चैत्र ७, २०८२ शनिबार | ०१:१९:४४
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने
शनिबारको दिन

आइपिएल टोली परिचय (भाग २)

काठमाडौं ।  आइपिएल सिजन २०२६ यही मार्च २८ बाट सुरु हुँदैछ । कस्ता छन् उपाधिका लागि दाबेदारी दिन लागेका १० टोली ?

चेन्नई सुपर किंग्स 

चेन्नई सुपर किंग्स आइपिएलको सबैभन्दा पुरानो मध्येको एक फ्रेन्चाइज हो । सन् २००८ मा आइपिएल सुरु भए पछि चेन्नईको टोली सुरुआति समयमा इण्डिया सिमेन्टको स्वामित्वमा रहे पनि केही सिजन पछिबाट चेन्नई सुपर किंग्स क्रिकेट लिमिटेडको अधिनमा छ ।

पहिलो संस्करणबाटै आइपिएलमा सहभागी भए पनि चेन्नईले अहिलेसम्म १६ सिजनमा मात्र खेलेको छ । चेन्नई २०१६ र २०१७ को सिजनमा प्रतिबन्धित थियो । चेन्नई आइपिएल इतिहासमा लगातार दुई पटक च्याम्पियन बन्ने पहिलो टोली हो । चेन्नई २०१० र २०११ को संस्करणमा लगातार च्याम्पियन भएको थियो ।

चेन्नई हालसम्म ५ पटक च्याम्पियन बन्दा १० पटक फाइनल पुगेको छ । उसले चार पटक मात्र लिग चरण पार गर्न सकेको छैन । चेन्नई २०१०, ११, १८, २१ र २३ मा च्याम्पियन बनेको थियो । संयोग के हो भने चेन्नईले सबै उपाधी महेन्द्रसिंह धोनीकै कप्तानीमा जितेको छ ।

यसपाली चेन्नई रितुराज गायकवाडको कप्तानीमा मैदान उत्रदैछ । उसले राजस्थानका कप्तान सञ्जु स्यामसनलाई टोलीमा भित्र्याएको छ । स्यामसनलाई भविष्यमा धोनीको स्थान लिने खेलाडीको रुपमा हेरिएको छ । गत सिजन चेन्नईले अंकतालिकाको पुछारमा रहेर लिग समाप्त गरेको थियो ।

टोलीमा न्युजिल्याण्डका पूर्व कप्तान स्टेफन फ्लेमिङ मुख्य प्रशिक्षकका रुपमा लामो समय देखि छन् ।

मुम्बई इण्डियन्स 

आइपिएलको इतिहासमा चेन्नईसँगै समान ५ पटक उपाधी जितेको मुम्बई सफल टिम मध्येको एक हो । सन् २००८ मा आइपिएल सुरु भए देखि निरन्तर रहेको टोली हो मुम्बई । उसको स्वामित्व सुरुआतका वर्ष देखि रिलायन्स कम्पनीसँग निरन्तर छ ।

मुम्बईले सधै भारतीय खेलाडीमाथि विश्वास देखाउँदै आएको छ । टिमले जसप्रित बुमराहसँग उनको करियरको सुरुआति दिनबाटै सम्बन्ध गाँसेको थियो । हार्दिक पण्ड्या हुन् या सूर्यकुमार यादव वा रोहित शर्मा सबैमा उसले लामो समय देखि निरन्तर विश्वास जनाउदै आएको छ ।

मुम्बई सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० मा च्याम्पियन भएको छ । संयोग, मुम्बई हरेक पटक च्याम्पियन हुँदा रोहित शर्मा नै टोलीका कप्तान रहेका थिए । टिममा जब रोहितको विकल्पको रुपमा कप्तानमा अरुलाई नै परिक्षण गर्न थालियो टोलीले फाइनलको यात्रा गर्न सकेको छैन ।

यस पटकको अक्सनबाट मुम्बईले धेरै खेलाडी खरिद गरेन । उसले विकेटकिपर ब्याटर क्विटन डी ककलाई आधार मुल्यमा नै खरिद गर्यो । मध्यक्रमका विष्फोटक ब्याटर शरफन रादरफोर्डलाई पनि पनि टिमले जितको बोली लगाएको थियो । गत सिजन मुम्बई तेस्रो स्थानमा रहेर लिग समाप्त गरेको थियो ।

मुम्बई विगत लामो समयबाट श्रीलंकाका पूर्व कप्तान माहेला जयावर्धनेको मुख्य प्रशिक्षणमा खेलिरहेको छ ।

रोयल च्यालेन्जर्स बेङ्लुरु

पटक पटक आइपिएलको उपाधी नजिक पुगेर पनि विजेता बन्न नसकेको बेङ्लुरुलाई अभागी टोलीको रुपमा हेरिन्छ । सन् २००८ को पहिलो संस्करणबाट निरन्तर रहेको बेङ्लुरुलाई पहिलो उपाधी जित्न १८ वर्ष प्रतिक्षा गर्नु परेको थियो ।

