काठमाडौं । मलेसियाको क्वालालम्पुरमा यही डिसेम्बर ३ देखि ७ सम्म हुने आइइएसएफ विश्व ईस्पोर्टस च्याम्पियनसिप २०२५ मोबाइल लिजेन्ड्सः ब्याङ ब्याङ (एमएलबीबी)मा सहभागिता जनाउने नेपाली टोलीको बिदाई गरिएको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार टोलीलाई शुभकामनासहित बिदाई गरेका हुन् ।
बिदाई कार्यक्रममा श्रेष्ठले इस्पोर्टसले पछिल्लो समय विश्वव्यापी रुपमै लोकप्रियता कमाइरहेको र भावी दिनमा एनओसीले खेलाडीलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आइइएसएफ विश्व ईस्पोर्टस च्याम्पियनसिपमा नेपालले महिला र पुरुष दुबै विधामा सहभागिता जनाउँदैछ ।
नेपाली टोली (पुरुष)
विकास तामाङ, किशोर गुरुङ, आयुष भण्डारी, आयुष राई र अभिषेक वाइबा, म्याथ्यू ह्वी योङ तान (प्रशिक्षक)
नेपाली टोली (महिला)
रुशु तामाङ, प्रकृति तामाङ, स्नेहा राई, एक्सा माबो र दुर्सन राई, सूमित श्रेष्ठ (प्रशिक्षक)
