फाल्गुन २२, २०८२ शुक्रबार | ०१:१३:३०
इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना

इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने

काठमाडौं । इङ्ल्याण्डलाई हराउँदै आयोजक भारतले ट्वान्टी २० विश्वकपको फाइनलमा स्थान बनाएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा इङ्ल्याण्डमाथि ७ रनको रोमाञ्चक जित हासिल गर्दै भारतले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।

सन् २०२४ मा भएको विश्वकपमा समेत भारतले फाइनलमा स्थान बनाउँनुको साथै उपाधी पनि जितेको थियो । योसँगै भारत चौथो पटक फाइनल पुगेको हो । भारत यसअघि २ पटक च्याम्पियन भइसकेको छ । भारतको जितमा सञ्जु स्यामसनले ४२ बलमा ८९ रन बनाउँदा हार्दिक पाण्ड्याले महत्वपुर्ण २ विकेट लिएका थिए । 

भारतले दिएको २५४ रनको विशाल लक्ष्यको नजिक पुगे पनि इङ्ल्याण्डले जित हासिल गर्न सकेन । इङ्ल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर २४६ रन मात्र बनाउँन सक्यो । इङ्ल्याण्डका जेकोब बेथहेलले शतक बनाएपनि हार टार्न सकेनन् । उनले ४८ बलमा ८ चौका र ७ छक्काको सहयोगमा १०५ रनको सर्वाधिक योगदान दिए ।

विल ज्याक्स २० बलमा ३५, साम करन १४ बलमा १८, जस बटलर १७ बलमा २५ तथा टम बेन्टन ५ बलमा १७ रनमा आउट भए ।

भारतका लागि हार्दिकले २ तथा अर्शदिप सिंह, जसप्रित बुमराह, बरुण चक्रवर्ती र अक्षर पटेलले समान १ विकेट लिए ।

त्यसअघि मुम्बईको वानखडेमा टस जितेको इङ्ल्याण्डले बलिङ रोजे पछि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २५३ रनको विशाल योगफल बनाएको थियो ।  

भारतका लागि ओपनर स्यामसनले ४२ बलमा ८ चौका र ७ छक्का प्रहार गरे । शिभम दुवेले २५ बलमा १ चौका र ४ छक्काको सहयोगमा ४३ रन बनाए । इशान किशन १८ बलमा ३९ तथा तिलक बर्मा ७ बलमा २१ रनमा आउट भए ।  

इङ्ल्याण्डका लागि विल ज्याक्स र आदिल राशिदले समान २ तथा जोफ्रा आर्चरले १ विकेट लिए । भारत सन् २०२४ मा भएको गएको संस्करणको फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गरि च्याम्पियन भएको थियो ।

विश्वकपको आयोजक राष्ट्र रहेर फाइनलमा स्थान बनाउँने भारत दोस्रो राष्ट्र हो । यसअघि सन् २०१२ मा श्रीलंकाले यो उपलब्धी हासिल गरिसकेको छ ।

भारतले उपाधीका लागि आइतबार पहिलो सेमिफाइनलको विजेता न्युजिल्याण्डसँग खेल्नेछ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||