फाल्गुन ३०, २०८२ शनिबार | ०२:५०:१८
इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे
शनिबारको दिन

२४ घण्टामा तुहिएको साख

कसैको फुटबल साख २४ घण्टामै तुहिन सक्छ भन्ने पनि हुन्छ र भने ? हुँदो रहेछ । हामी कुरा गरिरहेका छौं, युरोपेली च्याम्पियन्स लिगको । अहिले युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता अन्तिम १६ को चरणमा पुगेको छ । भर्खर त्यसको पनि पहिलो लेगका खेल भएका छन् । त्यस अगाडिसम्म सबैको मुखमा झुन्डिएको कुरा थियो, इंग्लिस क्लब जति बबाल छन् ।

प्रतियोगितामा लिग चरणमा सहभागी सबै छ इंग्लिस क्लबले राम्रो खेलेपछि यो स्वभाविक पनि देखिएको थियो । त्यसमाथि नयाँ एउटा कुरा पनि आएको थियो र त्यस अनुसार इंग्लिस क्लबले अन्य युरोपका क्लबको तुलनामा बढी खर्च सक्ने क्षमता मात्र होइन्, सीमा पनि । धेरैलाई डर थियो, अबको केही सिजनमा इंग्लिस क्लब अझ बलियो हुनेछन्, किनभने यिनले जति खर्च अरुले गर्न सक्दैनन् ।

तर पहिलो लेगको खेल सकिंदा यो सबै कतै झुठ त होइन् जस्तो देखिएको छ । च्याम्पियन्स लिगलाई लिएर ऐतिहासिक रूपमै के भन्ने गरिन्छ भने यो यस्तो प्रतियोगिता हो, जसमा स्पेनी क्लबको बढि बाहुल्यता छ, त्यसपछि धेरै हदसम्म इटालीको । यी दुई देशपछि मात्र पालो आउने इंग्लिस क्लबको हो । पछिल्लो केही सिजन यो प्रवृतिमा केही फरक पनि आएको छ । तर पनि पछिल्लो साताको खेलको नतिजा लाजमर्दो नै रह्यो, इंग्लिस क्लबका लागि ।

टोटनहम त्यसै पनि खराव लयमा छ, उसलाई एटलेटिको म्याड्रिडले सजिलै ५-२ ले हरायो । त्यसपछि पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले चेल्सीलाई ५-२ ले पन्छायो । अनि रियल म्याड्रिडमाथि ३-० को शानदार जित निकाल्न सफल रह्यो । लिभरपुल टर्कीको गालातासारेविरुद्धको खेलमा १–० ले पराजित भयो । आर्सनल बायरलेभरकुजनको हातबाट १-१ को बराबरीमा रोकियो, त्यो पनि बल्लतल्ल । यस्तोमा एउटै इंग्लिस टिम पनि विजयी रहेन् ।

धेरै हदसम्म राम्रो प्रदर्शन त न्युकासल युनाइटेडकै रह्यो, कम्तीमा उसले आफ्नो घरमा बार्सिलोनालाई १–१ को बराबरीमा रह्यो, तर उसका सामु पनि दोस्रो लेग क्याम्प नुमा गएर खेल्ने चुनौती छ । लिग चरणबाट सबै छ इंग्लिस टिम माथि पुग्यो भनेर प्रिमियर लिग मख्ख थियो, अब चालिरहेको छ, अन्तिम आठको चरण पुग्दा इंग्लिस टिम निकै कम हुनेछन्, सायद नहुन पनि सक्छ । केही पनि अन्तिम आठमा पुगेन भने त त्यो प्रलय जस्तै हुनेछ ।अहिलेको स्थितिमा आर्सनल र लिभरपुल मात्रै अगाडि बढ्न सक्ने स्थितिमा छ । नत्र चेल्सी र सिटीलाई ठूलो अन्तरको हार पल्टाउन गाह्रै हुनेछ । टोटनहमाथि त अहिले कोही कसैको विश्वास नै छैन् । यसरी २४ घण्टाको अन्तरमै एउटा सिंगो देशको लिग फुटबलको प्रतिष्ठा माटोटमा मिलेरको छ । कारण के त रु यसको उत्तर धेरे हुन सक्छ । तर तुरुन्तै देखिएको तात्कालीन कारण हो, इंग्लिस घरेलु फुटबल निकै कडा छ, अहिले त त्यहाँका टिम थाकिसका छन्, चारैतर्फको दबाबका कारण ।