मंसिर ९, २०८२ मंगलबार | ०२:४५:०९
शतक र अर्धशतक बनाए लुम्बिनीका खेलाडी नगदबाट पुरस्कृत हुने । च्यारिटी डिनरबाट सहारा एकेडेमीलाई १७ लाख आरा रारा गोल्डकप माघको अन्तिमबाट दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा कर्णालीविरुद्ध सुदूरपश्चिमको रवाफिलो जित सुदूरपश्चिमविरुद्ध कर्णालीको खराब सुरुआत विश्वकप उपविजेता दृष्टिविहिन महिला टिमलाई प्रधानमन्त्री कार्कीको बधाई एएफसी यु–१७ एसियन कप छनोटः नेपालको लगातार दोस्रो हार कर्णालीविरुद्ध सुदूरपश्चिमको मध्यम लक्ष्य सन्दीप चम्किएपछि विराटनगरको लगातार तेस्रो जित जनकपुरलाई दोस्रो जित निकाल्न विराटनगरले दियो १३६ रनको लक्ष्य शतक र अर्धशतक बनाए लुम्बिनीका खेलाडी नगदबाट पुरस्कृत हुने । च्यारिटी डिनरबाट सहारा एकेडेमीलाई १७ लाख आरा रारा गोल्डकप माघको अन्तिमबाट दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा कर्णालीविरुद्ध सुदूरपश्चिमको रवाफिलो जित सुदूरपश्चिमविरुद्ध कर्णालीको खराब सुरुआत विश्वकप उपविजेता दृष्टिविहिन महिला टिमलाई प्रधानमन्त्री कार्कीको बधाई एएफसी यु–१७ एसियन कप छनोटः नेपालको लगातार दोस्रो हार कर्णालीविरुद्ध सुदूरपश्चिमको मध्यम लक्ष्य सन्दीप चम्किएपछि विराटनगरको लगातार तेस्रो जित जनकपुरलाई दोस्रो जित निकाल्न विराटनगरले दियो १३६ रनको लक्ष्य
शनिबारको दिन नेपाली फुटबल

‘राकेश दाइ मेरा आदर्श, अनि सनिसमा आफैलाई पाउँछु’

अखिल नेपाल फुटबल संघ (एन्फा) आफैले कुनै प्रतियोगिता नगर्दा घरेलु पुरुष लथालिंग छ । खेलाडीहरु दिनप्रतिदिन निराश भएर विदेशिने क्रम बढ्दो छ । यसैक्रममा समग्र नेपाली फुटबल जसरी ओराली लागिरहेको छ, त्यही अवस्था विभागीय टोलीहरुको पनि छ ।  नेपाली फुटबलको यही दुरावस्थाबीच नेपाली राष्ट्रिय पुरुष टोलीका पूर्व खेलाडी रविन श्रेष्ठले आफ्नो प्रशिक्षण करियर सुरु गरेका छन् । रविन विभागीय टोली नेपाल पुलिसको स्वर्णिम पुस्ताका खेलाडी हुन् ।

राष्ट्रिय जर्सीमा एक दशकभन्दा धेरै समय बिताएका रविनलाई करियरको उत्तरार्धमा इन्जुरीले निकै सतायो । साफ च्याम्पियनसिप २०१३ मा भारतलाई हराउँदा दोस्रो गोलमा दर्शनीय असिस्ट गरेका रविन प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । नेपाली पुरुष फुटबलले पाएको अहिलेसम्मकै उत्कृष्ट लेफ्ट ब्याक रविनले खेलाडी डटकमसँग खेलाडी टक्समा आफ्नो करियरका उतावचढाव, प्राप्त सफलता र नेपाली फुटबलको पछिल्लो अवस्थाका बारेमा आफ्नो भावना यसरी साटेका थिए । त्यही कुराकानीको सम्पादित अंशः

रविन अचेल केमा व्यस्त हुनुहुन्छ ?

