माघ १५, २०८२ बिहीबार | ११:०१:०४
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

लुम्बिनी कप तोकिएकै समयमा हुन्छः भोजराज शाही

नेपालगञ्ज । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको पहिलो संस्करण बैशाख ५ देखि १५ सम्म नेपालगञ्जमा हुँदैछ । 

प्रतियोगितालाइ भव्यताका साथ सम्पन्न गर्न गठन गरिएका विभिन्न उपसमितिहरूले पनि अहिले आप्नो कामलाई तिव्रता दिएका छन् । हाल नेपालगञ्ज रंगशालाको रंगरोगन, प्याराफिटको सरसफाई, खेल मैदानमा पानी चहार्ने, अनावश्यक घाँसको काँटछाँटको काम चलिरहेको छ । यसका साथै प्रतियोगितामा सहभगिता जनाउने टिमको व्यवस्थापनलगायतको महत्वपूर्ण काम पनि जोडतोडका साथ भइरहेको छ । 

अन्तरालकाे आयोजनामा हुने लुम्बिनी कप महिला फुटबलमा बाँके जिल्ला फुटबल संघले सहकार्य गरेको छ । संघका जिल्ला अध्यक्ष एवं अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीसँग प्रतियोगिता तयारीकै सन्दर्भमा सावित्री गिरीले गरेको कुराकानीः

नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितालाई कसरी लिनुभएको छ ?
निश्चय पनि नेपालमा महिला फुटबल प्रतियोगिता एकदमै कम हुने गरेका छन् । लामो समयको अन्तरालपछि नेपालगञ्जमा हुन लागेको ठूलोस्तरको यो प्रतियोगिताले राम्रै प्रतिफल दिन्छ जस्तो लागेको छ । साथै, यो प्रतियोगिता महिला फुटबलको विकासमा कोशेढुंगा सावित हुने विश्वास पनि लिएको छु ।  

यो प्रतियोगिताले महिला फुटबल विकासको संभावनाहरू बारे बताइदिनुस् न । 

यो प्रतियोगिताले महिला फुटबलप्रति यस क्षेत्रका खेलाडीको रुची बढाउन पक्कै सघाउ पुर्याउछ । प्रतियोगितापछि स्थानीय तहमा महिला खेलाडीको सहभागिता बढ्ने सम्भावना पनि देखिन्छ । 

प्रतियोगितामा टिम सहभागिताको अवस्था कस्तो छ ?

यो प्रतियोगितामा आठ टिमको सहभागिता रहने छ । विभागीय टिमका साथै भारतका दुई टिमसँग हाम्रो कुराकानी भइरहेको छ । बाँके जिल्ला आयोजक भएकाले यहाँकाे एउटा  र बाँकी अन्य टिमको सहभागिता रहने छ । सबै टिमको नाम हामी एक/दुई दिनमा सार्वजनिक गर्नेछौं ।

प्रतियोगिता तयारीका क्रममा कस्ता चुनौती आएका छन् ?

चुनौतीहरु छन्। तर, हामी आशावादी छौ । हामी अहिले तयारीको अन्तिम अवस्थामा छौं । अब पछाडी फर्कने बाटो हामीसँग छैन । प्रतियोगिता गराएरै छाड्नेमा हामी दृढ संकल्पिक छौ । यही अठोटका साथ चुनौतीलाई चिर्दै हामी अघि बढिरहेका छौं । 

अन्त्यमा, लुम्बिनीकप जस्ता इभेन्टहरु कहिले काँही मात्र हुने गर्छन् । सगग्रमा भन्नुपर्दा फुटबलको विकासमा  तपाईँको भूमिका कसरी अघि बढिरहेको छ ?

यो एकदम मननयोग्य छ । फुटबल खेलमा सहभागिता र चासोका लागि हामीले तयारी गरिसकेको अवस्था छ । लुम्बिनी कप सकिने वित्तिकै हामी नेपालगन्जमै महिला खेलाडीहरुलाई लक्षित गरेर प्रशिक्षण चलाउछौं । महिला खेलाडीमा निरु थापा र पुजा राना जस्ता खेलाडीहरु अबका दिनमा पनि हामी जन्माउने छौ । खेलाडीको खडेरी हुन दिइने छैन । फुटबल क्षेत्रका विविध समस्यालाई चिरेर अगाडि बढ्दै जाने मेरो योजना रहेको छ । बाँके जिल्लामा स्तरीय खेलाडी उत्पादन गर्ने लक्ष्यमा मलगायत मेरो टिम अघि बढिरहेको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।