मंसिर २८, २०८२ आइतबार | ०३:२३:४५
यु-१९ एसिया कपः पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित रोहितले जिते ओमोडाको गाडी, अरु क-कसले के के जिते ? ह्वाइटफिल्ड तेक्वान्दो च्याम्पियनसिपमा शिव बाबा च्याम्पियन लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन एनपिएल फाइनलः लुम्बिनीको आक्रमक ब्याटिङ सुरुआत, उपाधि नजिक सस्तैमा समेटियो सुदूरपश्चिम, लुम्बिनीलाई जितका लागि ८६ रन आवश्यक एनपिएल फाइनलः सुदूरपश्चिमको ब्याटिङ संकटमा एनपिएल फाइनलः सुदूरपश्चिमको शीर्षक्रम धरासायी भारत आइपुगे मेसी, मोदी र सुनिल क्षेत्रीसँग भेट्ने एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार यु-१९ एसिया कपः पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित रोहितले जिते ओमोडाको गाडी, अरु क-कसले के के जिते ? ह्वाइटफिल्ड तेक्वान्दो च्याम्पियनसिपमा शिव बाबा च्याम्पियन लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन एनपिएल फाइनलः लुम्बिनीको आक्रमक ब्याटिङ सुरुआत, उपाधि नजिक सस्तैमा समेटियो सुदूरपश्चिम, लुम्बिनीलाई जितका लागि ८६ रन आवश्यक एनपिएल फाइनलः सुदूरपश्चिमको ब्याटिङ संकटमा एनपिएल फाइनलः सुदूरपश्चिमको शीर्षक्रम धरासायी भारत आइपुगे मेसी, मोदी र सुनिल क्षेत्रीसँग भेट्ने एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार
शनिबारको दिन शनिबारको दिन

युनाइटेडलाई धक्का दिएको ग्रिम्सबीको कहानी

काठमाडौं । ग्रिम्सबी टाउन एफसीले लिग कपमा म्यानचेस्टर युनाइटेडमाथि कसरी ऐतिहासिक जित निकाल्न सक्यो ? यसका केही कारण हुन्, क्लबको नेतृत्व, प्रगतिशील मान्यता, बुद्धिमत्तापूर्ण प्रशिक्षण र तथ्यांकको उच्चतम प्रयोग । यीभन्दा पनि अझ महत्त्वपूर्ण कारण त क्लबमा भएका सबैको सामूहिक परिश्रम हो ।

युनाइटेडलाई हराएपछिको बिहानीमा यही निश्कर्ष निकालियो । उसो त ग्रिम्सबी अहिले सोचाइमा डुब्ने मनस्थितिमा छैन । किनभने त्यहाँ खुसीयाली मनाउने क्रम जारी छ । ब्लन्डेल पार्कमा हासिल ऐतिहासिक जितको रात ग्रिम्सबीका प्रशिक्षक डेभिड आर्टेलले खुसीयाली मनाउने क्रममा एउटा ठूलो कोकको बोतल नै रित्याए ।

हुन त कोकभन्दा नसालु पेयले उनलाई पर्खिरहेको छ । ग्रिम्सबी र स्लिरथोप्सका पबहरूमा । ढुक्क हुन सकिन्छ, स्थानीय कुनै पबले उनलाई जीवनभर जे पिए पनि एकै कौडी पनि लिने छैनन् ।

स्थानीय दुई व्यापारी जेसन स्टकउड र आन्ड्रयु पेटिटले मे, २०२१ बाट व्यवस्थापन सम्हालेपछि ग्रिम्सबीको मुहार फेरिन थालेको हो । ग्रिम्सबी टाउन एफसीले फुटबलमा प्राप्त गर्ने सफलताले पूरै ग्रिम्सबी सहरको गौरव बढाउने यी दुई व्यवस्थापकको बुझाइ छ । फेरि यी दुवै यही सहर ग्रिम्सबीमै हुर्किएका हुन् ।

प्रशिक्षक आर्टेल इङ्लिस फुटबलको महारथीमाथिको यो जितलाई आफ्नो टिमका लागि केवल सुरुवात ठान्छन् । उनलाई विश्वास छ, ग्रिम्सबी ब्रेन्टफोर्ड र ब्राइटनको बाटोमा हिँड्ने सामथ्र्य राख्छ ।