अहिले म प्रशिक्षणतिर व्यस्त छु । पहिले फुटबल खेलिन्थ्यो । अहिले जिम्मेवारी फेरिएको छ ।

अहिले नेपाली पुलिस क्लबको हरेक टोलीमा तपाइँलाई देखिन्छ, तपाइँको भूमिका चाहिँ के हो ?

फुटबल जहाँ भए पनि जान मन लाग्छ । पुलिस क्लबमा भइसकेपछि हामीले अनेकौं जिम्मेवारी पाइरहेका हुन्छौं । महिला टोलीमा म अहिले मुख्य प्रशिक्षक भोला (सिलवाल) दाइलाई सहयोग गरिरहेको छु । त्योभन्दा अगाडि सिनियर पुरुष टोलीमा मुख्य प्रशिक्षक साथी चेतन (घिमिरे) लाई पनि के कसरी हुन्छ सहयोग गरेँ । संगठनले मलाई यो काममा राम्रो छ भनेर खटाएजस्तो लाग्छ । मैले सकेको र जानेको कुराहरु खेलाडीमा बाढिरहेको छु ।

तपाइँ पुलिसको स्वर्णिम कालको खेलाडी, पुलिसको पुरानो साख आजभोलि देखिँदैन, यस्तो अवस्था कसरी आयो ?

मैले राकेश (श्रेष्ठ) दाइ, हरि (खड्का) दाइ, अनन्त (थापा) दाइको समय पनि देखेँ । उहाँहरुसँग छोटो समय खेल्न पनि पाएँ । त्यसपछि आफूले पनि क्लबलाई लिग जिताउन भूमिका खेलेँ । म खेल्दासम्म पनि पुलिस एकदमै राम्रो थियो । तर, आज अवस्था फेरिएको छ । पुलिस पहिले जस्तो रहेन । हामी इङ्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड जस्तै भएका छौं । हामी युनाइटेड जस्तै ‘ट्रान्जिसन फेज’मा छौं ।

अहिले नेपाली फुटबलमा खेलाडीको अभाव छ । त्यसैले हामीले आन्तरिक तहबाटै खेलाडीलाई फुटबल खेलाउन बाध्य भएका छौं ।  आइजिपी सिल्डबाट राम्रा प्रतीभा छानेर नयाँ खेलाडीलाई भर्ती गरिरहेका छौं ।

खेलाडी टक्समा रविन श्रेष्ठ, तस्वीरः खेलाडी ।

तपाइँ एन्फा एकेडेमीको उत्पादन हुनुहुन्छ, त्यतिबेला व्यावसायिक फुटबलमा तपाइँले पुलिस रोज्नुभयो । पछिल्लो अवस्थामा नेपाली खेलाडी पुलिसमा जान किन चाहदैनन् ?

मैले खेल्ने बेलामा खेलाडीलाई त्यस्तो धेरै पैसा थिएन । खेलाडीमा फुटबल खेल्नुपर्छ भन्ने भावना थियो । त्यतिबेला पुलिसलाई हेर्दा यो टोलीमा खेल्न पाए हुन्थ्यो जस्तो लग्थ्यो । खेलाडीहरु जबर्जस्त थिए । मैले भविष्य पनि सोचेँ ।

विस्तारै क्लबहरुले खेलाडीलाई मोटो रकम दिन थालेका थिए । आजभोलि खेलाडीलाई पैसा चाहिन्छ भन्ने भएको छ । पैसा चाहिन्छ पनि । खेलाडी अहिले विभाग बाहिरका क्लबमा सन्तुष्ट छन् ।

अहिले टचलाइनमा बसिरहँदा कस्तो महसुस हुन्छ ?

मैले मेरो करियरमा खेलेका सबै खेलहरुलाई मन मस्तिष्कमा राखेको छु । टचलाइनमा बसिरहँदा मेरा खेलाडीले म जस्तै खेलुन भन्ने लाग्दोरहेछ । मैदानलाई न्याय गरुन जस्तो लाग्छ ।

अहिले कुन कुन खेलाडीले रविन श्रेष्ठलाई प्रभावित पार्छन ?

