फाल्गुन २७, २०८२ बुधबार | ०३:५७:५५
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

अन्तर्राष्ट्रिय फुटबलमा पूर्णिमाको डेब्यू

काठमाडौै । संकटा क्लबकी स्ट्राइकर पूर्णिमा राईले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेकी छन् ।

मंगलबार पूर्णिमाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत चाइनिज ताइपेइविरुद्ध पहिलोपटक राष्ट्रिय टोलीको जर्सी लगाएकी हुन् । नेपाल १–० ले पराजित भएको खेलमा पूर्णिमाले ८०औं मिनेटमा रश्मिकुमारी घिसिङलाई प्रतिस्थापन गरेकी थिइन् ।

उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्दै आएकी पूर्णिमाले दोस्रो प्रयासमा अन्तर्राष्ट्रिय क्याप जितेकी हुन् । गत महिना सिलोङमा भएको त्रिदेशीय अन्तर्राष्ट्रिय कपमा पूर्णिमा पहिलोपटक सिनियर टोलीमा परेकी थिइन् । त्यतिबेला नेपालले इरान र भारतसँग प्रतिस्पर्धा गर्दा पूर्णिमाले ‘प्लेइङ मिनेट्स’ पाएकी थिइनन् । लगत्तै सिक्किममा भारतसँगै भएको अनौपाचारिक मैत्रीपूर्ण खेलमा पूर्णिमाले पहिलो रोजाईमै मैदानमा उत्रिने मौका पाएकी थिइन् । तर, उक्त खेलले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा पूर्णिमाले आधिकारिक ‘डेब्यू’का लागि अझै केही समय कुर्नुपरेको थियो ।

पूर्णिमाले पछिल्लो एन्फा राष्ट्रिय महिला लिगमा कोशी प्रदेशको प्रतिनिधित्व गरेकी थिइन् । गत जुलाईमा सम्पन्न साफ यु-२० च्याम्पियनसिपमा पूर्णिमाले सर्वाधिक गोलकर्ताको पुरस्कार जितेकी थिइन् । ढाकामा पूर्णिमाले ६ खेलमा कूल १० गोल गरेकी गरिन् । सन् २०२४ मा ढाकामै भएको साफ यु-१९ च्याम्पियनसिपमा पनि पूर्णिमा टोलीमा समावेश थिइन् ।

गत अगस्टमा भुटानको थिम्पुमा सम्पन्न एएफसी यु-२० एसियन कप छनोट पूर्णिमाले उमेर समूहमा खेलेको पछिल्लो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||