काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा काठमाडौंमा अन्तिम २ खेल आज हुदैछ ।
काठमाडौंमा हुन् यस संस्करणको पिएम कपको अन्तिम २ खेल हुदैछ । प्रतियोगिताको अबको सबै खेल मधेश प्रदेशमा रहेको जनकपुर र विरगञ्जमा हुनेछन् ।
काठमाडौंमा हुने अन्तिम २ खेलमा नेपाल एपिएफले गण्डकी प्रदेशसँग खेल्दा आर्मी भेट बागमतीसँग हुदैछ ।
तल्लो मुलपानी क्रिकेट मैदानमा एपिएफ र गण्डकीबीचको खेल हुनेछ । बिहान ९ बजेपछि सुरु हुने सो खेलमा जित हात पारेर एपिएफ शीर्ष ४ मा पर्न चाहन्छ । गण्डकी भने शनिबारबारको पुलिससँगको खेलमा बर्षा बाधक बनेर रद्ध भएपछि पहिलो अंक पाएको थियो ।
आइतबारै माथिल्लो मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेशले विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्दैछ । आर्मी आफ्नो अपराजित यात्रा कायम राख्दै शीर्ष स्थानमा उक्लने लक्ष्यमा छ । बागमती जितका साथ अगाडी बढ्ने लक्ष्यमा छ ।
