काठमाडौं । नेपाल सरकारको अध्यागमन विभागले राजधानीमा जारी एन्फा राष्ट्रिय लिगमा पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीलाई नखेलाउन निर्देशन जारी गरेको छ ।
विभागले बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्राचार गर्दै विदेशी खेलाडीको सहभागिताबारे निर्देशन जारी गरेको हो । विभागले पर्यटक भिसामा नेपालमा रहेका विदेशी नागरिकलाई कुनै पनि व्यावसायिक खेल गतिविधिमा संलग्न गराउन नपाइने स्पष्ट पारेको हो ।
भिसाको उद्धेश्यविपरित गतिविधमा संलग्न भएको पाइएमा तत्काल कानुनी कारबाही हुने चेतावनी विभागले दिएको छ ।
राष्ट्रिय लिगमा केही क्लबहरुले पर्यटक भिसामा रहेका विदेशी खेलाडी उतारेको उजुरीपछि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले विवरण माग गरेलगत्तै अध्यागमन विभागले यस्तो स्पष्टिकरण दिएको हो ।

भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
