चैत्र १३, २०८२ शुक्रबार | १६:०९:३०
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

हेमन्तको ४ विकेट, कोशीको अर्को हार

काठमाडौं । सुदूरपश्चिमका तीव्र गतिका बलर हेमन्त धामीले ४ विकेट लिएको खेलमा कोशी प्रदेशले अर्को हार बेहोरेको छ ।

प्रधानमन्त्री पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो हार बेहोर्ने क्रममा कोशी सुदूरपश्चिमसँग ७ विकेटले पराजित भएको हो । १३१ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १९ दशमलब ५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

सुदूरको जितमा खडक बोहोराले सर्वाधिक ६६ रनको अर्धशतकीय इनिङ खेले । उनले ४५ बलको सामना गर्दै ९ चौका र ३ छक्का प्रहार गरेका थिए । किरन ठगुन्ना २५ रनमा अविजित रहँदा अभिषेक पाल १४ रनमा आउट भए ।

कोशीका लागि विपिन महतोले २ तथा ज्ञानेन्द्र श्रेष्ठले १ विकेट लिए ।

त्यसअघि विरगञ्जको टिबी साह क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको कोशीले ४३ दशमलब ४ ओभरमा १३० मा अलआउट भयो ।

कोशीका लागि शिवाशं बजगाईं सर्वाधिक २५ रनमा आउट भए । सुमन श्रेष्ठ २४, दिपेश कँडेल २० तथा फिर्दोश अन्सारी १८ रनमा आउट भए ।

सुदूरका लागि हेमन्तले ९ ओभर २६ रन खर्चिएर ४ विकेट लिए , किरण ठगुन्नाले २ तथा नारायण जोशी र सुर्य श्रेष्ठले समान १ विकेट लिए । सुदूरपश्चिमले तेस्रो खेलमा दोस्रो जित हात पार्दै ४ अंकमा पुगेको छ । कोशीको भने चौथो खेलमा यो तेस्रो हार हो । पहिलो खेलमा मधेशसँगको खेलमा वर्षा कारण बनेपछि कोशीले १ अंक भने पाएको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो