चैत्र १, २०८२ आइतबार | ००:०१:११
अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा

अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी

फाइल तस्विरः एन्फा ।

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा कप्तान अञ्जन विष्टको गोलमा न्युरोड टिम (एनआरटी)ले श्री भगवती क्लबसँग हार टारेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अञ्जनले इन्जुरी समयको चौथो मिनेटमा सानदार फ्रिकिक गोल गर्दा एनआरटीले भगवतीसँग १-१ को बराबरी खेल्यो । त्यसअघि ६६औं मिनेटमा बाख्रोमजोन तुर्गुनपुलाटोभले भगवतीलाई अग्रतामा ल्याएका थिए ।

यो नतिजासँगै एनआरटीले पाँचौं स्थानमा उक्लिने अवसर गुमायो । ११ खेलमा एनआरटी २० अंक जोड्दै सातौं स्थानमा यथावत रह्यो । भगवतीसँग पनि १०औं स्थानमा उक्लिने मौका थियो । समान खेलमा भगवती ९ अंक जोड्दै १२औं स्थानमा छ ।

दिनको पहिलो खेलमा नव जन जागृति क्लबले पहिलो अंक जोड्यो ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा जन जागृतिले सातदोबाटो युवा क्लबसँग १–१ को बराबरी खेल्यो । जन जागृतिले १०औै खेलमा आएर अंकको खाता खोलेको हो । उता सातदोबाटो सातौं खेलसम्म पनि जितविहीन रह्यो ।

सातदोबाटोले आफ्नो तेस्रो खेलमा मनाङ मस्र्याङ्दीविरुद्ध १-० को संघर्षपूर्ण जित हासिल गरेको थियो । त्यसयता सातदोबाटोले तीन हार र चार बराबरी खेलेको छ ।

जन जागृतिले विक्रम थोकरको गोलमार्फत खेलको २६औं मिनेटमा अग्रता लिएको थियो । दोस्रो हाफको तेस्रो मिनेटमा अरुण लामाले सातदोबाटोलाई खेलमा फर्काए । त्यसपछि कुनै पनि गोल भएन ।

जन जागृति अंकतालिकाको पुछारमा छ । सातदोबाटो १० खेलमा ८ अंक जोड्दै पुछारबाट चौथो स्थानमा छ ।

आइतबार लिगमा तीन खेल हुनेछन् । बिहान १० बजे हुने पहिलो खेलमा जावलाखेल युवा क्लबले काँक्रे बिहार क्लबसँग खेल्नेछ । त्यस्तै दिउँसो २ बजे चित्लाङ एफसीले एपिएफ एफसीसँग खेल्नेछ । यी दुई खेल सातदोबाटोमा हुनेछन् ।

साँझ ६ बजे दशरथ रंगशालामा चर्च ब्वाइज युनाइटेड र फ्रेन्ड्स क्लब आमने–सामने हुनेछन् ।
 


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||