मंसिर २६, २०८२ शुक्रबार | २३:४६:४२
जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत नुवाकोटमा ‘स्वाथ्यका लागि खेलकुद’ तालिम कार्यक्रम सम्पन्न सिन्धुपाल्चोक र नेपालगञ्ज स्पोर्टिङ सी डिभिजन लिगमा छनोट इन्ट्रा म्याड्रिस्टा फुटसलको तयारी पूरा महिला भलिबल प्रशिक्षण क्लिनिक सुरु एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत नुवाकोटमा ‘स्वाथ्यका लागि खेलकुद’ तालिम कार्यक्रम सम्पन्न सिन्धुपाल्चोक र नेपालगञ्ज स्पोर्टिङ सी डिभिजन लिगमा छनोट इन्ट्रा म्याड्रिस्टा फुटसलको तयारी पूरा महिला भलिबल प्रशिक्षण क्लिनिक सुरु एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

लुम्बिनीलाई विराटनगरको मध्यम लक्ष्य

काठमाडौं । दक्षिण अफ्रिकी ब्याटर फाफ डुप्लेसीको उपस्थितिमा उत्सहित विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सविरुद्ध १४५ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरको समाप्तिमा ८ विकेट गुमाउँदै १४४ रनको योगफल खडा गर्यो ।

विराटनगरका लागि तेस्रो नम्बरमा आएका लोकेश बलमे ४२ बलमा समान दुई चौका र छक्कासहित ३५ रनको पारी खेले । त्यस्तै मध्यक्रमका ब्याटर वसीर अहमदले २८ रन जोड्दा चौथो नम्बरमा आएका साम हेजलेटले २७ रन बनाए । डुप्लेसी १२ रनमा पवेलियन फर्किँदा प्रतीस जिसीले ११ र मार्सेन्ट डी ल्याङले १० रन जोडे ।

लुम्बिनीका लागि शेर मल्ले चार ओभरमा २५ रन खर्चिँदै तीन विकेट लिए । त्यस्तै जोनाथन स्मिथ, अभिशेष गौतम र रुवेन ट्रम्पलम्यानले समान एक विकेट लिए ।

विराटनगरले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा दुई विकेट गुमाउँदै ३४ रन जोडेको थियो ।

पहिलो खेल खेलिरहेका दक्षिण अफ्रिकी ब्याटर फाफ डुप्लेसी १२ रनमा पवेलियन फर्किए । त्यसअघि जर्ज मुन्से पहिलो ओभरमा ‘डक आउट’ भए । शेर मल्लको दोस्रो बलमा मुन्से एलबिडब्लुको शिकार बने ।

तेस्रो ओभरको अन्तिम बलमा डुप्लेसी विकेटकिपर निरोशन डिकवेलाबाट स्टम्प आउट भए । अभिशेष गौतमले लुम्बिनीका लागि डुप्लेसीको सफलता दिलाएका हुन् ।

डुप्लेसी पवेलियन फर्किएसँगै क्रिजमा आएका साम हेजलेटले लोकेश बमसँग मिलेर तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गरे । १२औं ओभरको चौथो बलमा जोनाथन स्मिथले लोकेशलाई पवेलियनको बाटो देखाए । आफ्नो ओभरमा स्मिथ आफैले क्याच लिएका थिए । १२ रन जोड्न नपाउँदै नारायण जोशी शेरको बलमा एलबिडब्लुको शिकार बने । एक रनपछि हेजलेटलाई शेरले दिलीप नाथबाट क्याच गराए ।

१७औं ओभरको दोस्रो बलमा प्रतीस जिसी कप्तान रोहित पौडेलबाट रनआउट भए । जतिबृेृला स्कोरबोर्डमा १०५ रन बनेको थियो । वसीर अहमद र डी ल्याङले त्सपछि सातौं विकेटका लागि ३० रनको साझेदारी गरे । अन्तिम ओभरको दोस्रो बलमा ठूलो ‘शट’ प्रहार गर्ने चक्करमा वसीर आउट भए । ट्रम्पलम्यानले वसीरलाई टिलक भण्डारीबाट क्याच गराए । एक बल बाँकी छँदा साहिल पटेल सन्दीप जोरा र डिकवेलाको ‘कम्बिनेसन’मा रनआउट भए ।


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II