मंसिर २७, २०८२ शनिबार | ००:४४:५४
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत

कर्णालीको प्लेअफ पुग्ने चुनौती समाप्त, पोखराको सम्भावना जिवितै

काठमाडौं । इङ्लिस ब्याटर एडम रसिङ्टनको ब्याटले रनको वर्षा गर्ने क्रमले निरन्तरता पाउँदा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ को प्लेअफमा स्थान बनाउने चुनौतीलाई जीवितै राखेको छ ।

मंगलबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराले आफ्नो पाँचौं खेलमा कर्णाली याक्समाथि ३४ रनको सानदार जित हासिल गर्यो । आक्रमक सुरआत गरेपनि पोखराले दिएको २०२ रनको विशाल लक्ष्य कर्णालीले पछ्याउन सकेन । कर्णालीले १९ ओभरमा सबै विकेट गुमाएर मात्र १६७ रन जोड्न सक्यो । योसँगै ६ मध्य पाँच खेलमा हार बेहोरेको कर्णाली प्लेअफ समीकरणबाट बाहिरिने पहिलो टोली बन्यो ।

कर्णालीका लागि मार्क वाटले ३४ बलमा चार चौका र पाँच छक्कासहित ५९ रनको पारी खेले थिए । एनपिएल सिजन २ मा स्काट्ल्यान्डका वाटको यो दोस्रो अर्धशतक हो । यसअघि वाटले लुम्बिनी लायन्सविरुद्ध ११४ रनको सानदार पारी खेलेका थिए ।

पाँचौं नम्बरका नाजिबुल्लाह जद्रानले २४ रन जोडे । त्यस्तै चौथो नम्बरका पवन शराफले १९, ओपनर प्रियान्क पन्चालले १६, कप्तान सोमपाल कामीले १३ र दीपेन्द्र रावतले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेन ।

पोखराका लागि धनन्जय लक्ष र ऋषि धवनले समान तीन विकेट लिए । यसैगरी किरण ठगुन्ना, सन्दीप क्षेत्री र कप्तान भुर्तेलको नाममा समान एक विकेट रह्यो ।

वाटको आक्रमक ब्याटिङमा कर्णालीले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा एक विकेट गुमाउँदै ६९ रन जोडेको थियो । यसबीच प्रियान्क लक्षको बलमा त्रिटराज दासबाट क्याच भए ।

स्कोरबोर्डमा ७७ रन हुँदा विकेटकिपर जयकिशन कोल्स्वालालाई सन्दीपले रसिङ्टनबाट स्टम्प आउट गरिदिए । १०औं ओभरको पाँचौं बलमा पोखराले वाटको विकेट हासिल गर्यो । वाट किरणको बलमा त्रिटराजबाट क्याच भए । जतिबेला कर्णालीले ९५ रन जोडिसकेको थियो । १० ओभर बाँकी रहँदा कर्णालीलाई प्रति ओभर १०.७ को रन आवश्यक थियो । तर, वाटको विकेटपछि कर्णालीको एकपछि अर्को विकेटको पतन भयो ।

१३औं ओभरको दोस्रो बलमा ऋषिले पवन शराफलाई भुर्तेलबाट क्याच गराए । अघिल्लो खेलमा आक्रमक ब्याटिङ गरेका गुल्सन झालाई पोखराले पाँचौं शिकार बनायो । भुर्तेलको बलमा विपीन खत्रीबाट क्याच भएका गुल्सनले ९ रनभन्दा बढी जोड्न सकेनन् । १४५ रन हुँदा कर्णालीले छैटौं विकेटका रुपमा नाजिबुल्लाह जद्रानलाई गुमायो । जद्रान ऋषिको बलमा किरणबाट क्याच भए । १३ रनपछि दीपेन्द्र रावत ऋषिबाटै रनआउट भए । त्यसपछि ऋषिले सोमपालको विकेट लिए । सोमपाल लक्षबाट क्याच भए ।

स्कोरबोर्डमा १६७ रन हुँदा कर्णालीले नवौं र १०औं विकेट गुमायो । सुरुमा युनिस सिंह लक्षको बलमा रसिङ्टनबाट क्याच भए । विपीनको हकमा पनि त्यही कथा दोहोरियो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराका लागि अन्तिम रसिङ्टनले शतकीय पारी खेले । एनपिएल सिजन २ मा शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका रसिङ्टनले ५५ बलमा ११ चौका र ६ छक्कासहित १०१ रनको बनाए । विकेटकिपर ओपनर रसिङ्टनले तेस्रो नम्बरमा आएका जेसन रोयबाट बलियो साथ पाए । इङ्लिस सहकर्मी रोयले ३४ बलमा दुई चौका र तीन छक्कासहित ४६ रन बनाए । त्यस्तै धनन्जय लक्सनले अविजित २३ रनको योगदान गरे ।

कर्णालीका लागि नन्दन यादव र मार्क वाटले एक-एक विकेट लिए ।

पोखराले पावरप्लेमा एक विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेल पाँचौं ओभरमा १८ रन जोड्दै पवेलियन फर्किएका थिए । वाटको बलमा भुर्तेल नन्दनबाट क्याच भए । भुर्तेल र रसिङ्टनले पहिलो विकेटका लागि ३४ रनको साझेदारी गरे । त्यसपछि रसिङ्टनले एनपिएलकै पहिलो खेल खेलिरहेका रोयसँग मिलेर दोस्रो विकेटका लागि १२७ रनको साझेदारी गरे । यो एनपिएल इतिहासकै तेस्रो सर्वाधिक साझेदारी हो ।

१७औं ओभरको पाँचौं बलमा नन्दनले रोयको विकेट लिँदै कर्णालीलाई ‘ब्रेक थ्रु’ दिलाए । रोय प्रियान्क पन्चालबाट क्याच भए । त्यसपछि आएका धनन्जयले रसिङ्टनसँग मिलेर तेस्रो विकेटका लागि ४० रनको साझेदारी गरेपछि पोखराले विशाल लक्ष्य खडा गर्यो ।

जितसँगै पोखरा अंकतालिकाको चौथो स्थानमा उक्लियो । पाँचमध्ये पोखराले दुई खेलमा जित हासिल गरेको छ ।


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II