मंसिर २७, २०८२ शनिबार | ००:०१:५६
प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत नुवाकोटमा ‘स्वाथ्यका लागि खेलकुद’ तालिम कार्यक्रम सम्पन्न सिन्धुपाल्चोक र नेपालगञ्ज स्पोर्टिङ सी डिभिजन लिगमा छनोट इन्ट्रा म्याड्रिस्टा फुटसलको तयारी पूरा महिला भलिबल प्रशिक्षण क्लिनिक सुरु प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत नुवाकोटमा ‘स्वाथ्यका लागि खेलकुद’ तालिम कार्यक्रम सम्पन्न सिन्धुपाल्चोक र नेपालगञ्ज स्पोर्टिङ सी डिभिजन लिगमा छनोट इन्ट्रा म्याड्रिस्टा फुटसलको तयारी पूरा महिला भलिबल प्रशिक्षण क्लिनिक सुरु

विराटनगरविरुद्ध लुम्बिनीको प्रभावशाली जित, उक्लियो चौथो स्थानमा

काठमाडौं । अस्ट्रेलियन ब्याटर डार्सी सर्टको अर्धशतकीय पारीप्रेरित लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्समाथि प्रभावशाली जितको हकदार बनेको छ । बुधबार प्लेअफ समीकरणलाई जीवितै राख्न जितको विकल्प नभएको लुम्बिनीले विराटनगरलाई ५ विकेटले हरायो ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १४५ रनको मध्यम लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर डार्सीले ४४ बलमा ६ चौका र दुई छक्कासहित ५७ रनको पारी खेले । त्यस्तै विकेटकिपर ब्याटर निरोशन डिकवेलाले २९ रन बनाउँदा सन्दीप जोराले २४ रनको योगदान गरे । यसैगरी दीलिप नाथले १६ र ओपनर सुमित महर्जनले १० रन जोडे । कप्तान रोहित पौडेल भने खाता नै नखोली पवेलियन फर्किए ।

विराटनगरका लागि सुवास भण्डारी र कप्तान सन्दीप लामिछानेले समान दुई विकेट लिए । त्यस्तै वसीर अहमदको नाममा एक विकेट रह्यो ।

लुम्बिनी लायन्सले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा दुई विकेट गुमाउँदै ४६ रन जोडेको थियो । दुबै विकेट युवा स्पिनर सुवास भण्डारीले लिएका थिए । ओपनर सुमित महर्जनलाई विकेटकिपर साहिल पटेलबाट स्टम्प आउट गरेका सुवासले कप्तान रोहित पौडेललाई ‘डक आउट’ गरे । रोहित डुप्लेसीबाट क्याच भए ।

त्यसपछि सन्दीप जोरा र डार्सीले तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गरे । १०औं ओभरको दोस्रो बलमा जोरालाई सन्दीप लामिछानेले एलबिडब्लुको शिकार बनाए । जोरा पवेलियन फर्किएपछि क्रिजमा आएका निरोशन डिकवेलाले डार्सीसँग मिलेर चौथो विकेटका लागि ४६ रनको साझेदारी गर्दै टोलीलाई जित नजिक पुर्याए । यसबीच डार्सीले अर्धशतक पूरा गरेका हुन् । १४औं ओभरको दोस्रो बलमा डार्सीलाई लामिछानेले लोकेश बमबाट क्याच गराए । तर, धेरै ढिला भइसकेको थियो । अब जतका लागि लुम्बिनीलाई मात्र ३३ रन आवश्यक थियो ।

दीलिप नाथ र डिकवेलाले पाँचौं विकेटका लागि ३१ रनको साझेदारी गरे । जितका लागि दुई रन आवश्यक रहँदा लुम्बिनीले दीलिपलाई गुमायो । दीलिप वसीर अहमदको बलमा साम हेजलेटबाट क्याच भए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरको समाप्तिमा ८ विकेट गुमाउँदै १४४ रनको योगफल खडा गर्यो ।

विराटनगरका लागि तेस्रो नम्बरमा आएका लोकेश बलमे ४२ बलमा समान दुई चौका र छक्कासहित ३५ रनको पारी खेले । त्यस्तै मध्यक्रमका ब्याटर वसीर अहमदले २८ रन जोड्दा चौथो नम्बरमा आएका साम हेजलेटले २७ रन बनाए । डुप्लेसी १२ रनमा पवेलियन फर्किँदा प्रतीस जिसीले ११ र मार्सेन्ट डी ल्याङले १० रन जोडे ।

लुम्बिनीका लागि शेर मल्ले चार ओभरमा २५ रन खर्चिँदै तीन विकेट लिए । त्यस्तै जोनाथन स्मिथ, अभिशेष गौतम र रुवेन ट्रम्पलम्यानले समान एक विकेट लिए ।

विराटनगरले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा दुई विकेट गुमाउँदै ३४ रन जोडेको थियो ।

पहिलो खेल खेलिरहेका दक्षिण अफ्रिकी ब्याटर फाफ डुप्लेसी १२ रनमा पवेलियन फर्किए । त्यसअघि जर्ज मुन्से पहिलो ओभरमा ‘डक आउट’ भए । शेर मल्लको दोस्रो बलमा मुन्से एलबिडब्लुको शिकार बने ।

तेस्रो ओभरको अन्तिम बलमा डुप्लेसी विकेटकिपर निरोशन डिकवेलाबाट स्टम्प आउट भए । अभिशेष गौतमले लुम्बिनीका लागि डुप्लेसीको सफलता दिलाएका हुन् ।

डुप्लेसी पवेलियन फर्किएसँगै क्रिजमा आएका साम हेजलेटले लोकेश बमसँग मिलेर तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गरे । १२औं ओभरको चौथो बलमा जोनाथन स्मिथले लोकेशलाई पवेलियनको बाटो देखाए । आफ्नो ओभरमा स्मिथ आफैले क्याच लिएका थिए । १२ रन जोड्न नपाउँदै नारायण जोशी शेरको बलमा एलबिडब्लुको शिकार बने । एक रनपछि हेजलेटलाई शेरले दिलीप नाथबाट क्याच गराए ।

१७औं ओभरको दोस्रो बलमा प्रतीस जिसी कप्तान रोहित पौडेलबाट रनआउट भए । जतिबृेृला स्कोरबोर्डमा १०५ रन बनेको थियो । वसीर अहमद र डी ल्याङले त्सपछि सातौं विकेटका लागि ३० रनको साझेदारी गरे । अन्तिम ओभरको दोस्रो बलमा ठूलो ‘शट’ प्रहार गर्ने चक्करमा वसीर आउट भए । ट्रम्पलम्यानले वसीरलाई टिलक भण्डारीबाट क्याच गराए । एक बल बाँकी छँदा साहिल पटेल सन्दीप जोरा र डिकवेलाको ‘कम्बिनेसन’मा रनआउट भए ।
 


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II