मंसिर २६, २०८२ शुक्रबार | २३:५६:००
जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत नुवाकोटमा ‘स्वाथ्यका लागि खेलकुद’ तालिम कार्यक्रम सम्पन्न सिन्धुपाल्चोक र नेपालगञ्ज स्पोर्टिङ सी डिभिजन लिगमा छनोट इन्ट्रा म्याड्रिस्टा फुटसलको तयारी पूरा महिला भलिबल प्रशिक्षण क्लिनिक सुरु एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत नुवाकोटमा ‘स्वाथ्यका लागि खेलकुद’ तालिम कार्यक्रम सम्पन्न सिन्धुपाल्चोक र नेपालगञ्ज स्पोर्टिङ सी डिभिजन लिगमा छनोट इन्ट्रा म्याड्रिस्टा फुटसलको तयारी पूरा महिला भलिबल प्रशिक्षण क्लिनिक सुरु एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

एनपिएलः विराटनगरलाई लुम्बिनीको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा बुधबार मात्र एउटा खेल हुनेछ । दिउँसो ४ बजे हुने खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सले एकअर्कासँग प्रतिस्पर्धा गर्दैछन् ।

लुम्बिनीलाई हराए सन्दीप लामिछाने मार्की रहेको विराटनगरले प्लेअफ समीकरणमा आफ्नो स्थानलाई सुरक्षित गर्नेछ । पाँचमध्ये चार खेलमा विजयी हासिल गरेको विराटनगर हाल अंकतालिकाको तेस्रो स्थानमा छ ।

प्लेअफ सम्भावनालाई जीवितै राख्ने हो भने रोहित पौडेल मार्की रहेको लुम्बिनीलाई जितको विकल्प छैन । समान खेलमा लुम्बिनीले मात्र चार अंक जोडेको छ । विराटनगरसँग हार बेहोरे लुम्बिनीसँग प्रतिस्पर्धाका लागि केवल चौथो स्थान बाँकी रहनेछ । किनभने विराटनगरसँगै काठमाडौंको पहिले नै ८ अंक छ । यो भनेको चार टोलीसँगको लडाई हो ।

पछिल्लो खेलमा पोखरा एभेन्जर्समाथि तीन विकेटको रोमाञ्चक जित हासिल गरेको लुम्बिनी जितको लयलाई कायम राख्न चाहन्छ । विराटनगरले पनि आफ्नो पछिल्लो खेलमा कर्णालीलाई तीन विकेटले नै हराएको थियो । यो खेल त झन् एनपिएल सिजन २ कै रोमाञ्चकमध्ये एक थियो । १६० रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको विराटनगरका लागि एक बल बाँकी छँदा मध्यक्रमका ब्याटर वसीर अहमदले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाएका थिए ।

विराटनगरका लागि लुम्बिनीविरुद्धको खेल केही विशेष हुनेछ । किनभने लुम्बिनीविरुद्ध बहुप्रतिक्षित क्रिकेट अनुहार मैदानमा उत्रिँदैछन् । सोमबार काठमाडौं आइपुगेका दक्षिण अफ्रिकी ब्याटर फाफ डुप्लेसीले विराटनगरको जर्सी लगाउँदैछन् ।
 


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II