काठमाडौं । युवा स्ट्राइकर गोन्जालो गार्सियाको ह्याट्रिकप्रेरित स्पेनिस महारथी रियाल मड्रिडले ला लिगामा सानदार प्रदर्शन गर्दै रियाल बेटिसलाई ५–१ ले हराएको छ ।
आइतबार राति रियालको जितमा युवा स्ट्राइकर गोन्जालो गार्सियाले ह्याट्रिक गरे । राउल एसेन्सियो र फ्रान गार्सियाले समान एक गोल गरेका थिए ।
मुख्य खेलाडी केलियन एम्बाप्पेबिना मैदानमा उत्रिएको रियालले पहिलो हाफमा मात्र १ गोल गरेको थियो । दोस्रो हाफमा प्रभावशाली प्रदर्शन गर्दै थप चार गोल गर्दा एक गोल बेहोरेको थियो ।
एम्बाप्पेले विश्राम पाउँदा २१ वर्षीय स्पेनिस खेलाडीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेका थिए । उनले खेलको २०औं मिनेटमा रोड्रिगोको पासमा पहिलो गोल गरे । ५०औं मिनेटमा टिमको लागि तथा आफ्नो लागि व्यक्तिगत दोस्रो गोल गरेका हुन् ।
उनले ८२औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । यतिबेलासम्म रियालले खेलमा ४–१ को अग्रता बनाएको थियो । यता, बेटिसको लागि एकमात्रै गोल कुचो हेर्नान्डेजले गरेका थिए ।
लिगमा १४औं जितपछि रियालले शीर्ष स्थानको बार्र्सिलोनासँग ४ अंकको अग्रता दूरी घटाएको छ । बार्सिलोनाको समान २९ खेलबाट ४९ तथा दोस्रो स्थानको रियालले ४५ अंक छ । बेटिस २८ अंकसहित छैटौं स्थानमा छ ।