अहिले राष्ट्रिय टोलीमा मलाई मनपर्ने खेलाडी भनेको रोहित चन्द हो । राइट ब्याक र लेफ्ट ब्याकको कुरा गर्ने हो भने मलाई सनिस श्रेष्ठ एकदमै मनपर्छ । म आफ्नो केही कुरा उहाँमा पाउँछु । बाहिरबाट हेर्दा म आफैं खेलिरहेको छु जस्तो लाग्छ । सनिस भित्र म पनि छु कि जस्तो महसुस हुन्छ ।

खेलाडी टक्समा रविन श्रेष्ठ, तस्वीरः खेलाडी ।

राष्ट्रिय टोलीमा आउनुअघि तपाईँलाई मनपर्ने लेफ्ट ब्याक को हुनुहुन्थ्यो ?

लेफ्ट ब्याकमा अञ्जन (केसी) दाइबाट प्रभावित थिएँ । उहाँको लेफ्ट फुटेड फ्रिकिक एकदमै मनपथ्र्यो । दाइको केही कुरा लिएरै अगाडि बढेको हुँ ।

समग्र नेपाली फुटबलमा तपाईँको आइडल को हुनुहुन्थ्यो ?

मेरो आइडल खेलाडी राकेश (श्रेष्ठ) दाइ हुनुहुन्थ्यो । दाइ एकदमै अनुशासित खेलाडी हुनुहुन्थ्यो । मैले दाइसँग धेरै पटक रुम सेयर गरेको छु । दाइबाट फुटबलबाहेक पनि धेरै कुराहरु सिकेको छु । व्यवहारिक रुपमा उहाँबाट मैले प्रशस्त मात्रामा ज्ञान प्राप्त गरेको छु । दाइको शालीनता, त्यो क्याप्टेनसिप, जायन्ट पर्सनालिटीले मेरो करियरमा धेरै प्रभाव पारेको छ । मैले केही गल्ती गरिहाले पनि दाइ छँदै हुनुहुन्छ नि भन्ने भावना हुन्थ्यो । डिफेन्डिङका बारेमा धेरै सुझावहरु दिनुहुन्थ्यो ।

तपाइँले पुलिस करियरको सुरुआती वर्षमा सँगै खेलेका सिनियर खेलाडीहरुसँग अहिले भेट हुन्छ ?

विदेशबाट दाइहरुले सम्झेर फोन गर्नुहुन्छ । खुसी लाग्छ । भोला दाइ यहीँ हुनुहुन्छ, राकेश दाइ र अनन्त (थापा) दाइ पनि यहीँ हुनुहुन्छ । रमेश (बुढाथोकी) दाइ त मेरो छिमेकी नै बन्नुभएको छ । बेलाबखत कुरा भइरहन्छ ।

खेलाडी टक्समा रविन श्रेष्ठ, तस्वीरः खेलाडी ।

इन्जुरीले गर्दा फुटबल त्याग्नु पर्दा कस्तो महसुस हुन्छ ?

करियरलाई लिएर म त्यति धेरै नकारात्मक पनि छैन । राष्ट्रलाई ११ वर्ष दिँदा खेरि मैले राष्ट्रका लागि केही योगदान गर्ने मौका पाएँ । यसबीच मैले सोलिडारिटी कप र बंगबन्धु कपको उपाधि जितेँ । अनि साफ च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडीको उपलब्धि पनि हासिल गरेँ । यी कुराले गर्दा दुःख लाग्दैन । तर, मैले देशका लागि अझ धेरै योगदान गर्न सक्थेँ । अझ धेरै फुटबल खेल्न सक्थेँ । चोटका कारण अली चाँडै खेल्न छोड्नुपर्यो भन्ने सम्झँदा चाँही दुःख लाग्छ ।