टिममा धेरै उत्कृष्ट खेलाडी रहे पनि उपाधीको ताज भने पाउन कठिन भएको थियो । बेङ्लुरु भन्नासाथ आउने एक नाम हो विराट कोहली । पहिलो संस्करणबाटै हालसम्म विराट कोहली एक मात्र यस्ता खेलाडी हुन्, जो एकै टोलीमा रहदै आएका छन् । विराट सन् २०११ बाट २०२३ सम्म कप्तानको भुमिकामा निरन्तर रहे ।

यस सिजनमा बेङ्लुरुले आइपिएलको उपाधीमा लगातार दोस्रो पटक आफ्नो नाम लेखाउने अवसर पाएको छ । यस्तो अवसर चेन्नई र मुम्बईले मात्र आइपिएल इतिहासमा पाएका छन् । लगातार दोस्रो पटक बेङ्लुरु च्याम्पियन बन्न सक्ला त ? यसका लागि करिब २ महिना कुर्नुको विकल्प छैन ।

तर, बेङ्लुरुको टोली हेर्दा यो असम्भव जस्तो लाग्दैन । कोहली र फिल साल्टको सुरुवात कप्तान रजत पाटीदारको मध्यक्रम तथा टिम डेविड र जितेश शर्माको फिनिसिङले यो सम्भव देखाउछ । बलिङतर्फ जोस हेजवुड, भुवनेश्वर कुमार तथा यश दयालको उपस्थितीले टिमलाई झनै बलियो बनाएको छ ।

गत सिजन टोलीलाई पहिलो पटक च्याम्पियन बनाएका जिम्बाब्वेका पूर्व क्रिकेटर एण्डी फ्लावर मुख्य प्रशिक्षकमा निरन्तर छन् ।

राजस्थान रोयल्स 

जीवनमा जस्तै हरेक लिगको पहिलो भएका चिजहरु महत्वपूर्ण नै रहन्छन् । सन् २००८ मा आइपिएल सुरु हुँदाको पहिलो पटकको च्याम्पियन हो राजस्थान रोयल्स । सुरुआति सिजनमा बलियो प्रदर्शनका साथ च्याम्पियन बनेको राजस्थानको त्यसपछिका प्रदर्शन भने सोचेजस्तो हुन सकेको छैन ।

पहिलो सिजनमा च्याम्पियन बनेको राजस्थान त्यसपछि मात्र १ पटक फाइनल पुगेको छ । सन् २०२२ मा दोस्रो पटक टोली फाइनल पुगेको थियो । राजस्थानको स्वामित्व भारतका तीन कम्पनीसँग सयुक्त रुपमा रहेको छ ।

यसपटक उपाधी जित्दै लामो समय देखिको च्याम्पियन बन्ने भोक मेट्ने लक्ष्यमा राजस्थान रहेको छ । युवा क्रिकेटरमाथि धेरै भरोसा गर्ने राजस्थानले आफ्ना टिमका मुख्य मानिएका खेलाडीमाथि लामो समय विश्वास देखाउँदै आएको छ । उसले यसपटक सञ्जु स्यामसनलाई चेन्नई पठाउदै रविन्द्र जडेजा र साम करनलाई भित्र्याएको छ । यि दुवै विगतमा राजस्थानको हिस्सा रहिसकेका छन् । जडेजाको राम्रो प्रदर्शनमा राजस्थानले पहिलो सिजनमा उपाधी जितेको थियो । जडेजा रहेको अहिलेको राजस्थान सोही इतिहास दोहोर्याउने लक्ष्यमा छ ।

लामो समयको उपाधी खडेरी तोड्ने जिम्मा लिदै टोलीको मुख्य प्रशिक्षकमा श्रीलंकाका पूर्व कप्तान कुमार साङ्गाकारा छन् ।

कोलकाता नाइटराइडर्स 

आइपिएलको पुरानो टोली मध्येको एक हो कोलकाता नाइटराइडर्स । भारतीय अभिनेता शाहरुख खान र मेहता ग्रुपको संयुक्त स्वामित्वमा रहेको यो टिमले ३ पटक आइपिएलको उपाधी उचालेको छ ।

सन् २०१२ मा पहिलो पटक च्याम्पियन बनेको कोलकाता २०१४ मा सोही उपलब्धी दोहोर्याउन सफल भयो । तर १० सिजनको लामो प्रयास पछि सन् २०२४ मा कोलकाता तेस्रो पटक च्याम्पियन हुन सफल भयो ।

कोलकाताका लागि संयोग के छ भने टोली तीनै पटक च्यामिपयन बन्दा गौतम गम्भिर टिमसँगै थिए । पहिलो दुई पटक उपाधी जित्दा कप्तानको भुमिकामा रहेका गम्भिर पछिल्लो पटक च्याम्पियन बन्दा मेन्टरको भुमिकामा थिए ।

गम्भिर हाल भारतीय राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक हुन् । कोलकाता भारतीय पूर्व क्रिकेटर अभिषेक नायरको मुख्य प्रशिक्षणमा यस सिजन मैदानमा उत्रदै छ ।