चैत्र १४, २०८२ शनिबार | ०१:३२:०१
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै
शनिबारको दिन शनिबारको दिन

आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ शनिबारबाट सुरु हुँदैछ । उद्घाटन खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बैगलुरु (आरसिबी) र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । बिसिसिआइले लिगका सुरुका २० खेलको मात्रै तालिका सार्वजनिक गरेको छ । 

आइपिएलको खेलअघि मुम्बईमा सहभागी १० टिमको ‘क्याप्टेन मिट’ कार्यक्रम भयो । पहिलो पटक आइपिएलको इतिहासमा सबै कप्तान भारतीय छन् । को को हुन् १० टिमका १० कप्तान ?

ऋतुराज गयकवाड (चेन्नई सुपर किङ्स)महेन्द्र सिंह धोनीको कारण धेरै उपलब्धी र चर्चा बटुलेको चेन्नई सुपर किङ्सले नयाँ कप्तान ऋतुराज गयकवाडको कप्तानीमा खेल्दैछ । धोनीले आफू चेन्नईमा रहँदा सर्वाधिक समान ५ पटक उपाधि जिताएका छन् । ऋतुराजले पछिल्लो पटकबाट नयाँ अवसर पाएका हुन् । यसपटक उनलाई सर्वाधिक ६ पटक उपाधि जित्ने चुनौती र अवसर दुबै रहेको छ ।

रियान पराग (राजस्थान रोयल)राजस्थान रोयलले रियान परागलाई कप्तान बनाएको छ । दश कप्तान मध्ये सबैभन्दा कम चर्चामा रहेका छन् रियान । राजस्थान उनकै कप्तानीमा दोस्रो उपाधि उचाल्न चाहन्छ । टोलीले सन् २००८ मा उपाधि उचालेको थियो । त्यसयता टिमको प्रदर्शन राम्रो पनि हुन सकेको छैन ।

अक्षर पटेल (दिल्ली क्यापिटल)दिल्ली क्यापिटल्सले अलराउन्डर अक्षर पटेललाई कप्तान बनाएको छ । भारतीय टिमका अलराउन्डर आइपिएलमा समेत उच्च प्रदर्शन गर्दै आइरहेका छन् । दिल्लीले हालसम्म उपाधि नजितेकाले यो उपलब्धी हालिस गर्र्नैपर्ने दबाबमा पटेल छन् । दिल्ली सन् २०२० मा मात्रै एक पटक उपविजेता भएको थियो ।

शुभमन गिल (गुजरात टाइटल)भारतीय क्रिकेटको तीनै स्वरुपमा सफल देखिँदै आएका शुभमन गिललाई गुजरात टाइटन्सले कप्तान बनाएको छ । जम्मा चार पटक आइपिएल खेलेको गुजरातले सन् २०२२ मै उपाधि उचाल्यो । पहिलो सहभागिता छाड्ने हो भने टोलीले तीन पटक प्लेअफ खेलिसकेको छ । यसपटक समेत टिम गिलको प्रभावशाली प्रदर्शनमा दोस्रो उपाधि उचाल्ने मनसायमा छ ।

अजिंक्या रहाणे (कोलकाता नाइड राइडर्स)अजिक्या राहनेको कप्तानीमा कोलकता नाइड राइडर्स (केकेआर) चौथो पटक उपाधि जित्ने योजनामा छ । यसअघि तीन पटक उसले उपाधि उचालिसकेको छ । तर, पछिल्लो समय भने उसले सोचेको जस्तो नतिजा निकाल्न सकेन ।

हार्दिक पण्डया (मुम्बई इन्डियन्स)भारतीय चर्चित खेलाडी हार्दिक पण्डया मुम्बई इन्डियन्सको कप्तान हुन् । टोलीले पाँच पटक उपाधि जितेको छ । पछिल्लो पटक पारिवारिक तनावका कारण हार्दिक पण्डयाले प्रदर्शन सोचेजस्तो भएन । त्यसैले यसपटक उनी टिमलाई उपाधि जिताउने लक्ष्यमा रहेका छन् ।

रजत पाटीदार (रोयल च्यालेन्जर्स बेङ्लुरु)रोयल च्यालेन्जर्स बेङ्लुरु (आरसिबी) साविक विजेता हो । त्यसैले पनि यो टिमलाई उपाधि रक्षा गर्न दबाब छ । आरसिबीको नेतृत्व रजत पाटीदारले गर्नेछन् । विराट कोहलीपछि कप्तान भएका पाटीदारले आफ्नो पहिलो कप्तानी मै टिमलाई पहिलो उपाधि जिताएका थिए ।

इशान किसन (सनराइजर्स हैदरावाद)एक पटकको च्याम्पियन सनराइजर्स हैदरावादले कप्तानको जिम्मेवारी इशान किसनलाई दिएको । दोस्रो पटक उपाधि जित्ने दाउमा रहँदा इशानलाई उपाधि चुनौती र अवसर दुबै छ । हैदरावादले सन् २०१६ मा पहिलो पटक उपाधि जितेको थियो । हालसम्म टोलीले सात पटक प्लेअफ खेलेको छ ।

श्रेयस अ‍ैयर (पञ्जाव किङ्स)१८औं पटक आइपिएल खेलिसकेको पञ्जाव किङ्सले अहिले सम्म उपाधि जित्न सकेको छैन । सन् २०१४ मा उपविजेता मात्रै भएको थियो । यही टिमको कप्तानी श्रेयर अ‍ैयरले गर्दैछन् । भारतीय टिमका खेलाडी यसपटक टोलीलाई उपाधि जिताउने दाउमा छन् । ३१ वर्षीय अ‍ैयरले आइपिएलमा तीन टिमबाट खेल्दै एक सय बढी खेलमा तीन हजार बढी रन बनाएका छन् ।

ऋषभ पन्त (लखनउ सुपर जायन्ट)लननउ सुपर जायन्टको कप्तानमा ऋषभ पन्त रहेका छन् । भारतीय टिमका चर्चित खेलाडीबाट टिमले पहिलो पटक उपाधि जित्ने रणनीति तयार पारेको छ । यसअघि टिम उपविजेता समेत भएको छैन । सन् २०२२ र सन् २०२३ मा भने टिम तेस्रो स्थान हासिल गर्न सफल भएको थियो । दुई पटक मात्रै प्लेअफ खेलेको लखउनलाई यसपटक पनि ठूलै चुनौती उठाउनु पर्ने दबाब छ ।