फाल्गुन १, २०८२ शुक्रबार | १०:३०:०८
अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो

रवीन्द्र ढाँट ब्रान्ड हाउसको ब्रान्ड एम्बासडर

काठमाडौं । राजधानीको दरबारमार्गलगायतका स्थानमा रहेको अग्रणी ‘मल्टि–ब्राण्ड लाइफस्टाइल’ स्टोर ब्रान्ड हाउसले मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्र ढाँटलाई आफ्नो ब्रान्ड एम्बासडरका रुपमा अनुबन्धित गरेको छ ।

ब्रान्ड हाउसले साझेदारीलाई खेलकुद, फिटनेस तथा स्वदेशी प्रतिभाको प्रवद्र्धनप्रति गरिएको प्रतिबद्धताको एक महत्वपूर्ण कदमका रुपमा लिएको छ ।

रवीन्द्रसँगको सहकार्यले युवाहरुलाई प्रेरित गर्नुका साथै खेलकुद र लाइफस्टाइल फेसनबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्धेश्य ब्रान्ड हाउसले बोकेको छ । सम्झौताअनुसार ब्रान्ड हाउसले रवीन्द्रलाई वार्षिक १५ लाख रुपैयाँ पारिश्रमिक प्रदान गर्नेछ ।

त्यस्तै ब्रान्ड हाउसले रवीन्द्रसँगको सहकार्यले अन्तर्राष्ट्रिय मञ्चमा समर्पण, अनुशासन र कठोर परिश्रमका साथ राष्ट्रको प्रतिनिधित्व गरिरहेका नेपाली खेलाडीहरुलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरेको छ ।

उता रवीन्द्रले पनि सहकार्यप्रति आभार व्यक्त गर्दै ब्रान्ड हाउसजस्तो प्रतिष्ठित ब्रान्डको साथले आगामी यात्रामा थप प्रेरणा मिल्ने बताए । ‘यसरी प्रतिष्ठित ब्रान्डको साथले खेलाडीहरुलाई थप प्रेरणा दिने गर्छ । नेपालमा कम्ब्याट स्पोर्टसको विकासमा यस किसिमको साथले महत्वपूर्ण भूमिका खेल्ने गर्छ,’ रवीन्द्रले भने ।

ब्रान्ड हाउसले दरबारमार्ग, सिभिल मल, सिटी सेन्टर, कुमारीपाटी र पोखरामा आफ्नो स्टोर सञ्चालन गर्दै आएको छ । जहाँ एडिडास, नाइके, रिबोक, एसिक्स र अन्डर आर्मर जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरुका उत्पादनहरु उपलब्ध छन् । शनिबारको कार्यक्रममा कम्पनीले २०२६ मा ‘क्याजुअल मल्टि–ब्रान्ड स्टोर सुरु गर्ने योजनाको पनि घोषणा गरेको छ ।


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026