पुस १६, २०८२ बिहीबार | २३:३७:१२
एनभिए च्याम्पियनसिपः खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एनभिए च्याम्पियनसिपः रुकुम पश्चिम सेमिफाइनलमा, एपिएफ बाहिरियो एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने रुपेशले फ्रेन्ड्सबाटै खेल्ने अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो विश्वकपको लागि अस्ट्रेलियन टोली घोषणा एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ एनभिए च्याम्पियनसिपः खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एनभिए च्याम्पियनसिपः रुकुम पश्चिम सेमिफाइनलमा, एपिएफ बाहिरियो एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने रुपेशले फ्रेन्ड्सबाटै खेल्ने अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो विश्वकपको लागि अस्ट्रेलियन टोली घोषणा एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ
शनिबारको दिन नेपाली फुटबल

मैदानको सतह धेरै पुरानो भयो, त्यसलाई सुधार्नुपर्छ

काठमाडौं । मैदानस्तरीय नभएको र अत्यधिक हिलो भएको भन्दै दशरथ रंगशालाको निकै आलोचना भयो । साउन २९ गते नेपालको चर्च ब्वाइज युनाइटेडले भुटानको पारो एफसीविरुद्ध एएफसी च्यालेन्स लिग छनोटमा प्रतिस्पर्धा गरेको थियो ।

खेल सुरु हुनु एक घण्टाअघि भारी वर्षा भयो । मैदानमा पानी जम्यो । जसका कारण खेल सुरु भएको १० मिनेट नबित्दै दशरथ रंगशालाको हरियो दुबो हिलोमा परिणत भयो । हिलोले खेलाडी नै नचिनिने अवस्थामा पुगे । मध्यान्तरपछि दुवै टोलीका खेलाडीले लगाएको जर्सी नै परिवर्तन गर्नुपर्ने स्थिति आयो । दोस्रो हाफमा पुनः हिलोकै कारण खेलाडी नै नचिन्ने अवस्थामा पुगे ।

राखेपले एन्फाबाट मैदानको जिम्मेवारी खोस्दै निजी कम्पनी माउन्ट एभरेस्ट स्पोर्टस एण्ड इभेन्ट प्रालिलाई मैदान बनाउने जिम्मेवारी सुम्पिएको थियो ।

यसकारण दशरथ रंगशाला निकै चर्चामा आयो । चौतर्फी विवाद आयो । पारो एफसीबाट खेलेका जापानी स्टार केइसुके होन्डाले यो स्तरको रंगशालामा कहिल्यै नखेलेको प्रतिक्रिया दिए । जिम्मेवारी पाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मैदान स्तरीय बनाउन नसकेको आरोप लाग्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हिलाम्य मैदानका कारण राष्ट्रको साख नराम्रो भएको ठहर गरेका थिए ।

खासमा यसअघि मैदान मर्मतसम्भारको जिम्मेवारी अखिल नेपाल फुटबल संघ (एन्फा)सँग नै थियो । तर, एन्फाले लापरबाही गरेको र स्तरोन्नति नगरेको भन्दै राखेपले नै मैदानको स्वामित्व लिएको थियो ।  

थम्मन भुसाल, तस्विरः केशव थापा /खेलाडी ।

राखेपले एन्फाबाट मैदानको जिम्मेवारी खोस्दै निजी कम्पनी माउन्ट एभरेस्ट स्पोर्टस एण्ड इभेन्ट प्रालिलाई मैदान बनाउने जिम्मेवारी सुम्पिएको थियो । खासमा रंगशालाको मैदानमा भएको चाहिँ के हो त ? यिनै विषयमा केन्द्रित रहेर खेलाडी डटकमले कम्पनीका प्रमुख थम्मन भुसालसँग वार्तालाप गरेको छ ।  

दशरथ रंगशाला मैदानको विषय निकै विवादित भयो, किन ?माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट प्रालिले दशरथ रंगशालाको स्तरोन्नतिको लागि राखेप सदस्यसचिव टंकलाल घिसिङकै प्रत्यक्ष निगरानीमै काम गरिरहेको छ । यो पूरा वैज्ञानिक र अत्याधुनिक प्रविधिका साथ भएको छ । तर मैदानको विषयमा धेरैले विवाद सिर्जना भयो । त्यो मैदानको साँच्चै स्थिति के हो भन्ने नबुझेर नै अनावश्यक टिप्पणी गरेका हुन् जस्तो लाग्छ ।

यतिका समय लगाएर बनाइएको मैदान कसरी पूरै हिलाम्य भयो ? हामीले पूर्णतः वैज्ञानिक तबरले अहिले रंगशाला बनायौं । तर, त्यसअघि फुटबल र क्रिकेटको मैदानको सतह पुरानो माटोले बनाउने गरिएको थियो । अहिले पनि त्यही थियो । मैदान हामीले जिम्मेवारी पाए पनि वालुवा नै प्रयोग ग¥यौं । युरोमा जर्मनीको डर्टमन्ड रंगशाला पनि अत्यधिक वर्षा भएपछि बिग्रिएको हामीले देखेकै हौं । त्यस्तो अत्याधुनिक रंगशाला त वर्षाले अस्तव्यस्त भयो । हाम्रो त सामान्य रंगशाला न हो । त्यो पनि माटोले बनेको । त्यसैले पनि धेरै हिलो देखियो । हाम्रो पनि खेलअघि निकै ठूलो वर्षा भयो । खेलअघि वर्षा भएपछि कमजोर सतहका कारण धेरै हिलो देखियो ।

थम्मन भुसाल, तस्विरः केशव थापा /खेलाडी ।

रंगशालाको मैदान हुनुपर्ने चाहिँ कस्तो रहेछ ? हुनुपर्ने चाहिँ मैदानमा २० सेन्टिमिटर बालुवा हुनुपर्छ । त्यसमुनि ड्रेनेजलाई साथ दिने रोडाहरू प्रयोग हुनुपर्छ । त्यसपछि पाइप हुनुपर्छ । हाम्रोमा नभएको यही हो । जसका कारण माथिको पानी मुनि जानै पाएन र हिलो बढी भयो ।

हाम्रो मैदानको खास समस्या के हो ? खास हाम्रो समस्या भनेकै मैदानको सतह हो । पुरानो ड्रेनेज सिस्टम पनि हाम्रो काम नलाग्ने भइसकेको छ । सन् १९९७ तिर यो चीनले बनाएको हो । फेरि यसलाई बनाउनुपर्ने भएको छ । अहिले मौसमले पनि साथ दिएन । अरू मौसममा यो मैदान चलिरहेको थियो । तर, वर्षामा एकै पटक भद्रगोल देखियो ।

अन्तर्राष्ट्रिय मापदण्ड सधैं कायम राख्न र स्तरीय देखाउन अब गर्नुपर्ने के हो ? यो मैदानमात्रै हैन, हामीले अभ्यास मैदान अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्छ । किनभन्दा खेल खेल्ने मैदानमात्रै हैन, अभ्यास गर्न पनि स्तरीय मैदान चाहिन्छ । यसको फाउन्डेसन नै नयाँ चाहिन्छ । अत्यावश्यक उपकरण प्रयोगमा ल्याउनुपर्छ । त्यो भयो भने विश्वका कुनै पनि स्तरीय खेलाडी र टिमले आलोचना गर्न सक्दैनन् । त्यसतर्फ सरोकारवालाले ध्यान दिनुपर्छ ।