चैत्र १३, २०८२ शुक्रबार | १७:१८:२८
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

विशालको ५ विकेटमा मधेशको जित

काठमाडौं । विशाल पटेलको ५ विकेटको सहयोगमा लुम्बिनी प्रदेशमाथि रोमाञ्चक जित निकाल्दै मधेश प्रदेश प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।

जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा मधेशले लुम्बिनीलाई २५ रनले पराजित गर्यो । मधेशले दिएको १२५ रनको सामान्य लक्ष्य पछ्याएको मधेश २६ ओभरमा ९९ रनमा अलआउट भयो ।

मधेशका स्पिनर विशालले एक्लै ५ विकेट लिए पछि लुम्बिनीका लागि सामान्य लक्ष्य पनि विशाल बनेको हो । लुम्बिनीका लागि सुमित श्रेष्ठले सर्वाधिक ३० रन बनाए । सन्देश थापा १६ तथा कप्तान देव खनाल र सन्तोष यादव मिान १२ रनमा आउट भए ।

मधेशका लागि विशालले ९ ओभरमा २४ रन खर्चिएर ५ सफलता दिलाए । विशालले लुम्बिनीका ४ ब्याटरलाई रनको खाता नखोल्दै आउट गरे । प्रदिप पासवानले २ तथा रुपेश सिंह, आदिल आलम र आशिक बैथले समान १ विकेट लिए ।

त्यअिघि टस जितेर पहिले ब्याटिङ गरेको मधेश ३८ दशमलब १ ओभरमा १२४ रनमा अल आउट भएको थियो ।

मधेशका लागि ओपनर मयन यादवले सर्वाधिक ३२ रन बनाए । आदिल आलम २३ तथा पवन सरार्फ १९ रनमा आउट भए । लुम्बिनीका लागि सन्देश थापा र सन्तोष यादवले समान ३ तथा अजय चौहानले २ विकेट लिए ।

तेस्रो खेलमा २ जित र १ खेलमा अंक बाडेको मधेश ५ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । पराजित लुम्बिनी सामान खेलमा समान १ हार र जित तथा १ खेलमा अंक बाडेर ३ अंकमा रहेको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो