चैत्र ५, २०८२ बिहीबार | १९:३९:३७
सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु

काठमाडौं । पछिल्लो तीन दशक जतिको समयमा नेपाली खेलकुदमा कुन खास खेल हाबी रह्यो त ? को कस्ता खेलाडी चम्के त ? यसको एकमुस्ट उत्तर खोज्ने हो भने अन्यत्र कतै जानु पदैन्, एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको इतिहास पल्टाए हुन्छ । वर्ष खेलाडी पुरस्कारको रूपमा ०५३ मा सुरु भएको यो अवार्ड वर्ष ०८२ आइपुग्दा २२ औं संस्करण पोखरामा आयोजना हुँदैछ । यो अवार्डमा त्यही खेल र खेलाडीको वर्चश्व रहने हो, जसले खास एक वर्ष राम्रो गरेको हुने गर्छ ।

यस्तोमा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जित्नेको सूची बनाउने हो भने धेरै कुरा हाम्रोसामु आउँछ, अनि भनिरहनु पर्ने छैन्, यसले एक खाले रोमाञ्चकता र सनसनी दिन्छ । आखिरमा खेलकुदमा तथ्यांकका कथा यति धेरै बेजोड हुने गर्छन् । अहिलेसम्म आयोजना २१ संस्करणमध्ये वर्ष २०७७ विशेष रह्यो, किनभने त्यति बेला दशकको उत्कृष्ट अवार्ड दिइएको थियो । त्यसलाई छाडेर प्रत्येक संस्करणमा नछुटेका दुई अवार्डमध्ये एक उत्कृष्ट पुरुष खेलाडी पनि रहेको छ ।

तथ्यांकलाई आधार मान्ने हो भने यो अवार्ड जित्ने १५ खेलाडी छन् । त्यसमध्ये क्रिकेटका पारस खड्का एक्लैले चार पल्ट अवार्ड जिते । उनले सबैभन्दा पहिले २०६६ मा जिते । अनि २०६९ र २०७० मा लगातार फेरि जिते । उनले २०७४ मा अन्तिम पटक यो अवार्ड जिते । त्यसैले त उनलाई २०७७ मा दशककै उत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिंदा यो जत्तिको न्यायोचित अरू केही देखिएन् । अनि पारस पछिल्लो केही वर्ष नेपाली खेलकुदमा कति हाबी रहे, त्यो पनि प्रस्ट हुन्छ ।

उनीपछि एथलेटिक्सका राजेन्द्र भण्डारी र तेक्वान्दोका दीपक विष्टले दुई पल्ट वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जिते । त्यसमध्ये दीपक त नेपाली खेलकुद इतिहासकै सबैभन्दा सफल खेलाडी हुन् । एक पल्ट यो अवार्ड जित्नेमा फुटबलका देवनारायण चौधरी, जुमनु राई, नवयुग श्रेष्ठ, किरण लिम्बू र अञ्जन विष्ट छन् । क्रिकेटबाटै यो अवार्ड जित्ने अर्को एक खेलाडी विनोद दास थिए । पोहोर मात्रै क्रिकेटकै रोहित पौडेलले जितेका थिए ।

राजेन्द्रपछि एथलेटिक्सबाट धेरै समयको अन्तरमा दीपक अधिकारीले यो विधाको विजेता रहे । त्यस बाहेक बक्सिङका दीपक महर्जन, गल्फका शिवराम श्रेष्ठ, प्याराग्लाइडिङका युकेश श्रेष्ठ र करातेका मन्डेकाजी श्रेष्ठले पनि एक पल्ट यो अवार्ड हात पारे । खेलको आधार भन्दा क्रिकेटले छ पल्ट र फुटबलले पाँच पल्ट यो अवार्ड जितेका छन् । एथलेटिक्सले तीन र तेक्वान्दोले दुई दुई अवसरमा यो अवार्ड आप्mनो नाममा लेखाए । बक्सिङ, गल्फ, प्याराग्लाइडिङ र करातेले एक एक पल्ट यो अवार्ड जित्न सक्यो ।

यसपाली गण्डकीमा अवार्ड हुँदैछ। पोखरेली खेलाडी युुकेश गुुरुङले पोखराकै विशेष खेलको पहिचान बोकेको प्याराग्लाइडिङ खेलबाट उत्कृष्ट खेलाडी बनेका हुन्। उनको टोलीले इन्डोनेसियाको एसियाली खेलमा पदक जितेर।

यसपाली क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्र सिह ऐरी, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, खो खो का जनक चन्द र उसुका विजय सिँजालीले वर्षको उत्कृष्ट खेलाडीमा दावी गरेका छन्। हेरौं कसले बाजी मार्ला।  

 


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।