फाल्गुन ३०, २०८२ शनिबार | ०२:५७:२८
इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे
शनिबारको दिन

इरानी महिला खेलाडी नायक कि खलनायक ?

यो एउटा यस्तो विषय हो, जसबारे कुरा गर्दा जहिल्यै फरक मत हुने गर्छ । सबैभन्दा पहिले एउटा प्रश्न, के फुटबलसँग राजनीति मिसाउन पाइन्छ किन पाइदैन् ? पाइन्छ भन्ने पनि उत्तिकै होला, हुन्न भने पनि उत्तिकै होला । यो सबै कुरा किन भन्दा अहिले इरानी फुटबलबारे दुई थरी कुरा आइरहेको छ । सबैभन्दा पुरुष फुटबलकै कुरा । तीन महिनापछि अमेरिका, क्यानाडा र मेक्सिकोमा विश्वकप २०२६ सुरु हुनेछ ।

त्यसमा इरान पनि छनोट भएको छ र यसका लिग चरणका सबै खेल अमेरिकामै छ । यही बेला खाडि क्षेक्र तनावग्रस्त छ, अमेरिका र इजरालय मिलेर इरानमा आत्रमण गरिरहेको छ । इरानले पनि प्रतिउत्तरमा अमेरिकाको समर्थनमा उछिएका छिमेकी देशमाथि आक्रमण गरिरहेको छ । यस्तोमा त्यस विश्वकपमा इरानको सहभागिता के हुनेछ त रु इरानको आफ्नै कुरा गर्ने हो भने यस्तो स्थितिमा आफ्नो टिमलाई अमेरिका पठाउन सकिन्न ।

अमेरिकाले पनि कहिले इरानी टिमलाई स्वागत छ भन्छ, कहिले इरानलाई विश्वकप खेल्न आफ्नो देश किन भित्र्याउने हो भनेर ठ्याक्कै दुई फरक कुरा गरिरहेको छ । विश्वकपमा छनोट भएको टिमले पनि खेल्न नपाउने अथवा नचाहेको स्थिति असाध्यै अस्वभाविक हो । ठीक यही बेला इरानी महिला टिमका केही सदस्यले अस्ट्रेलियामा शरण लिने निर्णय गरेपछि त्यो इरान आफैका लागि ठूलो बेइज्जत जस्तै भएको छ ।

इरानका खास खास खेलाडीले आफ्नो देशका लागि अस्ट्रेलियामा चलिरहेको वुमेन्स एसिया कपका क्रममा देशको राष्ट्रिय गान नै गाएनन् । उनीहरूले वेवास्ता नै गरे । पछि त्यसमध्ये केही खेलाडी टिम बसेको होटलबाट राति लुकेर गएर अस्ट्रेलियामा शरण मागेका छन् । उनीहरूका अनुसार आफू इरान फर्किने हो भने तिनीहरूलाई मार्न पनि बेर छैन, त्यसैले शरण चाहियो । अब इरान फर्किने वातावरण नै रहेन।

उनीहरूले इरानी राष्ट्रिय गीत पनि नगाएको भनेको आफ्नो देशमा भइरहेको इस्लामिक सरकारको महिलाप्रति दमन र अन्याय हो, अनि सरकारको स्वंयको पनि विरोध हो । केहीका लागि इरानी महिला फुटबल खलाडीको यो व्यवहार चरम देशद्रोही पाराको भयो । अन्तर्राष्ट्रिय फुटबलको मञ्चमा आफ्नो देशको सरकारको विरोध किन त रु अर्कोतर्फ कसैका लागि उनीहरू नायक पनि हुन्, उनीहरूले ठूलो शाहस निकालेर इरानी सरकारको विरोध गरेका छन् ।

यस्तोमा इरानी सरकारको खराव कामप्रति सबैको नजर गएको छ । यो भयो इरानी महिला फुटबल खेलाडीको कुरा । जहाँसम्म पुरुष टिमको प्रश्न छ, इरान जत्तिको टिमले यसपल्टको विश्वकप खेल्न पाएन अथवा दिइएन भने त्यो जत्तिको नमज्जा केही पनि हुन्न । आखिरमा अहिले चलिरहेको युद्धमा इरानी फुटबल खेलाडीको दोष चाहिँ के हो त रु अबको केही महिना टिममा इरानले विश्वकप खेल्ने छ अथवा छैन भन्नेको उत्तर आउने छ । अहिले जे भइरहेको छ, त्यो राम्रो भने भइरहेको छैन ।