काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले आफ्नो मुख्य प्रशिक्षक रुवेन आमोरिमलाई बर्खास्त गरेको छ ।
जिम्मेवारी सम्हालेको १४ महिना पनि बित्न नपाउँदै आमोरिम बर्खास्तीमा परेका हुन् । हाल ३१ अंकसहित तालिकाको छैटौं स्थानमा रहेको युनाइटेड शीर्ष स्थानको आर्सनलभन्दा १७ अंकले पछाडि छ । पछिल्ला दुई खेलमा बराबरी खेलेको युनाइटेड नयाँ प्रशिक्षक भित्र्याउने निर्णयमा पुगेको हो ।
विभिन्न स्रोतका अनुसार क्लबका पूर्व खेलाडी ड्यारेन फ्लेच्चरले बुधबार प्रिमियर लिगमा बर्नलीविरुद्ध टचलाइन सम्हाल्नेछन् । आमोरिमको नेतृत्वमा युनाइटेडले गत वर्ष युइएफए युरोपा लिगको फाइनल खेलेको थियो । टोली इङ्लिस प्रतिद्धन्द्धी टोटनहम हटस्पर्शसँग १-० ले पराजित भएको थियो ।
भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
