फाल्गुन २०, २०८२ बुधबार | २०:३४:४७
त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

त्रिकोणात्मक सिरिज स्थगित

काठमाडौं । अर्को साता काठमाडौंमा सुरु हुने भनिएको क्रिकेट विश्वकप लिग २ को त्रिकोणात्मक ओडिआई सिरिज स्थगित गरिएको छ।

नेपाल क्रिकेट संघ(क्यान) ले बुधबार जनाए अनुसार मध्यपूर्व क्षेत्रमा देखिएको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सिरिज स्थगित भएको हो । सिरिजमा नेपालसहित ओमान र युएईको सहभागिता रहने थियो ।

विज्ञप्तिमा भनिएको छ , ‘मध्यपूर्वको वर्तमान अवस्थालाई ध्यानमा राख्दै काठमाडौंमा मार्च १० देखि सुरु हुने भनिएका सिडब्ल्युसी लिग २ का खेलहरू थप सूचना नआएसम्मका लागि स्थगित गरिएका छन् । ओमान, यूएई र नेपालसँग सम्बन्धित खेलहरू प्रभावित छन् । आगामी दिनमा थप परामर्शपछि नयाँ मिति घोषणा गरिनेछ।’

खाडी मुलुकमा हवाई मार्ग बन्द भएका कारण युएई र ओमानका टोली नेपाल आउनका लागि समस्या भएपछि सिरिज स्थगित भएको हो । ८ टोली सहभागी लिग २ मा नेपाल २० खेलबाट १२ अंक सातौं स्थानमा छ । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||