चैत्र १, २०८२ आइतबार | ०३:४५:५२
अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा

महालक्ष्मी तेस्रो वडाकपमा सैलेन्द्र च्याम्पियन

काठमाडौं । नेपालका सैलेन्द्र न्यौपानेले महालक्ष्मी नगरपालिका वडा नं ९ को आयोजनामा भएको तेस्रो वडा अध्यक्ष कप चेस प्रतियोगितामा ८ अंकका साथ प्रथम स्थान हासिल गरेका छन् ।

नेपालका राष्ट्रिय खेलाडी सहित २०० तथा भारतका १३ खेलाडीबीच भएको प्रतिस्पर्धाको विजेता भएपछि न्यौपानेले पुरस्कारस्वरुप २५ हजार रुपैयाँ प्राप्त गरे ।

त्यस्तै रिशोन थापा र मुहाननरसिङ श्रेष्ठ ७.५ अंकका साथ क्रमशः दोश्रो र तेश्रो स्थानमा रहे । शीर्ष ६ मा धेरै खेलाडीबीचको अन्तर थोरै अंकको मात्र थियो । जसले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको थियो ।

फिडे मास्टर क्षितिज भण्डारी, कविन्द्र शिवाकोटी, बद्रिलाल नेपाली समान ७.५ अंकका साथ चौथो, पाचौ, छैठौं स्थानमा रहे भने हेटौंडाका सिएम कृष्ण थापा, मिशन थापा, महालक्ष्मी नगरपालिकाका सुरोज महर्जन, सिएम नवीन तण्डुकार सातौं देखी दशौं स्थानमा रहे ।

प्रतियोगितामा ३२ जना विविध विधामा पुरस्कृत भएका थिए । प्रतियोगिता प्रमुख निर्णायक फिडे आर्विटर हरिकृष्ण श्रेष्ठको रोहवरमा भएको थियो । 
२ दिन सम्म चलेको प्रतियोगिताका विजेताहरुलाई महालक्ष्मी नगरपालिकाका वडा नम्बर ९ का अध्यक्ष जयकृष्ण बोगटी लगायतले पुरस्कार वितरण गरेका थिए।

कार्यक्रममा नगर बुद्धिचाल संघका अध्यक्ष महेन्द्रदेव सिंह , ललितपुर जिल्ला बुद्धिचाल सघका अध्यक्ष विक्रम श्रेष्ठ, एशियाली खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष निरन्जन राजवंशी, कार्यपालिका सदस्य कुमार वयलकोटी, वडा सदस्यहरु रामकेशर थापा, बेली सुर्खेती कानूनी सल्लाहकार, राजनीतिक दलका प्रतिनिधी, सहकारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती थियो ।


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||