ग्रिम्सबी सन् २०२२ मा इङ्लिस फुटबल लिग (इएफएल)मा बढुवा भएको हो । प्रिमियर लिगभन्दा तलका चार लिगलाई समेट्ने इएफएलको सबैभन्दो तल्लो श्रेणीको लिग २ मा आइपुग्न ग्रिम्सबीले अर्धव्यावसायिक लिग नेसनल लिगको प्लेअफ जितेको थियो । त्यसको एक वर्षपछि ग्रिम्सबी एफए कपको क्वाटरफाइनलसम्म पुग्यो । त्यहाँ ब्राइटनसँग हारेको ग्रिम्सबीका लागि लिग कपमा म्यानचेस्टर युनाइटेडमाथि निकालेको यो जित क्लब इतिहासकै सर्वाधिक ठूलो सफलता हो ।

प्रशिक्षक आर्टेल इङ्लिस फुटबलको महारथीमाथिको यो जितलाई आफ्नो टिमका लागि केवल सुरुवात ठान्छन् । उनलाई विश्वास छ, ग्रिम्सबी ब्रेन्टफोर्ड र ब्राइटनको बाटोमा हिँड्ने सामथ्र्य राख्छ । ब्रेन्टफोर्ड र ब्राइटन छोटो समयमा इङ्लिस फुटबलका तल्ला लिगहरूबाट क्रमशः उक्लिँदै प्रिमियर लिग पुगेका हुन् ।

म्यानचेस्टर युनाइटेड र ग्रिम्सबी टाउन प्रतिस्पर्धा गर्दै । 

‘हुन त म्यानचेस्टर युनाइटेड जस्तो क्लबलाई हराएपछि फुर्कनु स्वाभाविक हो,’ इएफएलका भिन्दाभिन्दै लिगमा ४ सयभन्दा बढी खेल खेलेका आर्टेल भन्छन्, ‘तर बर्नमाउथले लिग वानमा खेलेको अस्तिझैं लाग्छ । त्यहाँ उनीहरू पुछारमा थिए । त्यही वर्ष ब्रेन्टफोर्ड पनि लिग वानमा थियो । आज हेरौँ त, उनीहरू कहाँ छन् ? हामी पनि उनीहरू जस्तै बन्न सक्छौं ।’

इङ्लिस फुटबलमा बढ्दो खाडलका कारण साना क्लबहरूलाई माथि उक्लन सजिलो छैन । यो कठिनाइलाई आर्टेल स्वीकार्छन् । ‘तर विश्वास गर्न त छाड्नुभएन नि, होइन ?’ आर्टेलको प्रश्न छ । ‘मैले खेलाडीलाई भनेको छु, सपना ठूलै देख्नुपर्छ । हामी गर्न सक्छौं, यसको प्रमाण यो जित हो ।’

कडा दबाबमा पनि ग्रिम्सबीले आत्मविश्वास नगुमाएको पक्का हो । यसको कारण ग्रिम्सबीमा गरिने ‘वेलनेस प्राक्टिस’ लाई मान्न सकिन्छ ।

आर्टेल थप्छन्, ‘तर यही एउटा जित हाम्रा लागि सर्वोच्च शिखर होइन । यो त बाटोमात्र हो, चाहेको गन्तव्यमा पुग्न । फेरि पनि प्रमाण हो, हामी ठूला टिमसँग भिड्न सक्छौं भन्ने ।’

फेरि प्रश्न त्यही, आखिर ग्रिम्सबीले लिग कप इतिहासकै अप्रत्याशित जितमध्ये एक प्राप्त गर्यो चाहिँ कसरी ? जवाफमा आर्टेल भन्छन्, ‘खेलअघि गरिएको तयारी ।’ तयारी विशेष थिएन । लिग २ का अन्य खेल्नुअघि तयारीस्वरुप जे गरिन्थ्यो, त्यही नै गरिएको हो । ‘मैले मेरा खेलाडीलाई भनेको थिएँ, विपक्षीसँग बल भएको बेला उसलाई मार्क गर्न नछाड्नु । मैदानको बीच भागलाई नियन्त्रणमा राख्नु । र, सकेसम्म उनीहरूलाई केवल एकतिर मात्र अघि बढ्न दिनु ।’

बल आफूसँग हुँदा नडराइ खेल्ने, लिग २ मा झैं आत्मविश्वास देखाउने र बल विपक्षीको खुट्टामा जानसाथ गोल खाने सम्भावना रहन्छ भन्ने भय ख्याल गर्ने, आर्टेलले आफ्ना खेलाडीलाई सचेत गराएका यी तीन महत्त्वपूर्ण बुँदा थिए । ‘गोल खाए दोष मेरो हो, तिमीहरूको होइन, मैले खेलाडीलाई सम्झाएको थिएँ,’ आर्टेल भन्छन्, ‘विशेष गरी पहिलो हाफमा खेलाडीले मैले भनेअनुसार नै खेले ।’

