियममा आयोजना हुने लिगको ड्राफ्टबाट जेबी ब्रुजेसमा सर्वाधिक ५ नेपाली क्रिकेटर अनुबन्धन भएका हुन् । नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्स र ब्रुजेज एकै स्वामित्वमा रहेको छ ।
आजको खेलहरु जनकपुर र विरगञ्जमा हुदैछन् ।
मंगलबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबविरुद्ध १८५ रनको फराकिलो जित हात पारेको हो । एपिएफले टस जितेर बलिङ रोजे पछि पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३५५ रनको विशाल योगफल तयार गरेको थियो ।
मंगलबार तल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले गण्डकी प्रदेशलाई १७० रनले पराजित गरेको हो । उपकप्तान इशानले ब्याटिङ तर्फ ६१ बलमा ७१ रन बनाउँदा बलिङबाट २ विकेट आफ्नो नाममा गरे ।
