मंसिर २७, २०८२ शनिबार | ००:०४:४८
‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत नुवाकोटमा ‘स्वाथ्यका लागि खेलकुद’ तालिम कार्यक्रम सम्पन्न सिन्धुपाल्चोक र नेपालगञ्ज स्पोर्टिङ सी डिभिजन लिगमा छनोट ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत नुवाकोटमा ‘स्वाथ्यका लागि खेलकुद’ तालिम कार्यक्रम सम्पन्न सिन्धुपाल्चोक र नेपालगञ्ज स्पोर्टिङ सी डिभिजन लिगमा छनोट

चाइनिज ताइपेइविरुद्ध मीना र मनमाया पहिलो रोजाईमा, गोलपोस्ट र कप्तानको जिम्मेवारी अञ्जिलालाई

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत चाइनिज ताइपेइविरुद्ध खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ ।

मंगलबार मुख्य प्रशिक्षक नवीन न्यौपानेले स्ट्राइकर मीना देउवा र लेफ्ट ब्याक मनमाया दमाईलाई पहिलो रोजाईमा मौका दिएका छन् । त्यस्तै गोलपोस्टको जिम्मेवारीमा अञ्जिला तुम्बापो सुब्बालाई दिइएको छ ।

इन्डोनेसियाविरुद्ध मीना र मनमायाले बेन्चबाट मैदानमा प्रवेश गर्ने मौका पाएका थिए । मनमायाले अट्याकिङ मिडफिल्डर अनिता बस्नेतलाई प्रतिस्थापन गर्दा मीनाले रश्मिकुमारी घिसिङ ठाउँ लिएकी हुन्  । इन्डोनेसियासँग गोलपोस्टको जिम्मेवारी अञ्जना रानामगरलाई दिइएको थियो ।

रक्षापङ्क्तिमा मनमायासँगै हिराकुमारी भुजेल, समीक्षा घिमिरे, पूजा राना र विमला विक छन् । त्यस्तै दीपा शाही, रेनुका नगरकोटे र प्रीति राई मिडफिल्डमा हुनेछन् । अग्रपङ्क्तिमा मीनालाई रेखा पौडेलको साथ रहनेछ ।

नेपाल र चाइनिज ताइपेइ अन्तर्राष्ट्रिय मञ्चमा पहिलो पटक आमने–सामने हुँदैछन् । फिफा वरियतामा नेपालभन्दा ४५ स्थान माथि रहेको चाइनिज ताइपेइले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण श्रृंखलाको पहिलो खेलमा इन्डोनेसियालाई ५–० ले हराएको थियो । नेपालले भने आफूभन्दा कम वरियताको इन्डोनेसियासँग २-१ को अनपेक्षित पराजय बेहोर्यो । श्रृंखलाको उपाधि जित्न चाइनिज ताइपेइलाई नेपालविरुद्ध बराबरीको नतिजा पर्याप्त हुनेछ ।

इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजे हुनेछ ।


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II