चैत्र ७, २०८२ शनिबार | ०३:३१:०१
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

किन क्रिकेट अनिश्चितताको खेल ? ‘एनपिएल हेर्नुस’

काठमाडौं । क्रिकेटलाई अनिश्चितताको खेल भनिन्छ । किन यसो भनिएको होला ? यसको उत्तर खोज्न विश्व क्रिकेटको इतिहाससम्म जानै नपर्ला । सायद शनिबार सम्पन्न भएको एनपिएल सिजन २ लाई हेरे जवाफ प्रष्ट पाइन सक्छ ।

अझ गत वर्षबाट सुरु भएको एनपिएलका दुवै सिजनको समिक्षा गर्ने हो भने त ढुक्कसँग भन्न सकिन्छ, ‘क्रिकेट अनिश्चितताको खेल हो । यहाँ जे पनि हुन सक्छ ।’

क्रिकेट अनिश्चित हुँदैनथ्यो भने प्रतियोगिताकै सबभन्दा सनसनीपूर्ण टोली सुदूरपश्चिम रोयल्सले लगातार दुई सिजन फाइनल पुगेर उपाधिबाट बिमूख हुनु पर्दैनथ्यो ।

अघिल्लो सिजनको च्याम्पियन जनकपुर बोल्टस यसपाली पुछारमा सीमित हुँदै प्लेअफलाई पनि छानिएन । ठिक उल्टो अघिल्लो वर्ष पुछारमा सीमित भएको टोली लुम्बिनी लायन्स यसपाली नपत्याउँदो पारामा च्याम्पियन भयो । क्रिकेट अनिश्चितताको खेल नभएको भए यस्ता नतिजा सम्भव हुँदैनथे ।

सिजन दुईमै पनि लुम्बिनीको अवस्था समूह चरणमा निक्कै निम्छरो थियो । टोली प्लेअफलाई छानिनु नै आफैमा आश्चर्यसमान थियो ।

समूह चरणको पहिलो खेलमा चितवन राइनोजमाथि जित हासिल गरेको टोली त्यसपछि लगातार तीन खेलमा पराजित भएको थियो । दोस्रो खेलमा कर्णाली याक्स, तेस्रोमा काठमाडौं गोर्खाज र चौथो खेलमा सुदूरपश्चिमसँग निराश भएपछि लुम्बिनी प्लेअफ पुग्नेमा धेरैले शंका गरेका थिए । सायद स्वयम लुम्बिनीको टिमलाई पनि लगातार दोस्रो सिजन समूह चरणको निराशाजनक नतिजाको स्मरणमा सीमित हुनुपर्ने लागेको थियो होला ।

तर त्यसपछि लुम्बिनीले जादु गर्यो । क्रिकेटमा हुने भनिएको अनिश्चितताको पक्षलाई वास्तविकतामा परिणत गर्यो । समूह चरणमा लगातार त्यसपछिका तीन खेलमा पोखरा एभेन्जर्स, विराटनगर किंग्स र जनकपुर बोल्टसमाथि जित हासिल गर्दै टोली प्लेअफलाई छानियो ।

लगातार जितको शृंखला त्यतिमै रोकिएन । उपाधि पक्का नगरेसम्म कायम रहेको लुम्बिनीको यो जितको शृंखलामा त्यसपछि पनि काठमाडौं, विराटनगर र सुदूरपश्चिम सिकार भए । इलिमिनेटरमा काठमाडौंमाथि ४ विकेटको बाजी मारेको लुम्बिनीले क्वालिफायर दुईमा विराटनगरमाथि ४० रन तथा फाइनलमा सुदूरपश्चिमलाई निरिह सावित गर्दै ६६ बल बाँकी रहँदै ६ विकेटको जित दर्ता गरायो । यो सब क्रिकेट अनिश्चितताको खेल भएकैले सम्भव भएको थियो ।

प्रतियोगिताका सुरुआति दिनमा सुदूरपश्चिम र विराटनगर किंग्सबाहेकले यसपालिको उपाधि जित्ने कसैले कल्पना पनि गरेका थिएनन् होला । तर फाइनलमा टस आफैले जितेर ब्याटिङ रोज्दा सुदूरपश्चिम ८५ रनमै सीमित भयो । लुम्बिनीले ९ ओभरमै लक्ष्य हासिल गरेर उपाधिमा कव्जा जमायो । क्रिकेट अनिश्चित नभएको भए यस्तो कसरी हुन सक्थ्यो र ?

समूह चरणका पहिलो ६ खेलमा लगातार प्रभावशाली जित हासिल गर्दै अगाडि बढेको सुदूरपश्चिमको यात्रामा पहिलो तगारो बनेर विराटनगर प्रस्तुत भयो । त्यो समूह चरणअन्तर्गत सुदूरको अन्तिम खेल थियो । जहाँ विराटनगरले त्यसअघिसम्मको इन्भिन्सिभल छविमा रहेको सुदूरपश्चिमको हुर्मत लियो ।

सुदूूरलाई १४७/६ मा रोकेको विराटनगरले हाइलाइटस शैलीमा खेल्दै ११.५ ओभरमै लक्ष्य हासिल गर्यो । र, काठमाडौंलाई पछि पार्दै सोझै क्वालिफायरमा स्थान पक्का गर्यो ।

समूह चरणमा चितवन र लुम्बिनीसँग पराजित भए पनि विराटनगरको टिम, टिममा रहेका विश्वस्तरीय स्टार खेलाडी र टोलीको समग्र प्रदर्शनले उपाधिको दाबेदार छविबाट च्यूत गर्न भ्याइसकेको थिएन । अझ समूहको अन्तिम खेलमा सुदूरको हुर्मत लिएपछि त टोलीको दाबेदार छवि झन बलियो बन्यो ।

त्यो पनि धेरैदिन टिकेन । पहिलो क्वालिफायरमा सुदूरले समूह चरणको बेइज्जतीको बदला उसैगरी लियो । सुरुमा ब्याटिङ गरर १५६ रनको लक्ष्य दिएको सुदूरले विराटनगरलाई १४.१ ओभरमा ७८ रनमा रोकेर ७७ रनको प्रभावशाली जित दर्ता गरायो ।

अभागी विराटनगरले क्वालिफायर दुुईमा पनि मौका पाएको थियो । जहाँ लुम्बिनी लायन्सले टोलीलाई ४० रनको हार चखाउँदै परिको कथाजस्तो उपाधि यात्रामा अर्को खुट्किलो उक्लियो ।

के क्रिकेट अनिश्चित नभएको भए त्यस्तो सबथोक सम्भव हुन्थ्यो त ? 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो