फाल्गुन ३०, २०८२ शनिबार | ०२:५०:१९
इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे
शनिबारको दिन

आइपिएलका टोली (भाग १)

आइपिएल सिजन २०२६ यही मार्च २८ बाट सुरु हुँदैछ । कस्ता छन् उपाधिका लागि दाबेदारी दिन लागेका १० टोली ?

लखनउ सुपर जायन्ट्सलखनउ सुपर जायन्ट्स आइपिएलकै नयाँ फ्रेन्चाइजमध्ये एक हो । सन् २०२२ मा पहिलो पटक आइपिएलमा सहभागिता जनाएको लखनउ आरपिएसजी समूहको स्वामित्वमा छ ।

नयाँ टोली भए पनि लखनउले छोटो समयमै आइपिएलमा प्रतिस्पर्धात्मक टोलीका रूपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । टोलीले सुरूआती दुई सिजनमै राम्रो प्रदर्शन गरेको थियो ।

केएल राहुलको कप्तानीमा २०२२ र ०२३ सिजनमा टोली प्लेअफसम्म पुगेको थियो । तर, २०२४ सिजनमा टोलीले अपेक्षाअनुसार सफलता हासिल गर्न सकेन । टोली प्लेअफमा पुग्न असफल भयो । त्यसपछि टोलीमा नेतृत्व परिवर्तन गर्दै भारतीय विकेटकिपर-ब्याटर ऋषभ पन्तलाई कप्तान बनाइएको थियो । जतिबेला उनी कीर्तिमानी २७ करोड बोलीमा लखनउ पुगेका थिए ।

लखनउमा अन्तर्राष्ट्रिय स्टार खेलाडीहरूको बाहुल्य छ । ब्याटिङ लाइनअपमा निकोलस पुरन, डेविड मिलर, मिचेल मार्स र एडेन मारक्रम जस्ता अनुभवी खेलाडी छन् । यी खेलाडीले टोलीलाई मध्यक्रममा आक्रामक र स्थिरता दिने गर्छन् । युवा भारतीय खेलाडी आयुष बडोनीले पनि महत्त्वपूर्ण अवसरहरूमा उत्कृष्ट प्रदर्शन गरी आफूलाई प्रमाणित गरिरहेका छन् ।

बलिङमा पनि टोलीसँग बलियो संयोजन छ । लेग स्पिनर रवि विष्णोइ मध्यओभरमा महत्त्वपूर्ण भूमिका खेल्ने खुबी राख्छन् । त्यस्तै आवेश खान, मयंक यादव र मोहसिन खान जस्ता तीव्र गतिका बलरहरूले पेस आक्रमणलाई बलियो बनाएका छन् । भेट्रान बलर मोहम्मद सामी छुटाउनै नहुने अर्का नाम हो ।

गत सिजन लखनउले सातौं स्थानमा रहेर लिग टुंग्याएको थियो । टोलीका लागि मिचेल मार्सले सर्वाधिक रन बनाएका थिए । सेटब्याकका बावजुद टोलीले अन्तर्राष्ट्रिय स्टार र उदाउँदै गरेका प्रतिभालाई विश्वास गरेको छ ।

टोलीका मुख्य प्रशिक्षक हुन् अस्ट्रेलियाका पूर्व ओपनर जस्टिन ल्याङ्गर । ‘डाइनामिक’ कप्तान ऋषभ पन्त र अनेकौं म्याच विनर अनि प्रतिभाशाली युवा खेलाडीको मिश्रण रहेको लखनउ यसपालि उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।

गुजरात टाइटन्स

लखनउ सुपर जायन्ट्स जस्तै गुजरात टाइटन्स पनि नयाँ फ्रेन्चाइजमध्ये एक हो । तर, गुजरातले आफूलाई पूर्व च्याम्पियनका रूपमा उभ्याइसकेको छ । सन् २०२२ मा डेब्यु गरेको अहमदाबादस्थित यो टोलीले पहिलो सिजनमै हार्दिक पाण्ड्याको कप्तानीमा आइपिएल उपाधि जितेको थियो ।

आफ्नो दोस्रो सिजनमा पनि टोलीले फाइनलको यात्रा ग¥यो । यसपालि भने टोली उपविजेतामा सीमित रह्यो । त्यसपछि टोलीमा नेतृत्व परिवर्तन भयो र युवा भारतीय स्टार शुभमन गिल नयाँ कप्तान बने । अहिले गिलको नेतृत्वमा टोलीले युवा प्रतिभालाई केन्द्रमा राखेर बलियो संरचना निर्माण गर्ने प्रयास गरिरहेको छ ।

