चैत्र ११, २०८२ बुधबार | १६:३२:१६
दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा

रग्बी संघको बजेट झन्डै डेढ करोड

काठमाडौं । नेपाल रग्बी संघको १३ औं वार्षिक साधारण सभामा १ करोड ३५ लाख रुपैंयाको बजेट पास भएको छ।

शनिवार आयोजित साधारण सभामा संघका कोषाध्यक्ष दीपक अधिकारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो । सभामा अधिकारीले अर्को वर्षको लागि कुल १ करोड ७ लाखको अनुमानित बजेट पेस गरेका थिए ।

सात प्रदेश, ५८ जिल्ला र ७ वटा राष्ट्रिय क्लब मध्ये अधिकांशको सहभागिता रहेको साधारण सभामा संघका अध्यक्ष दीपक देवकोटाले संघको दायरा बढाउँदै विदेशमा पनि शाखा खोल्ने प्रस्ताव पेस गरेका थिए । जसलाई साधारण सभाले सर्वसम्मत रूपमा पारित गर्‍यो ।   

उनले भने, ‘समूहगत खेलमा नेपालमा रग्बीको भविष्य निकै राम्रो छ। हामी त्यही अनुरूप अभियान थालिरहेका छौं। अन्तर्राष्ट्रिय प्रायोजक खोज्न सके र अन्तर्राष्ट्रिय रूपमा रहेका हाम्रा सहकर्मीहरूको साथले हामीले यो अभियानलाई अगाडि बढाउन सक्छौं ।’

यस्तै संघका महासचिव गोविन्द घिमिरेले यस वर्षको कार्य प्रगति विवरण र आगामी वर्षको संघको योजना प्रस्तुत गरेका थिए ।

यस वर्ष रग्बीले बंगलादेशमा सम्पन्न रग्बी सिरिज जितेर इतिहास रचेको थियो भने दशरथ रंगशालामा १७ देशको सहभागितामा पुरुष तथा महिला एसिया रग्बीको आयोजना गरेको थियो । उक्त प्रतियोगितामा महिला टोलीले उज्बेकिस्तानलाई पराजित गरेको थियो ।

महासचिव घिमिरेले प्रस्तुत गरेको आगामी वर्ष २०२६ को भावी योजनामा भने विद्यालय तहको प्रतियोगितालाई प्राथमिकता दिएको छ ।  

यसअघि साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का कार्यवाहक सदस्यसचिव रामचरित्र मेहताले उद्घाटन गरेका थिए ।

सो अवसरमा उनले रग्बीको वर्ष २०२५ को उत्कृष्ट पुरुष खेलाडी नेपाली सेनाका नवीनबहादुर मगर र महिला तर्फको उत्कृष्ट खेलाडी नेपाली सेनाकै मनीषा घिसिङलाई पुरस्कृत गरेका थिए ।

त्यस्तै उनले राखेपमा भर्खरै सदस्य नियुक्त भएका रग्बी संघका सदस्य सन्तकुमार मेहता, अञ्जना श्रेष्ठ मास्के र मधेस प्रदेश खेलकुद विकास परिषद्का बोर्ड सदस्य निशेषकुमार श्रेष्ठलाई सम्मान गरे । 

समापन समारोहका प्रमूख अतिथि राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्य सचिव टंक घिसिङले रग्बीलाई व्यावसायिक बनाउन सबै पक्षले पहल गर्नुपर्ने बताए । उनले रग्बीको स्थायी खेल स्थल निर्माणमा जोड दिँदै यसमा पहल सुरु भइसकेकोले पूरा गर्नमा सबैले जोड दिनुपर्ने बताए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो