काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकपको फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १७० रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।
बुधबार कोलकतास्थित इडन गार्डेनमा भइरहेको पहिलो सेमिफाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरको समाप्तिमा ८ विकेट गुमाउँदै १६९ रनको योगफल खडा गर्यो ।
दक्षिण अफ्रिकाका लागि मध्यक्रमका ब्याटर मार्को जेनसेनले अर्धशतकीय पारी खेले । उनी ३० बलमा दुई चौका र पाँच छक्कासहित ५५ रनमा अविजित रहे । त्यस्तै चौथो नम्बरका डिवाल्ड ब्रेभिसले ३४ र छैटौं नम्बरमा आएका ट्रिस्टन स्टब्सले २९ रनको योगदान गरे ।
यसबाहेक ओपनर तथा कप्तान ऐडेन मारक्रमले १८ र विकेटकिपर ब्याटर क्विन्टन डिककले १० रन बनाए ।
न्युजिल्यान्डका लागि म्याट ह्यारी, कोल म्याककोन्ची र रचिन रवीन्द्रले समान दुई विकेट लिए । एक विकेट लोकी फग्र्युसन र जिमी निसमको नाममा पनि रह्यो ।