गुजरात टाइटन्सको टोली सन्तुलित छ । ब्याटिङ लाइनअपमा शुभमन गिल, जस बटलर र साइ सुदर्शन जस्ता खेलाडी छन् । विशेषगरी सुदर्शनले पछिल्ला सिजनहरूमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीको प्रमुख रन स्कोररमा आफूलाई स्थापित गरेका छन् ।

बलिङ गुजरातको सबैभन्दा बलियो पक्ष मानिन्छ । अफगानिस्तानका स्टार स्पिनर राशिद खान टोलीका प्रमुख म्याच–विनर हुन् । कागिसो रबाडा, मोहम्मद सिराज र प्रसिद्ध कृष्णा जस्ता तीव्र गतिका बलरहरूले टोलीको पेस आक्रमण मजबुत बनाएका छन् ।

गत सिजन टोलीले तेस्रो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको थियो । इलिमिनेटरमा टोली मुम्बई इन्डियन्ससँग पराजित हुँदै प्रतियोगितबाट बाहिरिएको थियो ।

गुजरातले छोटो समयमै आफूलाई ‘कन्सिस्टेन्ट’ टिमका रूपमा उभ्याएको छ । टोलीका मुख्य प्रशिक्षकमा पूर्व भारतीय तीव्र गतिका बलर आशिष नेहरा छन् । छोटो समयमै सफलताको स्वाद चाखिसकेको गुजरात टाइटन्सलाई यसपालि पनि उपाधिको प्रमुख दाबेदारमा हेरिएको छ ।

पन्जाब किंग्स

पन्जाब किंग्स आइपिएलको सुरुआती सिजनदेखि सहभागी हुँदै आएको पुरानो फ्रेन्चाइज टिममध्ये एक हो । सन् २००८ मा सुरु प्रतियोगितामा टोली सुरुमा किंग्स इलेभेन पन्जाबका रूपमा प्रस्तुत भएको थियो । पछि सन् २०२१ मा टोलीले आफ्नो नाम परिवर्तन गरेर पन्जाब किंग्स राखेको हो । पछिल्ला वर्षहरूमा स्टार खेलाडीको बाहुल्य भएता पनि टोली सफलता भने हासिल गर्न सकेको छैन ।

पहिलो सिजन पन्जाबले सेमिफाइनल यात्रा गरेको थियो । त्यसयता पन्चाबले दुई पटक मात्र प्लेअफमा स्थान बनाएको छ । दुवै पटक पन्जाब उपविजेतामा सीमित भएको छ ।

सन् २०१४ मा टोलीले पहिलो पटक फाइनल खेलेको थियो । त्यतिबेला जर्ज बेलीको कप्तानीमा ग्लेन म्याक्सवेल र डेविड मिलर जस्ता खेलाडीले टोलीलाई फाइनलसम्म पुर्याएका थिए । फाइनलमा कोलकाता नाइट राइडर्सले पन्जाबको चुनौती समाप्त पारेको थियो ।

गत सिजन आक्रामक ब्याटिङ र प्रभावकारी बलिङका कारण टोली उपाधि नजिक पुगेको थियो । तर, यसपालि टोलीलाई विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलुरुले हरायो । टोली लिग चरणमा पहिलो भएको थियो ।

गत सिजन कप्तान श्रेयस अय्यर ६०९ रनका साथ टोलीका शीर्ष स्कोरर थिए । भारतीय बलर अर्शदीप सिंहले २१ विकेट लिएका थिए । यी दुईसँगै अनुभवी स्पिनर युजभेन्द्र चाहल तथा मार्कस स्टोइनिस र मार्को यानसेन टोलीका प्रमुख खेलाडी हुन् । टोलीसँग प्रभाषिरमण सिंह र प्रियांश आर्य जस्ता घरेलु प्रतिभा छन् ।

कन्सिस्टेन्ट प्रदर्शन गर्न संघर्ष गरिरहेको पन्जाबले यसपालि कस्तो प्रदर्शन गर्छ । त्यो सबैका लागि चासोको विषय रहनेछ ।

