काठमाडौं । संखुवासभा–काठमाडौं युथ सर्कलद्धारा आयोजित ‘न्यु यर’ कप २०२६ मा गाउँले एफसी च्याम्पियन बनेको छ ।
आइतबार एड्भान्स क्लब, काठमाडौंलाई फाइनलमा हराउँदै गाउँले उपाधि जित्न सफल भयो । निर्धारित समय कुनै पनि गोल हुन सकेको थिएन । पेनाल्टी सुटआउटमा एड्भान्स ३–२ ले निराश बन्यो ।
पुस १८ र १९, दुई दिनसम्म चलेको सेभेन ‘ए’साइड प्रतियोगितामा संखुवासभाका १२ टोलीको सहभागिता थियो । च्याम्पियन गाउँलेले ट्रफीसहित ७५ हजार रुपैयाँ प्राप्त गर्यो । त्यस्तै उपविजेता एड्भान्सले २५ हजारमा चित्त बुझायो ।
एड्भान्सका सोनाम घिमिरे प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै विजेता टोलीका रोशन चापागाई उत्कृष्ट गोलकिपरको पुरस्कार जिते । प्रतियोगिताअवधिभर दुई गोल गरेका एड्भान्सका विमल गुरुङ सर्वाधिक गोलकर्ता बने ।
विजेता खेलाडीलई प्रमुख अतिथि सेभेन सम्मिट ट्रेकर्सका निर्देशक पासाङ फूर्वा शेर्पा र विशिष्ट अतिथि सुजन कुमार श्रेष्ठले पुरस्कार वितरण गरे ।
