चैत्र १४, २०८२ शनिबार | ०१:०८:४६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

काठमाडौं । भुटान साफ यु–२० च्याम्पियनसिपमा समूह ‘ए’बाट सेमिफाइनल पुग्ने दोस्रो टोली बनेको छ । शुक्रबार भुटानले श्रीलंकामाथि १–० को संघर्षपूर्ण जित हासिल गरेसँगै भुटानले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भुटानलाई जित दिलाउन धेनडुप ग्याल्सेनले निर्णायक गोल गरे । गोलरहित बराबरीसँगै श्रीलंकाले सेमिफाइनलमा आफ्नो एक पाइला अगाडि सारिसकेको थियो । तर, धेनडुपले थप गरिएको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै श्रीलंकालाई स्तब्ध बनाए ।

जितसँगै भुटानले तीन खेलमा ४ अंक बटुल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । श्रीलंकाले मात्र ३ अंक जोड्न सक्यो । पुछारमा रहेको माल्दिभ्सले दुई अंक जोड्यो ।

माल्दिभ्सले जित्नैपर्ने खेलमा आज यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको नेपालसँग १–१ को बराबरी खेल्यो । कप्तान मोहम्मद इम्राने खेलको १४औं मिनेटमा घरेलु टोलीलाई अग्रतामा ल्याएका थिए । तर, निर्धारित समय सकिन चार मिनेट बाँकी छँदा निशान राज लावतले नेपाललाई खेलमा फर्काए । त्यसपछि कुनै पनि गोल भएन । नेपाल तीन खेलमा कूल ७ अंक जोड्दै शीर्ष स्थानमा रह्यो ।

लिग चरणको अन्तिम दिन शनिबार भारत र बंगलादेशले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछ । जित्ने टोली समूह ‘बी’को विजेता बन्नेछ । बराबरी भएको खण्डमा भारतले शीर्ष स्थान हासिल गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो ४ः३० बजे हुनेछ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो