काठमाडौं । विन्टर ओलम्पिकमा इटालीको प्रदर्शन उत्कृष्ट रह्यो । फर्मुला वान रेसमा किमी एन्टानेली १९ वर्षकै उमेरमा मज्जाका ड्राइभर भइसकेका छन् । उनी यो खेलका अबको सबैभन्दा ठूलो स्टार हुने भविष्यवाणी छ । सिक्स नेशन्स कपमा इटालीको रग्बी टिमले पहिलो पटक इङ्ल्यान्डलाई हराउन सफल भयो । इटाली पुरुष र महिला दुवै विधामा भलिबलको विश्व च्याम्पियन हो । त्यति मात्र कहाँ हो र ? इटालीले बेसबल र त्रिकेट जस्ता खेलमा पनि अविश्वसनीय प्रदर्शन गर्न थालिसकेको छ ।
ठीक यही बेला इटालीमा सबैभन्दा लोकप्रिय खेल फुटबलले भने संघर्ष गरिरहेको छ । कुनै जमाना थियो, जति बेला इटालीले विश्व फुटबलमा एकछत्र राज गरेको थियो । अहिले यही इटाली टिम लगातार तेस्रो पल्ट विश्वकपमा छनोट हुन नसक्ने स्थितिमा छ ।
अहिलेको इटालीको एक पुस्ताले आफ्नो देशले विश्वकप खेलेको हेर्न पाएका छैनन्, त्यो भनेको १५ वर्षमुनिका ।
चार पल्टको विश्वकप च्याम्पियन इटालीले प्ले अफमा उत्तरी आयरल्यान्डको सामना गर्दैछ । इटालीका खेलकुद मन्त्री आन्द्रै एबाडीले ठीकै भनेका छन्, खेलमा सफलता र असफलताको चक्र हुन्छ, त्यो घुमिरहन्छ ।
तर इटालीको फुटबलमा असफलको चक्र घुमेको लामो समय भइसक्यो । सफलता कहिले मिल्ने हो, कसैलाई थाहा छैन । त्यो खासै नजिक पनि देखिंदैन् । अहिलेको इटालीको एक पुस्ताले आफ्नो देशले विश्वकप खेलेको हेर्न पाएका छैनन्, त्यो भनेको १५ वर्षमुनिका ।
सन् २०१४ को विश्वकपमा उरुग्वेविरुद्धको खेल गुमाएयता इटाली विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा अनुपस्थित छ । तिनै एबाडी भन्छन्, ‘फुटबल इटालीलाई एकताबद्ध राख्ने खेल थियो, यही खेलमा हामी कमजोर भएका छौं ।’
उनी यत्तिकैमा रोकिएका छैनन् । उनका अनुसार अब इटालीका लागि फुटबल त्यति महत्त्वको रहेन्, जति पहिले रहने गरेको थियो । अबको पुस्ताले फुटबल बाहेक अन्य खेलका क्षेत्रबाट पनि देशलाई शान दिलाउने काम गर्न थालेका छन् । यसको एउटा ठूलो कारण विश्वकप छनोटमा इटालीको लगातार कमजोर प्रदर्शन नै हो, जुन रोकिने कुनै छाँट छैन् । यसपल्टको छनोटमा इटाली सुरुमै नर्वेविरुद्ध पराजित भयो । त्यसपछि इटालीले लगातार ६ खेल जित्यो ।
तर पनि इटाली ढुक्क हुने स्थितिमा छैन् । त्यसो त विश्वकपमै पनि इटालीको पछिल्लो प्रदर्शन कहाँ राम्रो थियो र ?
तर फेरि नर्वेको सामना गर्दा टोली पराजित भयो । नर्वेसँगका लगातार हारले इटालीलाई आफ्नो समूहको दोस्रो स्थानमा सीमित गर्यो । जसका कारण टोली प्लेअफ खेल्न बाध्य भएको हो । इटालीका लागि प्ले अफ पीडामय रहने गरेको छ । सन् २०१८ मा स्विडेन र सन् २०२२ मा उत्तरी मेसोडोनियाविरुद्धको प्ले अफमा हारेर इटाली विश्वकप छनोटबाट बाहिरिएको थियो ।
अहिलेका लागि पनि इटाली उत्तरी आयरल्यान्डविरुद्ध बलियो नै देखिन्छ । फिफा वरीयतामा जहाँ इटाली १३ औं स्थानमा छ, त्यही उत्तरी आयरल्यान्ड ६९ औं स्थानमा ।तर पनि इटाली ढुक्क हुने स्थितिमा छैन् । त्यसो त विश्वकपमै पनि इटालीको पछिल्लो प्रदर्शन कहाँ राम्रो थियो र ? सन् २०१० र २०१४ को विश्वकपमा इटाली नकआउट चरण पनि पुग्न सकेको थिएन् । विश्वास नहुन सक्छ, इटालीले विश्वकपको नकआउट चरणमा अन्तिम पटक जितेको भनेकै सन् २००६ मा हो, जति बेला इटालीले फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि जितेको थियो । त्यसयता इटालीका समर्थकले विश्वकपलाई जोडेर राम्रो सुन्न पाएकै छैनन् ।