‘जब म्यानचेस्टर युनाइटेड जस्तो ठूलो क्लबलाई हराउँदा पनि गुनासो रहन्छ भने त्यो हो, ९० मिनेटभित्रै हराउन सकेको भए ?’ आर्टेल भन्छन् । युनाइटेडसँग ग्रिम्सबीका खेलाडीले कुन हदसम्म आत्मविश्वासी भएर खेले भन्ने प्रश्नको जवाफ आर्टेल गजबले दिन्छन्, ‘खेलपछि मलाई मेरो एक खेलाडीले टेलिफोन गरेर भन्छ, घर पुगेर यो खेल मैले हेरें, मलाई लाग्छ हामीले ४-० ले जित्नुपर्ने थियो । होइन र ?’

लिग कप दोस्रो चरणमा युनाइटेडको सामना गर्नुअघि तयारीका क्रममा ग्रिम्सबीले पेनाल्टी अभ्यास गरेको थिएन । तर खेलमा ग्रिम्सबीका १२ मध्ये ११ खेलाडीले पेनाल्टी स्पटबाट गोल गरे । 

हुन पनि ग्रिम्सबीले दुईभन्दा बढी गोल गर्ने अवसर पाएकै हो । क्यामरुन गार्डनरले ३-० बनाएका हुन्, तर उनले गरेको गोलले अफसाइडका कारण मान्यता पाएन । त्यसैगरी डार्गा बन्नर्सले पनि गोल अन्तर फराकिलो बनाउने मौका गुमाएका थिए । ग्रिम्सबीले लगातार मौका गुमाउँदा युनाइटेडका ब्राया एम्बुमो र ह्यारी मगायरले भने पाएको अवसरमा गोल गरिहाले, जसकारण खेल निर्धारित समयमा २-२ को स्थितिमा पुगेको थियो ।

म्यानचेस्टर युनाइटेडविरुद्ध जित दर्ता गरेपछि खुसीयाली मनाउँदै ग्रिम्सबी टाउनका खेलाडी । 

कडा दबाबमा पनि ग्रिम्सबीले आत्मविश्वास नगुमाएको पक्का हो । यसको कारण ग्रिम्सबीमा गरिने ‘वेलनेस प्राक्टिस’ लाई मान्न सकिन्छ । गत वर्ष आइसल्यान्डबाट ग्रिम्सबी पुगेका जेसन डाडी स्भानर्थोसन टिमभित्र यो अभ्यासको पवर्तक हुन् । आइसल्यान्डमा सामुद्रिक तटमा खाली खुट्टा हिँड्ने चलन छ । आइसल्यान्डमा सामुद्रिक तटमा खाली खुट्टा हिँड्दा शरीरमा ऊर्जा थपिने र मनस्थितिमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिन्छ । यसकारण स्भानर्थोसनले ग्रिम्सबी पुग्दा पनि त्यो विश्वास नत्यागेका हुन् ।

‘समुद्र नजिक हाम्रो क्लबको तीनवटा घर छन् । त्यहाँ १२ खेलाडी बस्छन् । म चाहिँ ती घरसामुन्नेको होटलमा बस्छु,’ ग्रिम्सबीबाट लगभग डेढ सय माइल परको चेस्टरका आर्टेल भन्छन्, ‘हरेक दिन अभ्यासपछि, स्भानर्थोसन तटमा खाली खुट्टा हिँड्थे । पछि उनलाई अरू खेलाडीले पनि पछ्याउन थाले । मैदानमै पनि उनीहरू त्यसरी हिँड्छन्, आपसमा गफ गर्छन् । मैले उनीहरूलाई भन्ने गरेको छु, जीवनमा निर्धक्क हुनुपर्छ । कुनै नयाँ अभ्यास गर्न मन लागे, हिच्किचाउनुपर्दैन । नयाँ कुरा गरेवापत यो सहरमा कसैले कसैलाई गिज्याउनेवाला छैन,’ आर्टेलको भन्छन् ।

४४ वर्षीय आर्टेलले ग्रिम्सबीमा गहिरो प्रभाव पारेका छन् । उनी आफू चाहिँ क्लबले लिएका केही निर्णयका कारण राम्रो प्रदर्शन गर्न सकिएको ठान्छन् । जस्तै, ब्राइटनले लागू गरेको तथ्यांक केन्द्रित खेलाडी पहिचान र अनुबन्ध गर्ने तरिका । एफए कप क्वाटरफाइनलमा ग्रिम्सबीको प्रदर्शनले प्रभावित बनेको टोनी ब्लुम नेतृत्वको ब्राइटन व्यवस्थापनले आर्टेलहरूलाई आफूसँग भएको तथ्यांक र संरचना प्रयोग गर्न दिएको थियो ।