दिल्ली क्यापिटल्स

पन्जाब किंग्स जस्तै दिल्ली क्यापिटल्स आइपिएलको पुरानो फ्रेन्चाइज टोलीमध्ये एक हो । दिल्ली क्यापिटल्स पनि परिमार्जित नाम हो । सन् २००८ मा टोली दिल्ली डेयरडेभिल्स नाममा स्थापित भएको थियो । त्यसपछि सन् २०१९ मा दिल्ली क्यापिटल्सको नाममा प्रस्तुत भयो ।

दिल्लीले आइपिएलमा लामो समयसम्म निरन्तर सफलता पाउन सकिरहेको थिएन । तर शिखर धवन, श्रेयस अय्यर, ऋषभ पन्त, पृथ्वी श र अक्सर पटेल जस्ता भारतीय प्रतिभाहरूको योगदानले टोलीलाई प्रतिस्पर्धात्मक बनायो । सन् २०२० मा श्रेयसको नेतृत्वमा दिल्ली पहिलो पटक फाइनल पुगेको थियो । जतिबेला टोली मुम्बई इन्डियन्ससँग पराजित भयो ।

गत सिजन अक्सर पटेल टोलीका कप्तान थिए । टोली लिग चरणमा पाँचौं भयो । केएल राहुलले कुल ५३९ रन बनाउँदा कुलदीप यादवले १५ विकेट लिएका थिए ।

भारतीय स्टार ब्याटर राहुल यसपालि पनि हेर्नलायक खेलाडी हुन् । विश्वकप विजेता टोलीका सदस्य कप्तान अक्सरसँगै मिचेल स्टार्क, कुलदीप, ट्रिस्टन स्टब्स र अभिषेक पोरेल टोलीका प्रमुख खेलाडी हुन् ।

पछिल्लो चार सिजन प्लेअफमा पुग्न नसकेको दिल्लीलाई यसपालि पनि भारतीय पूर्व ब्याटर हेमाङ्ग बदानीले नेतृत्व गर्दै छन् । उनले गत सिजन मात्र मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका थिए । उनको नेतृत्वमा टोलीले बलियो उपस्थिति दिने प्रयास गर्नेछ ।

सनराइजर्स हैदराबाद

सनराइजर्स हैदराबाद सन् २०१३ मा स्थापना भएको हो । हैदराबादमा आधारित पूर्व टोली डेक्कन चार्जर्सलाई आइपिएलबाट हटाइएपछि नयाँ फ्रेन्चाइजको रूपमा सनराइजर्स हैदराबादको उदय भयो ।

सिजन २०१३ अर्थात् पहिलो सिजनमै हैदराबादले प्लेअफमा स्थान बनाएको थियो । टोलीको सबैभन्दा ठूलो सफलता २०१६ मा आएको थियो । जब डेविड वार्नरको कप्तानीमा टोलीले रोयल च्यालेन्जर्स बैंगलुरुलाई फाइनलमा हराउँदै पहिलो आइपिएल उपाधि जितेको थियो ।

दुई सिजनपछि टोलीले पुनः फाइनलमा स्थान बनायो । तर, यसपालि चेन्नई सुपर किंग्सले फाइनलमा बाजी मा¥यो । ६ वर्षपछि टोली फाइनलमा कोलकाता नाइट राइडर्ससँग पराजित हुँदै फेरि उपविजेतामै सीमित रह्यो ।

गत सिजन टोलीको कप्तानी अस्ट्रेलियन बलिङ अलराउन्डर प्याट कमिन्सले सम्हालेका थिए । टोलीले छैटौं स्थानमा रहेर आफ्नो यात्रा टुंग्याएको हो । दक्षिण अफ्रिकी विकेटकिपर-ब्याटर हेनरिक क्लासेन ४८७ रनसहित टोलीको शीर्ष रनकर्ता बनेका थिए । बलिङतर्फ कमिन्स र हर्शल पटेलले समान १६ विकेट लिएका थिए ।

यसपालि पनि टोलीलाई मुख्य प्रशिक्षक डानियल भिट्टोरीले नेतृत्व गर्दै छन् । टोलीमा ट्राभिस हेड, अभिषेक शर्मा, नितिशकुमार रेड्डी जस्ता आक्रामक ब्याटरहरू छन् । हैदराबादलाई पहिले बलियो बलिङ टोलीको रूपमा चिनिन्थ्यो । तर, पछिल्ला वर्षहरूमा टोलीले आक्रामक ब्याटिङ शैली अपनाएको छ ।

बलिङको नेतृत्व कमिन्सकै हातमा छ । उनीसँगै हर्शल पटेल र जयदेव उनाडकट हैदराबादका प्रमुख बलरहरू हुन् ।