फाल्गुन २२, २०८२ शुक्रबार | १२:३८:१८
प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित

बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा

काठमाडौं । दक्षिण एसियाली राष्ट्र बंगलादेशले एएफसी महिला एसियन कपमा लगातार दोस्रो हार बेहोरेको छ ।

शुक्रबार सिड्नीस्थित वेस्टर्न सिड्नी रंगशालामा बंगलादेशले उत्तर कोरियासँग ५-० को फराकिलो हार बेहोर्यो । उत्तर कोरियाका लागि किम क्योङ–योङले दुई तथा म्योङ यु-योङ, चाइ युन योङ र किम ह्यी योङले समान एक गोल गरे ।

बंगलादेशले पहिलो हाफको निर्धारित समयसम्म कोरियालाई रोकेको थियो । तर, इन्जुरी समयमा आफूलाई सम्हाल्न नसक्दा दुई गोल खान पुग्यो । त्यसपछि दोस्रो हाफमा थप तीन गोल सम्भव भएको थियो ।

जितसँगै उत्तर कोरियाले क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । यसअघि मंगलबार यही रंगशालामा उज्वेकिस्तानलाई ३–० ले हराएको थियो । सोही दिन बंगलादेशले चीनसँग २–० को हार बेहोरेको थियो ।

अस्ट्रेलियाका तीन सहर पर्थ, गोल्ड कोस्ट र सिड्नीमा हुने प्रतियोगितामा १२ टोलीले उपाधिका लागि चुनौती प्रस्तुत गरिरहेका छन् । दक्षिण एसियाबाट बंगलादेशले ऐतिहासिक पहिलो पटक महादेशीय प्रतियोगिता खेलिरहेको छ । त्यस्तै भारत आफ्नो नवौं अनुभव लिइरहेको छ । समूह ‘सी’मा रहेको भारतले आफ्नो पहिलो खेलमा भियतनामसँग २–१ को हार बेहोरिसकेको छ ।

सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । लिगकम नकआउट प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछ । त्यस्तै तेस्रो स्थानमा अटाएका दुई उत्कृष्ट टोलीले पनि अन्तिम आठको यात्रा तय गर्नेछ । सेमिफाइनल पुग्ने चार र क्वार्टरफाइनलमा पराजित चारमध्ये एक टोलीले सन् २०२७ मा ब्राजिलमा हुने फिफा विश्वकपमा स्थान बनाउनेछ ।

बंगलादेशले समूह ‘बी’को अन्तिम खेलमा सोमबार उज्वेकिस्तानको सामना गर्नेछ । सोही दिन चीन र उत्तर कोरियाको भेट हुनेछ ।
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||