फाल्गुन ३०, २०८२ शनिबार | १५:०७:२८
'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै

'एसियन गेम्स फन रन' सम्पन्न

काठमाडौं । आसन्न २०औं एसियाली खेलकुदको प्रचार–प्रसारका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आयोजना गरेको ‘एसियन गेम्स फन रन’ शनिबार सम्पन्न भएको छ ।

फन रन बिहान एनओसी परिसरबाट ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यको विषेश उपस्थितिमा राष्ट्रिय गानपछि औपचारिक रुपमा सुरु गरिएको थियो ।

करिब तीन किलोमिटर दूरीको उक्त रन एनओसी भवनबाट सुरु भई ग्वार्को, प्रभात स्कुल, तुलसी, कनिबहाल चोक, लगनखेल हुँदै मङ्गलबजार पुगेपछि समापन भएको थियो ।

रनमा खेलाडी, प्रशिक्षक, ओलम्पियन, खेल पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि, विद्यार्थी तथा खेलप्रेमीको उल्लेख्य सहभागिता थियो ।

मङ्गलबजारमा सहभागीहरुलाई परम्परागत नृत्यका साथ स्वागत गरिएको थियो । त्यसपछि ‘धिमे बाजा’सहित सांस्कृतिक प्रदर्शनी र नृत्य प्रस्तुत गरिएको थियो ।

सांस्कृतिक प्रदर्शनीपछि कार्यक्रमलाई सफल बनाउने सबै सरोकारवालालाई प्रमाण पत्र प्रदान गरिएको थियो । अन्त्यमा एनओसी महासचिव राजीव श्रेष्ठको ‘क्लोजिङ रिर्माक’पछि कार्यक्रमको समापन भएको थियो ।

एसियाली खेलकुदको भावना, एकता र सहभागितालाई प्रवर्धन गर्ने उद्धेश्यले ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)को पहलमा एसियाका विभिन्न देशमा ‘एसियन गेम्स फन रन’ आयोजना हुँदै आएको छ ।

नेपालमा यस फन रन तेस्रोपटक आयोजना गरिएको हो । २०औं एसियाली खेलकुद जापानको आइची नागोया सहरमा सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुनेछ ।


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||