फाल्गुन २०, २०८२ बुधबार | १९:५२:५०
त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु मैदानमा आयोजना हुने ट्वान्टी २० विश्वकप ग्लोबल छनोट खेल्ने नेपाली टोली घोषणा गरेको छ ।

आइतबार क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा बर्मासहित पूजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सोमु विष्ट, राजमती ऐरी र मनीषा उपाध्यायले स्थन बनाएका छन् ।

महिला विश्वकपको ग्लोबल छनोट यही माघ ४ देखि फागुन २० गतेसम्म मुलपानी मैदानमा आयोजना हुँदैछ । समूह ’बी’ मा नेपालसँगै स्कट्ल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्स छन् । 

समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी (पिएनजी) नामिबिया र अमेरिका छन् ।

नेपालले जनवरी १८ (माघ ४ गते) मा थाइल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । माघ ८ गते नेदरल्यान्डससँग प्रतिस्पर्धा गर्नेछ । तेस्रो खेलमा नेपालले त्रिवी मैदानमा माघ १० गते खेल्नेछ भने समूहको अन्तिम खेलमा माघ १२ गते स्कटल्यान्डसँग त्रिवी मैदानमै प्रतिस्पर्धा गर्नेछ ।

दुवै समूहबाट शीर्ष तीन टोली क्वालिफायरमा छनोट हुनेछन् । क्वालिफायरमा दुवै समूहबाट छानिएका तीनवटै टोलीले अर्को समूहका सबै तीन टिमसँग प्रतिस्पर्धा गर्नेछन् ।

क्वालिफायरका खेलहरु माघ १४, १६ र १८ गते हुनेछन् । क्वालिफायरबाट शीर्ष चार टोली सन् २०२६ जुन १२ देखि जुलाई ५ सम्म इङल्यान्ड र वेल्समा हुने आइसिसी महिला ट्वान्टी-२० विश्वकपलाई छानिनेछन् ।

ग्लोबल क्वालिफायरअघि प्रत्येक टिमले दुई÷दुई अभ्यास खेल खेल्नेछन् । अभ्यास खेलमा नेपालले पुष ३० गते मुलपानीको तल्लो मैदानमा आयरल्यान्ड तथा त्यसको दुई दिनपछि त्रिवी मैदानमा अमेरिककासँग खेल्नेछ ।
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||