अब पेनाल्टीमा पाएको सफलतासँगै इतिहास कोरिएको छ । यसको असर ग्रिम्सबीको भविष्यमा पनि पर्नेछ । 

‘यी सबै कुरा हाम्रा लागि नयाँ हुन् । यिनको पूर्ण प्रयोग गर्न हामीलाई आउँदैन । तर हामी केही हदसम्म तथ्यांक केलाउँछौं र त्यसकै आधारमा खेलाडी पहिचान गर्छौं । तर खेलाडी अनुबन्ध गरेर मात्र पनि पुग्दैन, उनीहरूलाई आखिरमा सही प्रशिक्षण पनि दिनैपर्यो । खेलाडीहरूले पनि मलाई विश्वास गर्नुपर्यो । तर जेहोस्, अनुबन्ध गर्नुअघि ती खेलाडीबारे जान्न तथ्यांकले खुबै साथ दिन्छ,’ आर्टेल भन्छन् ।

प्रिमियर लिगको ब्राइटनका मालिक टोनी ब्लुम जेम्स टाउन एनालिटिक्स नाम गरेको तथ्यांक संकलक कम्पनीसँग नजिक छन् । जेम्स टाउनअन्तर्गतको स्टार लिजार्ड बेटिङ कन्सल्टेन्सी हो, जसले साना भनिएका लिगहरूमा खेल्ने प्रतिभावान खेलाडी पहिचान गर्छ । आयरल्यान्ड, फ्राओरे आइल्यान्ड्स, स्पेन र अरू देशका तल्ला लिगहरूमा यो कम्पनी बढी सक्रिय छ ।

लिग कप दोस्रो चरणमा युनाइटेडको सामना गर्नुअघि तयारीका क्रममा ग्रिम्सबीले पेनाल्टी अभ्यास गरेको थिएन । तर खेलमा ग्रिम्सबीका १२ मध्ये ११ खेलाडीले पेनाल्टी स्पटबाट गोल गरे । ‘यो सिजन हामीले पाएका चारमध्ये दुई पेनाल्टी अवसरमा मात्र गोल गरेका थियौं,’ आर्टेलको भनाइ छ । टिम कप्तान डानी रोसचाहिँ पेनाल्टीलाई प्राविधिक र मानसिक प्रशिक्षण मान्छन् । ‘पेनाल्टीमा अरू केही रणनीति हुन्छ जस्तो लाग्दैन,’ रोस भन्छन् ।

ग्रिम्सबीका प्रशिक्षक डेभिड आर्टेल ।

‘त्यसकारण मैले साथीहरूलाई भनेको थिएँ, पेनाल्टी प्रहार गर्नुअघि सबै उस्तै मनस्थितिमा हुन्छन्, डराएकै हुन्छन् । यो सामान्य कुरा हो । त्यो सेतो सानो घेरामा उभिने जो कोही, ३० करोड पाउन्ड मूल्य भएकै खेलाडी किन नहोस्, डराउनु स्वाभाविक हो । किनभने हामी सबै मानव हौं । बाँकी त आ-आफ्नो प्राविधिक तरिकामा भरपर्छ । हामीले गरेको अभ्यासमा भरपर्छ । धेरै अभ्यास गरे सफल भइन्छ भन्ने पनि सुनिन्छ । यसकारण हामीले गर्न सकिने भनेको नहार्ने गरी पेनाल्टी प्रहार गर्ने हो । सँगसँगै रमाएर खेल्ने हो,’ कप्तान रोस भन्छन् ।

र, अब पेनाल्टीमा पाएको सफलतासँगै इतिहास कोरिएको छ । यसको असर ग्रिम्सबीको भविष्यमा पनि पर्नेछ । क्लबको भविष्यसँग प्रशिक्षक आर्टेलको भविष्य जोडिएको छ । ‘हामी सबै एकै ठाउँमा उभिएका छौँ । हामी ग्रिम्सबीको यात्रा सुन्दर बनाउन चाहन्छौं । यो यात्रामा हामी सबैको मिहिनेत आवश्यक छ । कसैको अहंकार यहाँ स्थान छैन । उसो त यहाँ हामी सबै असल मानिस मात्र छौं । सबैले सबैलाई साथ दिइरहेका छन् । र, ग्रिम्सबी टाउन एफसी जस्तो क्लबमा काम गर्दा हाम्रो दायित्व यहाँको समाजलाई खुसी दिने हो,’ आर्टेल भन्छन् ।

(बेलायती अखबार द टाइम्सबाट )