फाल्गुन २०, २०८२ बुधबार | १२:०७:१९
फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना

फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

काठमाडौं । भारत र श्रीलंकामा भइरहेको ट्वान्टी २० विश्वकपको फाइनलमा स्थान बनाउँनका लागि न्युजिल्याण्ड र दक्षिण अफ्रिका आज(बुधबार) खेल्दैछन् ।

विश्वकपको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्न लागेका हुन् । न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीचको खेल कोलकताको इडन गार्डेनमा बेलुका ७ः१५ बाट हुनेछ ।

सुपर ८ को समूह १ को विजेता हुदै दक्षिण अफ्रिका सेमिफाइनल प्रवेश गरेको हो भने न्युजिल्याण्ड समूह २ को उपविजेता बनेको हो । न्युजिल्याण्ड दोस्रो पटक फाइनलमा स्थान बनाउँने लक्ष्यमा छ । न्युजिल्याण्ड सन् २०२१ को विश्वकपमा फाइनलमा पुगेको थियो । फाइनलमा न्युजिल्याण्ड अस्ट्रेलियासँग पराजित भएर उपविजेतामा सिमित बनेको थियो ।

दक्षिण अफ्रिका भने लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएर श्रीलंकाको नाममा रहेको कीर्तिमान तोड्ने लक्ष्यमा छ । दक्षिण अफ्रिका गत संस्करण सन् २०२४ मा पहिलो पटक फाइनल प्रवेश गरेकोमा फाइनलमा भारतसँग पराजित भएको थियो । श्रीलंका सन् २०१२ र १४ को विश्वकपमा लगातार फाइनलमा प्रवेश गरेको थियो । सन् २०१२ मा वेस्ट इण्डिजसँग फाइनलमा पराजित श्रीलंका सन् २०१४ मा च्याम्पियन भएको थियो ।

न्युजिल्याण्ड र दक्षिण अफ्रिका हालसम्म विश्वकपमा ५ पटक आमने सामने भएका छन् । जसमा दक्षिण अफ्रिकाले शतप्रतिशत जितको नतिजा निकालेको छ । न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीचको विजेताले उपाधीका लागि आइतबार हुने फाइनल खेलमा भारत र इङ्ल्याण्डबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल बिहीबार हुनेछ । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||