फाल्गुन २०, २०८२ बुधबार | १९:५१:२३
त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

विश्वकप ट्रफी नेपाल आउनु गौरवपूर्ण क्षणः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ट्वान्टी-२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउँदै यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा सोमाबार आयोजित विश्वकप ट्रफी सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।

‘नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदै गएको छ, क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत नेपाली युवाहरूको उज्ज्वल भविष्य निर्माण हुने आधारसमेत सुदृढ बन्दै गएको छ,’ पौडेलले भने ।

आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक संकेत भएको पौडेलको भनाई थियो ।



त्यस्तै पौडेलले नेपालमा विश्वकप ट्रफी ल्याई नेपाली क्रिकेट र जनताको उत्साह एवम् आत्मविश्वास अभिवृद्धि गरेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद्प्रति धन्यवाद दिए ।

‘नेपालको क्रिकेटले अझ उचाइ हासिल गरोस, हाम्रा खेलाडीले विश्वमञ्चमा देशको गौरव अझ उच्च बनाउँदै लैजान सफल होउन् भन्ने शुभकामना व्यक्त गर्दछु,’ पौडेलले अभिव्यक्ति दिए ।

यसैगरी राष्ट्रपति पौडेलले नेपालमा आयोजना हुन लागेको महिला विश्वकप ग्लोबल छनोट तथा भारत र श्रीलंकामा आयोजना हुन लागेको आसन्न ट्वान्टी-२० विश्वकपमा सहभागी हुने महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना प्रदान गरे ।
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||